रविविरुद्ध कास्की अदालतमा मुद्दा पेस « Khabarhub

रविविरुद्ध कास्की अदालतमा मुद्दा पेस


७ पुस २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


411
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति एवं पूर्व गृहमन्त्री रवि लामिछानेविरुद्ध कास्की जिल्ला अदालतमा मुद्दा पेस भएको छ ।

जिल्ला सरकारी वकिलको कार्यालय कास्कीले लामिछानेविरुद्ध पोखराको सूर्यदर्शन सहकारीको रकम अपचलनको आरोपमा अदालतमा मुद्दा पेस गरेको हो ।

सोही प्रहरणमा गोर्खा मिडिया नेटवर्कका सञ्चालक पूर्वडीआई छविलाल जोशी, लीला पछाई, रामबहादुर खनाल र कृष्णबहादुर गुरूङविरुद्ध पनि अभियोग दायर भएको छ । अहिले कास्की जिल्ला अदालत क्षेत्रमा सुरक्षा व्यवस्था कडा पारिएको छ।

यही पुस १ गते कास्की प्रहरीले लामिछानेमाथि सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धिकरणसम्बन्धी कसूरमा सरकारी वकिलको कार्यालयलाई प्रतिवेदन बुझाएको थियो।

सो प्रतिवेदनमा लामिछाने, गोर्खा मिडिया प्रालिका पूर्व सञ्चालक जोशी लगायतविरुद्ध १ अर्ब ५१ करोड बिगो असुल र सहकार ठगी, संगठित अपराध र सम्पत्ती शुद्धिकरणमा मुद्दा चलाउनुपर्ने प्रहरीको राय छ।

प्रकाशित मिति : ७ पुस २०८१, आइतबार  १२ : ५० बजे

टुँडिखेलमा सेनाको फूलपाती बढाइँ

काठमाडौं- नेपाली सेनाले फूलपातीका अवसरमा सैनिक मञ्च टुँडिखेलमा फूलपाती बढाइँ

सभापति थापाले गरे पदभार ग्रहण

काठमाडौं- नेपाली कांग्रेसका नवनिर्वाचित सभापति गगनकुमार थापाले पदभार ग्रहण गरेका

शङ्कास्पद अवस्थामा हर्कु राईको शव फेला, पाँच युवा प्रहरी नियन्त्रणमा

खोटाङ- खोटाङको हलेसी तुवाचुङ नगरपालिका–८ धितुङका ५२ वर्षीय हर्कु राईको

दाना–खुर्कोट प्रशारण लाइन मर्मत अन्तिम चरणमा

म्याग्दी- असोजको दोस्रो साता आएको बाढीपहिरो र कालीगण्डकी नदीको कटानले

एनपीएलले आईसीसीको मान्यता पाएसँगै नेपाली क्रिकेट अन्तर्राष्ट्रिय स्तरमा : क्यान

काठमाडौं- नेपाल क्रिकेट संघ (क्यान)ले नेपाल प्रिमियर लिग (एनपीएल)ले आईसीसीबाट