नक्कली सर्टिफिकेट देखाएर बढुवा खाएका कर्मचारीविरुद्ध भ्रष्टाचार मुद्दा « Khabarhub

नक्कली सर्टिफिकेट देखाएर बढुवा खाएका कर्मचारीविरुद्ध भ्रष्टाचार मुद्दा


७ पुस २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


195
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – बीपी कोइराला मेमोरियल अस्पताल, भरतपुरका एक कर्मचारीको विद्यालय तहकै शैक्षिक प्रमाणपत्र नक्कली भेटिएपछि भ्रष्टाचार मुद्दा दायर भएको छ ।

उक्त अस्पतालका कर्मचारी मनसुन नेपालले स्कूल तहको नक्कली शैक्षिक प्रमाणपत्र पेश गरी बढुवा लिएको पाइएपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आइतबार निजविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको हो ।

नेपालको विद्यालय तहको शैक्षिक प्रमाणपत्र नक्कली रहेको भनी उजुरी परेको र सो उजुरीमाथि अनुसन्धान हुँदा जुनियर असिस्टेन्ट पदमा बढुवा हुन निजले प्रवेशिका (एसएलसी) तहको झुट्टारनक्कली लब्धाङ्क तथा प्रमाणपत्र पेश गरेको पाइएको आयोगले जानकारी दिएको छ .

नेपालले नक्कली लब्धाङ्कपत्रका साथ परोपकार आदर्श माध्यमिक विद्यालय, काठमाडौंको नाम उल्लेख गरिएको झुट्टारनक्कली चारित्रिक प्रमाणपत्र पेश गरेका थिए । सोही प्रमाणपत्र पेश गरी उनले अस्पतालमा जुनियर असिस्टेन्ट पदको सेवा, सुविधा र लाभ उपभोग गरेको पुष्टि भएको आयोगले जनाएको छ ।

निजविरुद्ध आयोगले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६ को उपदफा (१) बमोजिमको कसुरअनुसार कैद र जरिवाना सजाय हुन मागदाबी गरेको छ ।

प्रकाशित मिति : ७ पुस २०८१, आइतबार  ५ : २९ बजे

सुनचाँदीको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ?

काठमाडौं‍– स्थानीय बजारमा सुनचाँदीको मूल्यमा सामान्य गिरावट भएको छ ।

विशेष महाधिवेशनपछि कांग्रेसको पहिलो बैठक आज

काठमाडौं– नेपाली कांग्रेसको पहिलो कार्यसमिति बैठक आज बस्दैछ । नवनिर्वाचित

रवि लामिछानेको मुद्दा फिर्ताले कानुनी राज्यलाई कमजोर बनाउँछ : शङ्कर पोखरेल

दाङ– एमाले महासचिव शङ्कर पोखरेलले रवि लामिछानेको मुद्दा फिर्ताले कानुनी

सुनसरीमा ट्रक दुर्घटना : पाँचजनाको मृत्यु, तीन जना घाइते

सुनसरी– सुनसरीको भोक्राह नसिंहमा ट्रक दुर्घटना हुँदा पाँच जनाको मृत्यु

अबको कांग्रेस गगन–विश्वको हो : पूर्व डीआईजी खरेल

काठमाडौं– नेपाल प्रहरीका पूर्व डीआईजी रमेश खरेलले पार्टी सभापति शेरबहादुर