नेपालमा अति भइसक्यो, जनता प्रताडित छन् | Khabarhub Khabarhub

नेपालमा अति भइसक्यो, जनता प्रताडित छन्

दलहरूले संविधानको छिद्रमार्फत गलत परिपाटी बसाले



यतिखेर नेपालका मौजुदा राजनीतिक दल कुनै भिजन (दृष्टिकोण) नै नभएजस्ता देखिन्छन् । न उनीहरूले मुलुकको स्थिति सुधार्न दिमाग लगाइरहेका छन्, न त अनुकूल वातावरण नै बनाएका छन् । भिजन र वातावरण दुवै नबनाएका दलका नेता/कार्यकर्ताले अनेक कुरा गर्ने गरेका छन् ।

‘मेरो सिद्धान्त यो हो, मेरो दलले यो-यो काम गर्छ र यो-यो योजनाका साथ अगाडि बढ्छ’ भनेर जनतासामू जानुपर्नेमा जहिल्यै एकले अर्कोलाई गाली गलौजमात्र गर्दै आएका छन् । सामान्य भन्दा सामान्य विषयमा पनि एकदमै तल्लो तहमा झरेर टीका-टिप्पणी गर्दै आएका छन् ।

‘पोलिटिकल थिंकर (राजनीतिक चिन्तक)’ के हुन् ? ‘पोल्टिकल थट (राजनीतिक चिन्तन)’ कस्तो हुन्छ भन्ने विषयमा यिनीहरूले कहिल्यै र कुनै दिन पनि चिन्तन गरेनन् ।

कस्तो फिलोसोफर (दार्शनिक) हुने, कस्तो राजनीतिक कला दिने, कसले देशको सेवा कसरी गर्ने, कर्मचारीतन्त्र कसरी हाँक्ने भन्नेबारे सोचेर अरस्तु आदिले जसरी व्यवस्थापन गर्ने आधार दिएका थिए- त्यो सोचमा नेपालका राजनीतिक दलहरू रत्तिभर टिक्न सकेनन् ।

यिनीहरूले तत्कालका लागि रमझमको वातावरणमा टिक्ने अवसर पाए । त्यो अवसर पाइरहेका कारण यिनीहरूलाई न सिद्धान्तप्रति चिन्ता छ, न राष्ट्र, न राष्ट्रियता र लोकतन्त्रप्रति चिन्ता छ ।

नेपालका दलहरूमा एउटै चिन्ता के छ भने कसरी सत्तामा जाने, सत्ताको सदुपयोगमा बाधा सिर्जना गर्ने, आफू अनुकूल प्रहरी संयन्त्र चलाउने, निजामती प्रशासन चलाउने र आफू अनुकूल अन्य संघ-संस्थाहरू चलाउने ! यिनीहरूको ध्येय नै यस्तै छ। 

नेपालका दलका नेताहरूलाई न वास्तविक रूपमा ‘म दार्शनिक हुँ’ भन्ने लाग्छ, न त दर्शअनुसार जानुपर्छ भन्ने चिन्ता नै छ । यो मौजुदा सबै दलहरूका हकमा लागू हुन्छ । सत्तारुढ या प्रतिपक्ष दल भन्ने कुरै छैन ।

नेपालका दलहरूमा एउटै चिन्ता के छ भने कसरी सत्तामा जाने, सत्ताको सदुपयोगमा बाधा सिर्जना गर्ने, आफू अनुकूल प्रहरीसंयन्त्र चलाउने, निजामती प्रशासन चलाउने र आफू अनुकूल अन्य संघ-संस्थाहरू चलाउने ! यिनीहरूको ध्येय नै यस्तै छ ।

यसको प्रमुख कारण संस्थागत दलाली सिस्टम हो । संस्थागत दलाली सिस्टमको एउटा आधारभूत उदाहरण – कुनै पनि काम कसैले भनसुन या फोन गरिदिएपछि मात्रै हुने ! कसैले फोन गरिदिएर काम हुनुहुँदैन । प्रणालीले जे भन्छ – त्यस अनुसार हुनुपर्छ ।

मैले कुनै गल्ती गरेँ भने मलाई कारबाही गर्न कानुन कार्यान्वयन आवश्यक छ । ‘कारबाही नगर’ भनेर फोन आउनुहुँदैन । यहाँ कस्तो हुन्छ भन्ने त अहिले हामीले देखिरहेका छौँ । यहाँ जग्गा प्रकरणका कुराहरू छन्, सहकारी प्रकरणका कुराहरू छन्, शैक्षिक संस्थाका कुरा छन्, शिक्षा र स्वास्थ्यका कुरा छन् ।

अहिले हामी इन्टरनेटकै कुरा गरौँ । यो विषयमा हाम्रो उत्पादन के हो ? कसरी जनतालाई सही ठाउँमा प्रयोग गर्न लगाउने भनी दिनरात चिन्तन गर्नुपर्नेमा हामी कसलाई ठेगान लगाउनुपर्ने हो – त्यो सोच्छौँ । हामी ठेगान लगाउनेतिर गयौँ ।

गैरकानूनी काम हुन्छ भने राष्ट्रपति, प्रधानमन्त्री, गृहमन्त्री, प्रधान सेनापति या मुख्यसचिव – जो भए पनि कानुनी दायरामा ल्याउनुपर्छ । यहाँ त कानुनको व्याख्या गर्दा पनि सरकारमा को छ, कसरी व्याख्या गर्ने भन्ने देखिन्छ । प्रतिनिधि सभाका सदस्यहरू आफनो जिम्मेवारी के हो, म कसरी प्रतिनिधि सभाको सदस्य भएको हुँ भन्नेबारे नै सोच्दै-नसोच्ने भए ।

दलहरूले मानक बनाउने विकसित मुलुकतिर सरकारी या गाडी गाडी भन्ने हुँदैन । त्यहाँ सबैभन्दा तल्लो वर्गले पनि गाडी चढ्छ । किनभने सबैसँग गाडी हुन्छ । गाडी किन्ने/नकिन्ने परवाह नै हुँदैन । यहाँ त एउटा गाडी चढ्न पाए अरू केही मतलब नै हुँदैन । यसको मुख्य कारण के हो भन्दा हामी निकै गरिब छौँ ।

आयात बराबरको के निर्यात गर्न सकिन्छ त ? हामीले निर्यात गर्न सक्ने वस्तुहरू के-के छन् ? तिनीहरूको उत्पादन बढाउनुपर्‍यो । हामीलाई अर्बौं-अर्ब रुपैयाँ बराबरको इन्टरनेट चाहिन्छ भने हामीले हामीसँग भएको बिजुली खर्बौं-खर्बको बेच्नुपरेन ?

भारतमा लाखौँको संख्यामा गाडी उत्पादन भइरहेको छ । उत्पादन गर्न सक्ने मान्छेहरू छन् । हाम्रो नेपालमा मान्छे छैनन् ? यहाँ गाडी उत्पादन गर्न सक्ने कोही छैनन् ? यहाँ चाहिने चिज बनाउन सकिँदैन ?

नेपालबाट अहिले इन्टरनेट खरिदबापत अबौं–अर्ब रुपैयाँ बाहिरिएको छ । हिजो खाद्यान्न आयात बढेको थियो । अहिले इन्टरनेट आयात बढेको छ । अब हामीलाई चाहिएको चाँडो र द्रूत गतिको इन्टरनेट हो । तर, चाँडो र द्रूत गतिको इन्टरनेटका लागि जे चिज प्रयोग गर्नुपर्ने हो, ती चिजहरू बनाउन सकेनौँ रे, मानियो । तर, त्यो आयात बराबरको के निर्यात गर्न सकिन्छ त ? हामीले निर्यात गर्न सक्ने वस्तुहरू के-के छन् ? तिनीहरूको उत्पादन बढाउनुपर्‍यो । हामीलाई अर्बौं–अर्ब रुपैयाँ बराबरको इन्टरनेट चाहिन्छ भने हामीले हामीसँग भएको बिजुली खर्बौं–खर्बको बेच्नुपरेन ?

यहाँ दुई–तीनवटा कुराहरू परिवर्तन गर्नु आवश्यक छ । यसबारे त्रिभुवन विश्वविद्यालयको राजनीतिशास्त्र केन्द्रीय विभागले एउटा धारणा पनि बनाउँदैछ । नेपालमा पूर्वप्रधानमन्त्री र मन्त्रीहरूलाई सुरक्षा दिइरहन आवश्यक छैन । मन्त्रीहरू जाँदा फूलमालासहित तामझाम गर्न आवश्यक छैन । मन्त्री एउटा व्यक्ति हो । ऊ जनताबाट चुनिएर आएको हो । चुनिनेबेला केही तामझाम नहुने, चुनिएर आइसकेपछि उसलाई तामझाम चाहिने ? यो संस्कार होइन, चाकडी प्रथा हो । सबैभन्दा पहिले यो चाकडी प्रथा हटाउनुपर्छ ।

दोस्रो – अब देशलाई सही दिशामा लैजाने हो भने हामी परिवर्तन हुनु आवश्यक छ । हामी परिवर्तन कसरी हुने भन्दा – मैले के गल्ती गरेको छु, ‘ए टु जेड’ मैले मेरो कापीमा लेख्ने र त्यही अनुसार आत्मसमर्पण गर्ने !

२१ औं शताब्दीको यस्तो चुनौतीपूर्ण वातावरणमा आइपुग्दा पनि हामीले आफ्नो वास्तविक धरातल बुझ्न सकेनौँ । जसकारण हामीलाई विदेश जाँदा लाज भइरहेको छ । आजका दिनमा कोही पनि नेपालमा बस्न चाहिरहेको छैन ।

उदाहरणका लागि अहिले नेता रवि लामिछानेको कुरा आइरहेको छ । उहाँले ‘म निर्दोष छु’ भनिरहनुभएको छ ।  रवि लामिछानेले सहकारीबाट ल्याइएको रकमबाट एक महिनाको पाँच लाख रुपैयाँ तलब खाएको भनिएको छ । उहाँको एक महिनामा पाँच लाख रुपैयाँ तलब खाने हैसियत हो ? उहाँले चेकमा सही गर्दा यो पैसा कहाँबाट आयो भनेर खोजीनीति किन गर्नुभएन ?

ललिता निवास जग्गा प्रकरणमा विष्णु पौडेलजस्ता मान्छेले किन त्यो कुरा गर्नुभएन । गिरिबन्धु टि–स्टेट जग्गा प्रकरणमा के कति कारणले कानुन बनाएर बेच्नुपर्ने अवस्था आएको हो ? विराटनगर जुट मिलको जग्गा रोकिएको छ । त्यसमा के बनाउन सकिने हो ? वा त्यो जग्गालाई कसरी संरक्षण गर्न सकिने हो ? नेपाली जनताको आवश्यकता के हो ? यो पहिचानका साथ हरेकले म-म नभनेसम्म हुनेवाला छैन।

तेस्रो – २१ औं शताब्दीको यस्तो चुनौतीपूर्ण वातावरणमा आइपुग्दा पनि हामीले आफ्नो वास्तविक धरातल बुझ्न सकेनौँ । जसकारण हामीलाई विदेश जाँदा लाज भइरहेको छ । आजका दिनमा कोही पनि नेपालमा बस्न चाहिरहेको छैन । किन यस्तो भइरहेको छ ? आफ्नो देशमा आफैं बस्न नचाहनुको कारण के हो ? नेताले यसबारेमा सोच्नुपर्छ कि पर्दैन ?

झण्डै दुई करोड ९० लाख जनसङ्ख्या भएको देशमा ५५० जना सांसद् चाहिन्छ ? ११० जना मन्त्री आवश्यक छ ? सीधा जनतासम्म प्रशासनिक सेवा पुर्‍याउने हो भने दुई वा तीनवटा प्रदेश निर्माण गरीसानो आकारको मन्त्रिपरिषद् गठन गर्दै २०-२५ जना विधायक कमिटी गठन गरेर राज्यलाई स्वायत्तताका आधारमा सञ्चालन गर्न सकिन्छ ।

संघमा २५ मन्त्री हुन्छन् । प्रदेशहरूमा ११० जना मन्त्रीहरू हुन्छन् । गरिब मुलुकका जनताले यो भार कति दिनसम्म खेप्ने ? यो विषयमा पनि राजनीतिक दलहरूले किन सोचिरहेका छैनन् भने नेताहरूलाई कार्यकर्ता चाहिएको छ, कार्यकर्ताहरूलाई नेता बन्नुपरेको छ ।

नेपालमा अति भइसक्यो । जनता प्रताडित भइसके । दुई वर्षसम्म सरकार स्थायी बनाउनेगरी संविधान निर्माण गरिएको छ । त्यही संविधानको छिद्र प्रयोग गरेर दुई-दुई महिनामा विश्वासको मत झिक्ने ! विश्वासको मत लिने ! दलहरूले संविधानको छिद्र प्रयोग गरेर गलत परिपाटी बसाले 

नेपालमा जहानियाँ शासनबाट जनताको आवश्यकता पूर्ति भएन, जनतालाई राजनीतिक रूपमा सचेत गराउने र आर्थिक रूपमा समानता ल्याउने उद्देश्यका साथ अघि जानुपर्छ भनेर हामीले हिजो व्यवस्थाविरुद्ध लडेका हौँ । जेलनेल बस्ने मध्येको एक म पनि हुँ । तर, अहिले आएर दलहरूमा सो अनुरूपको अभ्यास देखिएन ।

नेपालमा अति भइसक्यो । जनता प्रताडित भइसके । दुई वर्षसम्म सरकार स्थायी बनाउनेगरी संविधान निर्माण गरिएको छ । त्यही संविधानको छिद्र प्रयोग गरेर दुई–दुई महिनामा विश्वासको मत झिक्ने ! विश्वासको मत लिने ! दलहरूले संविधानको छिद्र प्रयोग गरेर गलत परिपाटी बसाले ।

नेता गणका अहिलेका क्रियाकलापले संघीय व्यवस्थामाथि चुनौती थपिएको छ । सबैलाई प्रधानमन्त्री हुनुपरेको छ । त्यहाँ गएर मस्ती गर्नुपरेको छ । प्रधानमन्त्री भएर मस्ती गर्न नपाइने कानून निर्माण गरेर जाने हो भने कोही पनि प्रधानमन्त्री हुन चाहँदैन ।

प्रतिनिधि सभाको सदस्य, संघीय संसदको सदस्य भन्छन् । उसलाई कानूनको ‘क’ पनि थाहा छैन । प्रतिनिधि सभाको सदस्य हुने हैसियत राख्ने मान्छे कम्तिमा पनि कानूनको व्याख्याता हुनुपर्छ । भोलि देशलाई आवश्यक पर्ने कानून कसरी बनाउनुपर्ने हो भन्नेबारे उसलाई ज्ञान हुन आवश्यक छ ।

यो देशलाई परिवर्तन गर्न धेरै समय लाग्दैन । तर, अहिले दलहरूमा देखिएको व्यवहार परिवर्तन गर्न समस्या देखिएको छ । असल मान्छेको हातमा आयो भने १५ वर्षमा यहाँका कोही नागरिक रोजगारीका लागि देश छाडेर विदेशिनु पर्दैन ।

अहिले नेपालमा आउने पर्यटक संख्या वार्षिक पाँचदेखि १० लाख हाराहारी छ । हाम्रो प्रमुख उद्योग भनेको एउटा बिजुली र अर्को पर्यटन नै हो । हामीले वार्षिक ५० लाखदेखि एक करोडसम्म पर्यटक भित्र्याउन सक्यौँ भने तीनदेखि चार करोड जनसङ्ख्याले रोजगारी पाउन सक्छ । जब कि नेपालको जनसङ्ख्या तीन करोड पनि छैन । त्यस्तो अवस्था बनाउन सक्दा हामी नेपालीले रोजगारीका लागि बाहिर जानै पर्दैन ।

तर, यही अवस्था रह्यो भने हामी नामेट हुन्छौँ । हामी विदेश जाँदा ‘नेपालबाट भिखारीहरू आए’ भन्ने अवस्थामा नेताहरूले पुर्‍याएका छन् । यसका लागि सञ्चारमाध्यमहरूले सत्य र तथ्यमा रहेर समाचार प्रकाशन–प्रसारण गर्ने, बौद्धिक वर्गले सत्य र तथ्य बोलिदिए पुग्छ ।

विचार मिल्ने प्रधानमन्त्री भयो भने ‘यसले त राम्रो काम गर्‍यो’ भनिदिने, विचार नमिल्ने प्रधानमन्त्री भए राम्रो काम गर्दा पनि ‘नराम्रो मात्र गर्‍यो’ भन्ने खराब निचता हटाउनुपर्छ । त्यत्ति गर्न सक्दा पनि यो देशमा एक वर्षभित्रै ठूलो आकारको परिवर्तन हुन्छ ।

(कुराकानीमा आधारित)

प्रकाशित मिति : ६ कार्तिक २०८१, मंगलबार  ७ : ४५ बजे

पहिलो त्रैमासिकमा ६८ कारेड बढी राजस्व संकलन

झापा– आन्तरिक राजस्व कार्यालय झापाले आर्थिक वर्ष २०८१–८२ को पहिलो

अभियन्ता उर्मिला चौधरीलाई ‘ग्लोबल एन्टी रेसिजम च्याम्पेनसिप अवार्ड’

वाशिङ्गटन डिसी– नेपालकी सामाजिक अभियन्ता उर्मिला चौधरी ‘ग्लोबल एन्टी रेसिजम

असिनाले धानबाली नष्टहुँदा कृषक चिन्तित

पर्वत– पर्वतका विभिन्न क्षेत्रमा हालै परेको असिनापानीका कारण पाक्ने बेलाको

‘लेबनानबाट नेपाली सेना फर्काउनुपर्ने हुन सक्छ’

काठमाडौं – मध्यपूर्वको लेबनानमा इजरायलले आक्रमण बढाउँदै लगेपछि नेपाललाई त्यसबाट

माओवादीले शनिबार काठमाडौंमा जनप्रदर्शन गर्ने

काठमाडौं– नेकपा माओवादी केन्द्रले यही कात्तिक १० गते शनिबार काठमाडौं