सवारी पटके बाटो इजाजत राजस्व असुली केन्द्र सञ्चालनमा | Khabarhub Khabarhub

सवारी पटके बाटो इजाजत राजस्व असुली केन्द्र सञ्चालनमा


८ माघ २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


234
Shares
  • change font
  • change font
  • change font

इलाम– नेपाल–भारत सीमा इलामको पशुपतिनगरबाट नेपाल प्रवेश गर्ने भारतीय सवारीलाई सहज भएको छ । कोशी प्रदेश आन्तरिक मामिला तथा कानुन मन्त्रालयअन्तर्गत रहने गरी आइतबारदेखि सवारी पटके बाटो इजाजत राजस्व असुली केन्द्र सञ्चालनमा आएपछि भारतीय सवारी साधनलाई नेपाल प्रवेशमा सहजता हुने भएको हो ।

प्रदेश मन्त्रालयले भारतीय चार चक्के सवारी नेपाल प्रवेश गर्दा पाँच सय १० र मोटरसाइकलको दुई सय १० राजस्व लिने व्यवस्था गरेको छ । आन्तरिक मामिला तथा कानुन मन्त्रालयका महाशाखा प्रमुख गणेश नायकले केन्द्रको उद्घाटन गरे ।

कार्यक्रममा कोशी प्रदेशका यातायात महाशाखा प्रमुख सुभाष कार्कीले भारतीय नम्बर प्लेटका सवारी साधनको आवागमनमा केन्द्र सञ्चालनले सहज हुने जानकारी दिए ।

यातायात व्यवस्था सेवा कार्यालय इलामका कार्यालय प्रमुख छवि खतिवडाका अनुसार भारतीय सवारीले पटके काट्ने तथा नेपालकै पनि रुट पर्मिट भएका सवारीले अन्यत्र जाँदा पटके काट्न उक्त केन्द्रबाट सक्ने छन् ।

भन्सार कार्यालयबाट इजाजत लिएका सवारीले केन्द्रमा राजस्व बुझाउने व्यवस्था गरिएको छ । प्रमुख खतिवडाका अनुसार एक पटक पटके काटेका भारतीय सवारीले सात दिनसम्म कोशी प्रदेशभित्र जान पाउने व्यवस्था गरिएको छ ।

सवारी पटके तथा राजस्व असुली केन्द्र नहुँदा भारतीय सवारीलाई नेपाल प्रवेशमा समस्या हुँदै आएको थियो । व्यापक जनगुनासोका आधारमा कार्यालय स्थापना गरिएको प्रमुख खतिवडाले जानकारी दिए ।

केन्द्र उद्घाटनको पहिलो दिन नै १५ सवारीले पटके काटेको केन्द्रले जनाएको छ । पशुपतिनगर नाकाबाट नेपाल प्रवेश गर्ने पर्यटकलाई केन्द्र स्थापनाले सहज हुने जनाइएको छ ।

केन्द्र नहुँदा भारतबाट आएका सवारी साधनलाई ट्राफिक प्रहरीले जरिवाना काट्ने गरेको थियो । सूर्योदय उद्योग वाणिज्य सङ्घका अध्यक्ष प्रमोद राईले केन्द्र सञ्चालनले नेपाल प्रवेश गर्ने भारतीय पर्यटकमा सकारात्मक सन्देश जाने बताए । पशुपतिनगर नाका भएर ठूलो सङ्ख्यामा भारतीय पर्यटक नेपाल भित्रिने गरेका छन् ।

प्रकाशित मिति : ८ माघ २०८०, सोमबार  १२ : ३८ बजे

उपल्लो मुस्ताङमा बागवानीको ‘सेटलाइट कृषि फार्म’

मुस्ताङ– उपल्लो मुस्ताङको लोघेकर दामोदरकुण्ड गाउँपालिका–२ घमीमा मुस्ताङको मार्फास्थित शीतोष्ण

क्लब विश्वकप – मेसीको गोलमा मियामीको पहिलो जित

काठमाडौं – लियोनल मेसीको गोलमा इन्टर मियामीले फिफा क्लब विश्वकप

पुछिघाटको झोलुङ्गेपुल अस्थायी रूपमा मर्मत, स्थानीय खुसी

मन्थली– रामेछापको खाँडादेवी गाउँपालिका र सिन्धुलीको सुनकोशी गाउँपालिका जोड्ने पुछिघाटको

अमेरिकाले इजरायल-इरान युद्धमा प्रत्यक्ष सहभागी हुने निर्णय दुई सातामा गर्ने

वाशिङ्टन – इजरायल र इरान युद्धमा अमेरिकी उपस्थितिका बारेमा राष्ट्रपति

प्रतिनिधिसभामा आज प्रधानमन्त्रीले जवाफ दिने 

काठमाडौं– प्रतिनिधिसभाको बैठक आज बिहान ११ः०० बजे सङ्घीय संसद् भवन