एएफसी एसियन कप : साउदी अरेबिया अन्तिम १६ मा प्रवेश « Khabarhub

एएफसी एसियन कप : साउदी अरेबिया अन्तिम १६ मा प्रवेश


८ माघ २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


159
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– एएफसी एसियन कप फुटबलमा साउदी अरेबिया अन्तिम १६ मा प्रवेश गरेको छ ।

गएराति कतारको अहमद बिन अली रंगशालामा भएको खेलमा किर्गिस्तानलाई २–० गोलले हराउँदै साउदी अन्तिम १६ मा पुगेको हो ।

साउदीका लागि मोहम्मद कानो र फैसल अल घम्दीले गोल गरेका थिए । खेलको ३५औँ मिनेटमा साउदीका कानोले गोल गर्दै टोलीलाई सुरुवाती अग्रता दिलाएका थिए । यस्तै, ८६औँ मिनेटमा घम्दीले गोल गर्दै साउदीलाई २–० गोलको सहज जित दिलाए ।

यो जितसँगै समूह ‘एफ’को साउदी अरेबिया दुई खेलबाट ६ अंक जोडेर शीर्षस्थानमा छ । पराजित भएको किर्गिस्तान अंकविहीन छ । यस्तै, दोस्रो स्थानमा रहेको थाइल्याण्डको ४ अंक छ भने ओमानको १ अंक छ ।

समूह चरणको अन्तिम खेलमा साउदीले बिहीबार थाइल्याण्डसँग खेल्ने छ ।  

 

प्रकाशित मिति : ८ माघ २०८०, सोमबार  ९ : २९ बजे

रविभन्दा कुलमानसँग सहकार्य नजिक छन् बालेन

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले फागुन २१ गते निर्वाचन हुने

घार र मह बेचेर मनग्य आम्दानी

लेखनाथ – महको मूल्य र माग बढ्दै गएपछि पछिल्ला वर्षहरुमा

कांग्रेस कार्यसम्पादन समितिको बैठक शुक्रबार पुनः बस्ने

ललितपुर – नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक शुक्रबार दिउँसो

मुलुक समृद्ध बनाउन नयाँ पुस्ता एकताबद्ध हुनुपर्छः उर्जामन्त्री घिसिङ

काठमाडौं – ऊर्जामन्त्री कुलमान घिसिङले देशलाई समृद्धि, सुशासन र न्यायको

निर्वाचनमा पत्रकारले निष्पक्ष कलम चलाउनुपर्छ: पूर्वनिर्वाचन आयुक्त थपलिया

काठमाडौं – पूर्वनिर्वाचन आयुक्त दिनेश थपलियाले निर्वाचनका बेला पत्रकारले कुनै