एएफसी एसियन कप : साउदी अरेबिया अन्तिम १६ मा प्रवेश « Khabarhub

एएफसी एसियन कप : साउदी अरेबिया अन्तिम १६ मा प्रवेश


८ माघ २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


159
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– एएफसी एसियन कप फुटबलमा साउदी अरेबिया अन्तिम १६ मा प्रवेश गरेको छ ।

गएराति कतारको अहमद बिन अली रंगशालामा भएको खेलमा किर्गिस्तानलाई २–० गोलले हराउँदै साउदी अन्तिम १६ मा पुगेको हो ।

साउदीका लागि मोहम्मद कानो र फैसल अल घम्दीले गोल गरेका थिए । खेलको ३५औँ मिनेटमा साउदीका कानोले गोल गर्दै टोलीलाई सुरुवाती अग्रता दिलाएका थिए । यस्तै, ८६औँ मिनेटमा घम्दीले गोल गर्दै साउदीलाई २–० गोलको सहज जित दिलाए ।

यो जितसँगै समूह ‘एफ’को साउदी अरेबिया दुई खेलबाट ६ अंक जोडेर शीर्षस्थानमा छ । पराजित भएको किर्गिस्तान अंकविहीन छ । यस्तै, दोस्रो स्थानमा रहेको थाइल्याण्डको ४ अंक छ भने ओमानको १ अंक छ ।

समूह चरणको अन्तिम खेलमा साउदीले बिहीबार थाइल्याण्डसँग खेल्ने छ ।  

 

प्रकाशित मिति : ८ माघ २०८०, सोमबार  ९ : २९ बजे

चन्द्रगढी महिला गोल्डकपको खेलतालिका सार्वजनिक

झापा– आगामी वैशाख ५ गतेदेखि हुने चन्द्रगढी महिला गोल्डकपको खेलतालिका

जिब्रो छेड्ने जात्रा : सुजनले चौथोपटक जिब्रो छेड्ने

भक्तपुर– भक्तपुरको मध्यपुरथिमि नगरपालिका बोडेमा हरेक नयाँ वर्षको वैशाख २

‘स्टारडम’को आडमा अपराध : सबै बलात्कारी कि समय खराब ?

अभिनेता तथा चर्चित हास्य कलाकार सागर लम्साल ‘बले’ लाई अमेरिका

बुढीनन्दाको कोल्टीमा कृषि उपज सङ्कलन केन्द्र सञ्चालन

बाजुरा– जिल्लाको पूर्वी उत्तरी भेगको बुढीनन्दा नगरपालिकाको कोल्टीमा कृषि उपज

फेवाताल जग्गा बारे गृहमन्त्रीको स्पष्टीकरण– ‘म आफैँ ठगिएको छु, कानुनी उपचारमा जान्छु’

काठमाडौँ – गृहमन्त्री सुदन गुरुङले पोखराको फेवाताल किनाराको जग्गा प्रकरणमा