रविका नाममा जम्मा भएको १ करोड ८० लाखको चेक बाउन्स « Khabarhub

रविका नाममा जम्मा भएको १ करोड ८० लाखको चेक बाउन्स


८ माघ २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


489
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सोमबार आयोजित पत्रकार सम्मेलनमा ग्लोबल आइएमई बैंकले उनलाई दिएको पत्र देखाए । पत्रकार सम्मेलनको अन्त्यमा उनले यो पत्रबारे चर्चा गरिदिन मिडियासँग विशेष आग्रहसमेत गरे ।

लामिछानेले बैंकलाई आफूले सोमबार नै विवरण माग गरेको तर बैंकले गत असोज २२ को मिति राखेर त्रुटि गरेको पनि बताए ।

आखिर बैंकले रविलाई दिएको पत्रमा के भनिएको छ ? पत्रको व्यहोरा पढौं–

श्री रवि लामिछानेज्यू,

बूढानीलकण्ठ काठमाडौं ।

विषय– विवरण उपलब्ध गराएको बारे ।

महोदय,

उपरोक्त सम्बन्धमा तहाँको मिति २२/०६/२०२४ गतेको पत्रको सन्दर्भमा लेख्दैछौं । उक्त पत्रमा उल्लेखित मिति १७/०६/२०२२ मा यस बैंकमा सञ्चालनमा रहेको खाता नम्बर ००३०७०१०००५९१३ मा रु १, ८०,००,००० को चेक जम्मा भएको हुँदा सो रकम खातामा क्रेडिट गरिएको तर उक्त चेक ECC मार्फत चेक clearance पठाउँदा insufficient balance कारण फिर्ता भएको हुँदा सो रकम खातामा जम्मा नभएको व्यहोरा जानकारी गर्दछौं ।’

बैंकको पत्रको व्यहोरा अनुसार रविको खातामा १ करोड ८० लाखको डिपोजिट भएको प्रमाणित हुन्छ । तर, चेकमार्फत जम्मा गरिएको रकम ईसीसी अर्थात इलेक्ट्रोनिक चेक क्लियरिङमा पठाउँदा ‘इनसफिसियन्ट ब्यालेन्स’ अर्थात खातामा रकम अपुगका कारण चेक क्यान्सिल भएको भन्न खोजिएको छ । अर्थात् उक्त चेक ‘बाउन्स’ भएको बैंकको पत्रले भन्न खोजेको छ ।

कुनै पनि निकायले मेरो खाता हेरोस्, १ करोड ८० लाख लिएको रहेछु भने सजाय भोग्न तयार छु : रवि

मेरो खातामा १ करोड ८० लाख जम्मा भएकै छैन : रवि

हेर्नुहोस् भिडियो-

प्रकाशित मिति : ८ माघ २०८०, सोमबार  ६ : ४७ बजे

कांग्रेस सहमहामन्त्रीमा बहादुरसिंह लामा विजयी

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट आदिवासी जनजातितर्फ सहममन्त्रीमा बहादुर सिंह

नौ महिनामा थपिए ८० जना एचआइभी सङ्क्रमित

चितवन– चितवनमा गत नौ महिनामा ८० जना नयाँ एचआइभी एड्स

ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

मकवानपुर– मकवानपुरको हेटौँडा उपमहानगरपालिका–८ स्थित गुम्बाचोक नजिकै आज बिहान ट्रकको

सत्तामा मोदीको कीर्तिमानी कार्यकाल, भारतले के पायो, के गुमायो ?

दक्षिणी छिमेकी भारतका प्रधानमन्त्री नरेन्द्र मोदी सन् २००१ को अक्टोबरमा

भोजपुरमा कमेरोले घर पोत्ने चलन हराउँदै

भोजपुर– गाउँघरमा परम्परागत रूपमा माटो तथा कमेरोले घर पोत्ने चलन