नक्कली सर्टिफिकेट देखाएर बढुवा खाएका कर्मचारीविरुद्ध भ्रष्टाचार मुद्दा « Khabarhub

नक्कली सर्टिफिकेट देखाएर बढुवा खाएका कर्मचारीविरुद्ध भ्रष्टाचार मुद्दा


७ पुस २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


195
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – बीपी कोइराला मेमोरियल अस्पताल, भरतपुरका एक कर्मचारीको विद्यालय तहकै शैक्षिक प्रमाणपत्र नक्कली भेटिएपछि भ्रष्टाचार मुद्दा दायर भएको छ ।

उक्त अस्पतालका कर्मचारी मनसुन नेपालले स्कूल तहको नक्कली शैक्षिक प्रमाणपत्र पेश गरी बढुवा लिएको पाइएपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आइतबार निजविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको हो ।

नेपालको विद्यालय तहको शैक्षिक प्रमाणपत्र नक्कली रहेको भनी उजुरी परेको र सो उजुरीमाथि अनुसन्धान हुँदा जुनियर असिस्टेन्ट पदमा बढुवा हुन निजले प्रवेशिका (एसएलसी) तहको झुट्टारनक्कली लब्धाङ्क तथा प्रमाणपत्र पेश गरेको पाइएको आयोगले जानकारी दिएको छ .

नेपालले नक्कली लब्धाङ्कपत्रका साथ परोपकार आदर्श माध्यमिक विद्यालय, काठमाडौंको नाम उल्लेख गरिएको झुट्टारनक्कली चारित्रिक प्रमाणपत्र पेश गरेका थिए । सोही प्रमाणपत्र पेश गरी उनले अस्पतालमा जुनियर असिस्टेन्ट पदको सेवा, सुविधा र लाभ उपभोग गरेको पुष्टि भएको आयोगले जनाएको छ ।

निजविरुद्ध आयोगले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६ को उपदफा (१) बमोजिमको कसुरअनुसार कैद र जरिवाना सजाय हुन मागदाबी गरेको छ ।

प्रकाशित मिति : ७ पुस २०८१, आइतबार  ५ : २९ बजे

गृहमन्त्री गुरूङ भन्छन् : ओली-लेखकलाई पक्रियौँ, अब देशले नयाँ दिशा लिन्छ

काठमाडौं– गृहमन्त्री सुधन गुरूङले पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र निवर्तमान

पूर्वप्रधानमन्त्री ओली पक्राउ

काठमाडौँ– पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन् । प्रहरीले

यस्तो छ केपी शर्मा ओलीविरुद्धको पक्राउ जरुरी पुर्जी

भक्तपुर- पूर्वप्रधानमन्त्री तथा केपी शर्मा ओलीविरुद्ध पक्राउ पुर्जी जारी गरिएको

पूर्वप्रधानमनत्री ओलीको निवास भक्तपुरमा ठूलो संख्यामा प्रहरी परिचालन, पक्राउ गर्ने तयारी

काठमाडौँ– पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको भक्तपुर गुण्डुस्थित निवासमा ठूलो संख्यामा

रमेश लेखक पक्राउ, केपी ओलीको पनि घर घेर्यो प्रहरीले

काठमाडौं– पूर्वप्रधानमन्त्री तथा केपी शर्मा ओली र पूर्व गृहमन्त्री रमेश