आज देशभरको मौसम कस्तो रहला ? | Khabarhub Khabarhub

आज देशभरको मौसम कस्तो रहला ?


७ पुस २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


174
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले देशमा हाल पश्चिमी वायुको आंशिक प्रभाव रहेको जनाएको छ ।

महाशाखाका अनुसार अहिले कोशी, बागमती, गण्डकी तथा कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागमा आंशिक बदली रहेको छ । तराई तथा उपत्यकाका केही स्थानमा हुस्सु लागेको छ ।

आज दिउँसो कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली क्षेत्रमा आंशिक बदली रही एकदुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।

आगामी २४ घण्टामा तराई तथा उपत्यकाका केही स्थानमा हुस्सु लाग्नुका साथै तराईका थोरै स्थानमा कुहिरो लाग्ने सम्भावना रहेकाले सो समयमा दैनिक जनजीवन, पर्यटन, पर्वतारोहण, सडक यातायात तथा हवाई उड्डयनमा असर पर्न सक्ने हुनाले आवश्यक सतर्कता अपनाउन महाशाखाले सबैमा अनुरोध गरेको छ ।

यसैबीच, महाशाखाले पश्चिमी न्यूनचापीय प्रणालीका कारण अबको केही दिन पश्चिमी भूभागमा चिसो बढ्नुका साथै हल्का वर्षा र हिमपातको सम्भावना रहेको जनाएको छ ।

आज सूर्योदय बिहान ६ बजेर ५१ मिनेटमा भयो भने सूर्यास्त साँझ ५ बजेर १४ मिनेटमा हुनेछ ।

प्रकाशित मिति : ७ पुस २०८१, आइतबार  ७ : ०८ बजे

पार्वती बनिन् एनसेल करोडपति

काठमाडौं- धादिङको गंगाजमुना गाउँपालिका–६ बांगेपिपल, बसेराकी पार्वती कार्कीले एनसेलको ‘सधैँ

प्रधानमन्त्रीद्वारा परवानीपुर गाउँपालिकाको प्रशासनिक भवनको उद्‌घाटन

वीरगञ्ज– प्रधानमन्त्री केपी शर्मा ओलीले बाराको परवानीपुर गाउँपालिकाको नवनिर्मित प्रशासकीय

भारत र फिजीका रक्षा अधिकारीबीच बैठक सम्पन्न

काठमाडौं– भारत र फिजीका अधिकारीबीच रक्षा सहकार्यबारे संयुक्त कार्यसमूहको बैठक

राहदानी ठेक्का प्रकरणमा पुनरावलोकन समितिको ठहर – ‘अन्यथा मान्न सकिएन’

काठमाडौँ – राहदानी विभागले मङ्सिरमा अघि बढाएको ६० लाख थानभन्दा