प्रधानमन्त्री कप क्रिकेट : आज तीन खेल हुँदै « Khabarhub

प्रधानमन्त्री कप क्रिकेट : आज तीन खेल हुँदै


८ माघ २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


195
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– प्रधानमन्त्री कप पुरुष एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा आज तीन खेल हुँदैछन् । आज नेपाल पुलिस क्लब र एपीएफ, मधेश र सुदूरपश्चिम प्रदेश तथा बागमती र कर्णाली प्रदेशबीच प्रतिस्पर्धा हुनेछ ।

जसअन्तर्गत नेपाल पुलिस क्लब र एपीएफ क्लबबीचको खेल बिहान ९ बजे भैरहवाको सिद्धार्थनगर क्रिकेट मैदानमा हुनेछ ।

जारी प्रतियोगितामा पुलिस क्लब अपराजित रहेको छ । पुलिस क्लब अहिलेसम्म खेलेका तीनवटै खेल जितेर ६ अंकका साथ दोस्रो स्थानमा रहेको छ । यस्तै, एपीएफ ३ खेलबाट ४ अंक जोडेर पाँचौँ स्थानमा रहेको छ ।

यस्तै, आजै कीर्तिपुरस्थित टीयू क्रिकेट मैदानमा सवा ९ बजे मधेश प्रदेश र सुदूरपश्चिम प्रदेशबीच प्रतिस्पर्धा हुँदैछ । सुदूरपश्चिम ३ खेलबाट ६ अंक जोडेर शीर्षस्थानमा रहँदा मधेश प्रदेश ५ खेलबाट ६ अंकसहित चौथो स्थानमा छ ।

यसैगरी, बागमती र कर्णाली प्रदेशबीचको खेल बिहान सवा ९ बजे काठमाडौँको मूलपानी क्रिकेट मैदानमा हुनेछ । अहिलेसम्म बागमती प्रदेश ५ खेलबाट ६ अंक जोड्दै तालिकाको तेस्रो स्थानमा रहेको छ । कर्णाली प्रदेश ४ खेलबाट ४ अंकसहित सातौँ स्थानमा छ ।

प्रकाशित मिति : ८ माघ २०८०, सोमबार  ६ : ४५ बजे

बाबुछोराको झगडा छुट्याउन गएका छिमेकीको मृत्यु

त्रिशूली – नुवाकोटको दुप्चेश्वर गाउँपालिका– १ स्थित घ्याङफेदीमा बाबुछोराको झगडा

प्रहरी हिरासत र जिल्ला कारागारको अनुगमन

किमाथांका–  कोशी प्रदेश मुख्य न्यायाधिवक्ताको कार्यालयले यहाँस्थित जिल्ला प्रहरीको हिरासत

उपेन्द्र भन्छन- मधेशको अधिकार र पहिचानका लागि धेरै लड्यौँ, अब कसैले हेप्न सक्दैनन्

राजविराज- जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले मधेशको अधिकार,

युरोपियन युनियनसँग ऐतिहासिक स्वतन्त्र व्यापार सम्झौतापछि भारत उत्साहित

काठमाडौं- भारत र युरोपियन युनियन (ईयू) बीच स्वतन्त्र व्यापार सम्झौता