शक्तिका लागि मानिसलाई सुगर मिश्रित कार्बोहाइड्रेटको आवश्यकता पर्छ । तर हामीले खरिद गर्ने धेरै पदार्थमा थप सुगर मिसिएको हुन्छ । जसका कारण हामी मधुमेहको सिकार हुन्छौँ ।
सुगर कार्बोहाइड्रेटको एउटा स्वरूप हो । शरीरले कार्बोहाइड्रेटलाई सुगरमा टुक्र्याउने काम गर्छ । सुगर धेरै किसिमका हुन्छन् । जुन मोलीक्यु अनुसार फरक हुन्छन् ।
मोनोसाकाराइड एक मोलीक्यु सुगर हो । यो सुगरको सामान्य स्वरूप हो । यसमा तीन किसिममा सुगर हुन्छन् । ग्लुकोज, दूधमा पाइने गालाक्टोज र फलफूलमा पाइने फ्रुक्टोज यसका विभिन्न शैली हुन् ।
पेय पदार्थमा राखिएको चिनी तथा अन्य पकाइएको खाने कुरामा राखिएको थप चिनीले नै हामीलाई धेरै असर गर्ने गर्छ ।
डिस्काराइड अथवा पोलीसाकाराइड दुई मोलीक्युको सुगर हो । टेबलमा थपिने सुगर नै यही हो । ल्याकटोज र स्टार्कमा पनि यो पाइन्छ । यो सामान्य गेडागुडी र जरामा रहेको हुन्छ ।
हाम्रो शरीरले कार्बोहाइड्रेटबाट सुगर झिक्छ । यो ग्लुकोजको रूपमा हाम्रो रगतको नसामा प्रवेश गर्छ र शक्तिको श्रोतको रूपमा काम गर्छ । ग्लुकोज, फ्रक्टोज र ल्याकटोज सामान्यतया खानेकुरा पेय पदार्थमा हुन्छ । थप सुगर जुन कृत्रिम रूपमा राखिएको हुन्छ, त्यसले नै शरीरलाई धेरै असर गर्ने गर्छ ।
पेय पदार्थमा राखिएको चिनी तथा अन्य पकाइएको खाने कुरामा राखिएको थप चिनीले नै हामीलाई धेरै असर गर्ने गर्छ । कुनै खाने कुरामा एकदमै धेरै फ्राम्टोज हुन सक्छ ? जस्तो मकैमा यो अत्यधिक हुन सक्छ ।
हाम्रो शरीरमा राम्रोसँग काम गर्नका लागि इन्सुलिनको आवश्यक हुन्छ । यदि हाम्रो शरीरमा कम मात्रामा इन्सुलिन उत्पादन भयो भने यसैले मधुमेह गराउँछ ।
सुगर बढी भएमा यी खानेकुरामा सावधानी अपनाउन जरुरी हुन्छ । चिनी, मकैको झोल, हाइ फ्राक्टोज मकैको झोल, खैरो सुगर, धेरै किसिमका फलफूलका जुस, मह गहुँ, मेपलको झोल, इन्भर्ट सुगर, माल्ट सुगर, ग्लुकोज, फेक्ट्रोज डेक्ट्रोज लगायत कुरामा सतर्क हुन जरुरी हुन्छ ।
कार्बोहाइड्रेट मार्फत पाइने शक्तिको स्वरूप हाम्रो शरीरको लागि अत्यन्त आवश्यक हुन्छ । मस्तिष्क, रगतको नसा र रक्त कोसीकाका लागि यो अत्यन्त आवश्यक हुन्छ ।
हाम्रो शरीरमा सुगरको मात्रा बढेमा आफैँ इन्सुलिन उत्पादन हुन्छ भने सुगरको मात्रा घटेमा हार्मोनको मात्रा घट्दै जान्छ । हाम्रो शरीरमा राम्रोसँग काम गर्नका लागि इन्सुलिनको आवश्यक हुन्छ । यदि हाम्रो शरीरमा कम मात्रामा इन्सुलिन उत्पादन भयो भने यसैले मधुमेह गराउँछ ।
अमेरिकी मुटु एसोसिएसनका अनुसार शरीर चल्नका लागि खानेकुराबाट प्राप्त सुगर भन्दा बाहेक थप अतिरिक्त सुगरको आवश्यकता हुँदैन । विभिन्न खाने कुराबाट पाउने सुगर र कार्बोहाइड्रेटको मात्रा भने शरीरका लागि अति आवश्यक हुन्छ ।
उदाहरणका लागि फ्राक्टोजमा धेरै भिटामिन, फाइबर र खनिज उपलब्ध भएको हुन्छ । धेरै खाद्य पदार्थमा भने थप चिनी राखिएको हुन्छ । उदाहरणका लागि सोडा, चकलेट र अन्य पदार्थहरू ।
चिनी राखिएको पेय पदार्थ नै शरीरमा आवश्यक नभएको थप सुगरको मुख्य श्रोत बन्ने गरेका छन् ।
वयस्क तथा एक वर्ष भन्दा माथिका बच्चाका लागि दैनिक १ सय ३० ग्राम कार्बोहाइड्रेट आवश्यक हुन्छ । ४५ देखि ६५ प्रतिशत क्यालोरी कार्बोहाइड्रेटबाट नै प्राप्त हुन्छ । कार्बोहाइड्रेटले शरीरमा सुगर मात्र नभएर अन्य धेरै कुरा आदानप्रदान गर्छ । धेरै किसिमका फलफूल, खाद्य पदार्थ र तरकारी खानु दैनिक रूपमा धेरै आवश्यक कुरा पुरा गर्नु हो ।
अमेरिकास्थित हेल्थ एन्ड ह्युमन सर्भिसले जनाए अनुसार प्राकृतिक रूपमा लिइने भन्दा थप सुगरको मात्रा १० प्रतिशत या त्यो भन्दा कम हुन आवश्यक छ ।
यसरी थप सुगर पुरुषका लागि ३६ ग्राम अथवा नौ चिया चम्चा भन्दा बढी हुनु हुँदैन । २५ ग्राम अथवा ६ चिया चम्चा भन्दा बढी महिलाका लागि हुनु हुँदैन । २ देखि १८ वर्षका बच्चाका लागि दैनिक २५ ग्राम भन्दा बढी हुनु हुँदैन ।
अमेरिकामा त यो समस्या अत्यधिक छ । त्यहाँ ७७ ग्राम दैनिक थप सुगर प्रयोग गरिएको हुन्छ । बच्चाले त दैनिक ८१ ग्रामसम्मको प्रयोग गर्ने गरेका छन् । संसारका अन्य धेरै देशमा पनि धेरै सुगरको प्रयोग हुने गरेको छ ।
दाँतमा समस्या आउनु, पोल्नु, छालामा समस्या आउनु, धेरै भोक लाग्ने, धेरै मोटाउनु या धेरै दुब्लाउनु तथा अल्छी लाग्नु धेरै ग्लुकोजको असर हो ।
चिनी राखिएको पेय पदार्थ नै शरीरमा आवश्यक नभएको थप सुगरको मुख्य श्रोत बन्ने गरेका छन् । यस्ता ४७ प्रतिशत अनावश्यक सुगर खासमा हामीले डाइटको रूपमा प्रयोग गर्ने पदार्थमै हुन्छन् । हलुका पेय पदार्थ, जुस, इनर्जी ड्रिङ्क तथा चिया र कफीमा यस्ता पदार्थ हुने गरेका छन् । स्न्याकमा यो मात्रा अझ धेरै हुन्छ ।
हामीले प्रयोग गर्ने डाइटमा यस्ता अनावश्यक सुगरको मात्र अझ धेरै हुन्छ । यसरी शरीरमा सुगरको मात्रा बढेमा डाइबेटीज, मुटुको रोग, कोलोन क्यान्सर, प्यानक्रियाटिक क्यान्सर, उच्च रक्तचाप, हाइ कोलेस्ट्रोल, मिर्गौलाको समस्या, कलेजोको रोग आँखाको दृश्य नास तथा मांसपेशी तथा नसाको समस्या हुन सक्छ ।
धेरै ग्लुकोजको कारण मस्तिष्कको रोग तथा डिमेन्सिया पनि हुन सक्छ । धेरै सुगरका कारण अन्य समस्या पनि थपिन सक्छन् । दाँतमा समस्या आउनु, पोल्नु, छालामा समस्या आउनु, धेरै भोक लाग्ने, धेरै मोटाउनु या धेरै दुब्लाउनु तथा अल्छी लाग्नु धेरै ग्लुकोजको असर हो ।
धेरै अध्ययनहरूले प्याक गरिएका अनावश्यक सुगरका विषयले नै शरीरमा धेरै समस्या उत्पन्न गरेको हुन्छ । यस्तो थप सुगरको मात्रा नै हाम्रा लागि धेरै घातक हुन सक्छ । यसका लागि सबै भन्दा उत्तम उपाय भनेको हामीले प्राकृतिक रूपमै ग्लुकोजको खोजी गर्ने हो ।
चिया र कफीमा चिनीको प्रयोग नगर्नु अर्को राम्रो उपाय हो । अहिले धेरै क्यालोरी अतिरिक्त चिनीबाट लिने चलन संसारका प्राय देशमा गम्भीर समस्या बनिरहेको छ ।
हामीले खाना पछि डिजर्टको रूपमा प्याक गरिएका खानेकुरालाई छाडेर फलफूल मात्र प्रयोग गर्न सक्छौँ । बजारबाट ल्याइएका धेरै कुरालाई घरमै बनाइएका परिकारले विस्थापित गर्नु सबै भन्दा राम्रो उपाय मानिएको छ ।
चिया र कफीमा चिनीको प्रयोग नगर्नु अर्को राम्रो उपाय हो । अहिले धेरै क्यालोरी अतिरिक्त चिनीबाट लिने चलन संसारका प्राय देशमा गम्भीर समस्या बनिरहेको छ ।
सन् २०१७ मा प्रकाशित एक तथ्याङ्कका अनुसार संसारमा वार्षिक ११ मिलियन भन्दा बढी मानिस अस्वस्थकर डाइटिङका कारण मर्ने गरेका छन् । यसरी खराब डाइटका कारण सबै भन्दा बढी असर उज्बेकिस्तानमा छ भने इजरायल सबै भन्दा कम हो । यसरी डाइटसँग सम्बन्धित धेरै समस्या सुगर र धेरै नुनिला पदार्थसँग नै जोडिएका हुन्छन् ।
श्रोत : रोयटर्स, मेडिकल न्युज टुडे
प्रतिक्रिया