प्रधानमन्त्री कप क्रिकेट : आज तीन खेल हुँदै « Khabarhub

प्रधानमन्त्री कप क्रिकेट : आज तीन खेल हुँदै


८ माघ २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


195
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– प्रधानमन्त्री कप पुरुष एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा आज तीन खेल हुँदैछन् । आज नेपाल पुलिस क्लब र एपीएफ, मधेश र सुदूरपश्चिम प्रदेश तथा बागमती र कर्णाली प्रदेशबीच प्रतिस्पर्धा हुनेछ ।

जसअन्तर्गत नेपाल पुलिस क्लब र एपीएफ क्लबबीचको खेल बिहान ९ बजे भैरहवाको सिद्धार्थनगर क्रिकेट मैदानमा हुनेछ ।

जारी प्रतियोगितामा पुलिस क्लब अपराजित रहेको छ । पुलिस क्लब अहिलेसम्म खेलेका तीनवटै खेल जितेर ६ अंकका साथ दोस्रो स्थानमा रहेको छ । यस्तै, एपीएफ ३ खेलबाट ४ अंक जोडेर पाँचौँ स्थानमा रहेको छ ।

यस्तै, आजै कीर्तिपुरस्थित टीयू क्रिकेट मैदानमा सवा ९ बजे मधेश प्रदेश र सुदूरपश्चिम प्रदेशबीच प्रतिस्पर्धा हुँदैछ । सुदूरपश्चिम ३ खेलबाट ६ अंक जोडेर शीर्षस्थानमा रहँदा मधेश प्रदेश ५ खेलबाट ६ अंकसहित चौथो स्थानमा छ ।

यसैगरी, बागमती र कर्णाली प्रदेशबीचको खेल बिहान सवा ९ बजे काठमाडौँको मूलपानी क्रिकेट मैदानमा हुनेछ । अहिलेसम्म बागमती प्रदेश ५ खेलबाट ६ अंक जोड्दै तालिकाको तेस्रो स्थानमा रहेको छ । कर्णाली प्रदेश ४ खेलबाट ४ अंकसहित सातौँ स्थानमा छ ।

प्रकाशित मिति : ८ माघ २०८०, सोमबार  ६ : ४५ बजे

बाढी प्रभावित बालबालिकाको शिक्षाका लागि एक अर्बको छात्रवृत्ति

काठमाडाैं – भोटेकोशी बाढीबाट प्रभावित विद्यार्थीको शिक्षाका लागि सरकारले करिब

त्रिशूली नदीमा शव खोज्दै तनहुँ प्रहरी

तनहुँ – रसुवाको भोटेकोशी नदीमा आएको बाढीपछि त्रिशूली नदीमा बगेर

ज्वालामुखी विस्फोटपछि जकार्ता विमानस्थलमा अवरूद्ध सेवा थपियो

जकार्ता – इन्डोनेसियाको प्रमुख विमानस्थलमा ले सोमबार सञ्चालन हुने अपेक्षा

पृथ्वी राजमार्गको परेवाभीरमा यातायात सञ्चालन

काठमाडौँ । पृथ्वी राजमार्गअन्तर्गत धादिङको परेवाभीर खण्डमा सोमबार साँझदेखि यातायात

विपत्तिमा सबै एकताबद्ध भएर उभिनुपर्छ : ऊर्जामन्त्री श्रेष्ठ

काठमाडौं – ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराज भक्त श्रेष्ठले विपत्तिको