राष्ट्रियसभा निर्वाचन : कोशीमा एमाले र राप्रपाको मिलन (सहमति पत्रसहित) | Khabarhub Khabarhub

राष्ट्रियसभा निर्वाचन : कोशीमा एमाले र राप्रपाको मिलन (सहमति पत्रसहित)


८ माघ २०८०, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


612
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राष्ट्रियसभा निर्वाचनमा कोशी प्रदेशमा एमाले र राष्ट्रिय प्रजातन्त्र पार्टीको तालमेल गर्ने सहमति भएको छ । 

उनीहरूबीच कोशीमा राप्रपाका उम्मेदवार उद्धव पौडेल र एमालेकी रुक्मिणी कोइरालालाई जिताउने सहमति भएको हो । 

राप्रपाका प्रवक्ता मोहन श्रेष्ठले खबरहबसँग भने, ‘हामी दुवै पार्टीबीच लिखित सहमति भएको छ ।’

राप्रपाको तर्फबाट कोशी प्रदेश अध्यक्ष राम थापा र एमालेका तर्फबाट कोशी प्रदेश अध्यक्ष घनश्याम खतिवडाले सहमति पत्रमा हस्ताक्षर गरेका छन् ।

कोशीमा आफ्नो राजनीति सुरक्षित बनाउन एमाले अध्यक्ष केपी शर्मा ओली र राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन दुवैलाई एक अर्काको साथ चाहिएको छ । यसअघि पनि झापामा ओलीको निर्वाचन क्षेत्रमा राप्रपाले सहयोग गर्दै आएको छ भने लिङदेनको क्षेत्रमा एमालेले राप्रपालाई सघाउँदै आएको छ ।

कोशी प्रदेशमा एमाले र राप्रपा मिल्दा पनि गठबन्धनको मतभार केही बढी देखिन्छ । तर, कांग्रेसभित्र अन्तरघात भएमा कृष्ण सिटौला जोखिममा पर्न सक्छन् ।

कोशीमा गठबन्धन दलसँग ५ हजार ४३६ मतभार छ । यता एमालेसँग ४ हजार २४८ मात्रै मत छ । राप्रपासँग ३ सय ९४ र स्वतन्त्रसँग ५७ मतभार छ । एमाले, राप्रपा र स्वतन्त्रको सबै जोड्दा पनि गठबन्धनको भन्दा कमै हुन्छ ।

यो पनि…

राष्ट्रियसभा निर्वाचन : कृष्ण सिटौला कति सुरक्षित ?

प्रकाशित मिति : ८ माघ २०८०, सोमबार  ७ : ४८ बजे

आजका समाचार : अन्तरिम सरकारमा ११ जनामात्रै मन्त्री, दलहरू पार्टी भवन बनाउने योजनामा र गाजामा इजरायली सेनाको व्यापक आक्रमण

कार्की सरकारमा ११ जनामात्रै मन्त्री हुनेअन्तरिम सरकारी प्रधानमन्त्री सुशीला कार्कीले

लुटिएका सामग्री फिर्ता नगरे कानुनी कारबाही गरिने

गण्डकी – ‘जेन-जी’ आन्दोलनका क्रममा पोखरा महानगरपालिका र मातहतका कार्यालयबाट

वीरगञ्ज महानगरमा एक अर्बभन्दा बढीको क्षति

वीरगञ्ज– जेन-जी आन्दोलनको क्रममा भएको तोडफोड र आगजनीले वीरगञ्ज महानगरको

जेन-जी आन्दोलनमा भएको घटनाको छानबिन हुनुपर्छ : मुख्यमन्त्री कार्की

विराटनगर–कोशी प्रदेश सरकारका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले जेनजी आन्दोलनमा भएको घटनाको

रविलाई जेलभित्रै राखेर रास्वपा महाधिवेशनको तयारी

काठमाडौं– अन्तरिम सरकारले अगामी फागुन २१ गते निर्वाचन हुने मिति