वीपीमा बस्यो बैठक, आन्दोलनकारीको प्रश्न– एजेण्डा पदोन्नति कि कमिसन ? | Khabarhub Khabarhub

वीपीमा बस्यो बैठक, आन्दोलनकारीको प्रश्न– एजेण्डा पदोन्नति कि कमिसन ?



सुनसरी– प्रधानमन्त्री पुष्पकमल दाहालले तत्काल बैठक गर्न निर्देशन दिएपछि वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानमा कार्यकारिणी समिति (कास) को बैठक सोमबार साँझ बसेको छ ।

प्रतिष्ठानको भीभीआइपी गेष्टहाउसमा निर्धारित समयभन्दा करिब तीन घण्टा ढिलो गरी सोमबार साँझ बैठक बसेको हो । बैठकको मुख्य एजेण्डा चिकित्सक कर्मचारीको पदोन्नतिको विषय हुनुपर्ने भन्दै आन्दोलनरत चिकित्सक शिक्षक र कर्मचारीहरु बैठक कक्ष बाहिर धर्नामा बसेका थिए ।

राति ९ बजेसम्म बसेको बैठक बिनानिष्कर्ष टुंगिएको र मंगलबार बिहान ९ बजे फेरि बस्ने प्रतिष्ठान स्रोतले जानकारी दिएको छ ।

दुई सदस्य गयल

स्वास्थ्य मन्त्रालयका एक प्रतिनिधि, प्रतिष्ठानका चार पदाधिकारी र प्रतिष्ठानभित्रका विभागीय प्रमुखमध्ये दुईजना समेत गरेर सात सदस्यीय कास रहने व्यवास्गा छ । तर, कामु उपकुलपति प्राडा प्रल्हाद कार्कीले बोलाएको बैठकमा साबिकका दुईजना सदस्य भने अनुपस्थित रहे ।

कामु उपकुलपति प्राडा कार्कीले प्रतिष्ठानका इमर्जेन्सी विभाग प्रमुख प्राडा ज्ञानेन्द्र मल्ल र प्याथोलोजी विभाग प्रमुख प्राडा स्मृति कार्कीलाई सदस्य नरहेको जानकारी पत्र थमाइसकेका छन् ।

बैठकमा थप दुई नयाँ सदस्य कोको थिए भन्ने खुलेको छैन ।वीपी प्रतिष्ठानको ऐन नियमावली अनुसार हाल कास बैठकमा पाँचजना मात्र रहेका छन् । तर, कासको ६०७ औं बैठकले एक नम्बर बुँदामा मुख्य एजेण्डाका रुपमा नवनियुक्त कार्यकारिणी समितिका सदस्यलाई स्वागत गर्ने भनेर सूची तयार गरेको छ ।

यसअघि नियुक्त गरेका प्राडा मल्ल र प्राडा कार्कीको कास सदस्यको पदावधि नै पूरा नभई कुन ऐनका आधारमा बर्खास्त गरेर अरु नयाँ कास सदस्य नियुक्त गरेको हो भन्ने प्रश्नको जवाफ आन्दोलनरत पक्षले खोजिरहेका छन् । नयाँ कास सदस्यहरु को–को हुन्, त्यो सार्वजनिक गरिएको छैन ।

त्यसैगरी बैठकको अर्को एजेण्डामा आगामी सञ्चालक परिषद (सिनेट) मा निणयार्थ पेश गरिने प्रस्ताव स्वीकृत गर्न ०७९ पुस २० गते प्रकाशित स्थायी सेवा सम्बन्धी विज्ञापन, अन्तवार्ता प्रक्रिया एवं नतिजा प्रकाशन सम्बन्धी र लोक सेवा आयोगको कार्यविधि समावेश गरी संशोधन गर्न प्रस्तावित नियमावलीबारे रहेको छ ।

०७९ पुस २० गते शिक्षक चिकित्सक र कर्मचारीको पदोन्नतिको विषयमा विज्ञापन प्रकाशन भएर आधाको अन्तर्वार्ता भइसकेको थियो । वीचमा प्राडा कार्की कामु उपकुृलपति भएर आएपछि रोकिएको थियो । कास बैठकमा पदोन्नतिको एजेण्डा स्पस्टरुपमा नराखेर आन्दोलनरत पक्षलाई अल्मल्याउन घुमाउरो शैली अपनाएको आरोप लागेको छ ।

शिक्षक कल्याण समाजका अध्यक्ष डा. सेराज अहमद खानले भने, ‘हाम्रो माग यही कास बैठकले अन्तर्वार्ताको मिति तोक्नुपर्छ भन्ने हो । तर, यो बैठकमा भने सिनेटमा लैजाने भन्ने एजेण्डा मात्र छ । यो हामीलाई स्वीकार्य हुँदैन । सिनेटले त रिजल्ट निकालेर स्वीकृत गर्नुपर्छ । प्रतिष्ठानको तत्कालीन निकास एकातिर, मन्त्री, उपकूलपतिको दाउ कमिसनतिर देखियो ।’

उनले प्रतिष्ठानको तत्कालीन आवश्यकता भनेको १५ बर्षदेखि नभएको पदोन्नतिलाई सम्बोधन गर्नु हो । २०७९ पुस २० गते खोलिएको आन्तरिक बढुवा करिब ६०५ शिक्षकहरुको अन्तर्वार्ता भइसकेपछि हठात रोकिएकाले आन्दोलन गर्नुपरेको डा खानले बताए ।

कमिसनको एजेण्डा ?

वीपीका एक बरिष्ठ प्राध्यापकको दाबी अनुसार पदोन्नतिको एजेन्डा कार्यकारिणी समितिबाट सिनेटमा लग्ने र सिनेटमा मन्त्री र कामु उपकुलपतिले पदोन्नतिको विज्ञापन नै खारेज गर्ने प्रपञ्च अनुसार आन्दोलनरत चिकित्सक शिक्षक र कर्मचारीलाई देखाउनकै लागि मात्र एजेण्डाको रुपमा राखिएको हो ।

ती प्राध्यापकले भने, ‘बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा आजको मितिसम्म भएका पदोन्नति प्रक्रिया कार्यकारिणी समितिको निर्णयबाटै भएका छन् । कासले निर्णय गरेपछि सिनेटबाट पारित गरिने परम्परा रहिआएको छ । प्रतिष्ठानलाई दीर्घकालीन निकास दिनुको साटो कास र सिनेट भनेर अल्झाउनु भनेको सत्ताको कुत्सित मनसाय रहेको सजिलै बुझ्न सकिन्छ ।’

आन्दोलनरत पक्षले बजेट तथा कार्यक्रम स्वीकृत गर्ने, नयाँ कास सदस्यलाई स्वागत गर्ने र विभागीय प्रमुखको नियुक्ति गर्ने भन्ने एजेण्डाप्रति पनि आपत्ति जनाएका छन् । उनीहरुले योजना आयोगमा अझैसम्म पनि प्रवेश नगराइएको एमसीएच (आमा तथा शिशु उपचार केन्द्र) निर्माणाधीन रहेको र त्यसको ठेकेदार कम्पनीलाई ४८ करोड रुपैयाँ भुक्तानी गरेवापत पदाधिकारी र विचौलियाले २० प्रतिशत कमिसन खाने योजनाअनुसार एजेण्डामा राखेको आरोप लगाएका छन् ।

एक चिकित्सकका अनुसार एमसीएच भवन निर्माण गरिरहेका शर्मा रसुवा जेभि कम्पनीले २ अर्व १८ करोड ४५ लाख ९५ हजार ८ सय ३९ रुपैयाँमा ठेक्का पारे पनि पछिल्लो समय उसलाई ४८ करोड भुक्तानी दिनका लागि कासले पास गर्न चाहेको छ । यसरी कासले पास गर्दा २० प्रतिशत कमिसन (करिव साढे ९ करोड रुपैयाँ) पाउने लोभमा हतार–हतार आपूm अनुकुलका नयाँ कास सदस्य नियुक्त गर्न खोजेको आन्दोलनरत पक्षको दाबी छ ।

उक्त कमिसनको रकम स्वास्थ्य मन्त्री र उनका पक्षमा बोल्ने दलका नेताहरुको पकेटमा पनि पु¥याउन कामु उपकुलपतिले बजेट पारित गर्न जोडबल गरेको चिकित्सकले आरोप लगाएका छन् ।त्यसअघि निलम्बित उपकुलपति डा ज्ञानेन्द्र गीरीले उक्त शीर्षकमा २० करोड रुपैया ठेकेदार कम्पनी शर्मा रसुवा जेभिलाई एकल निर्णय गरेर भुक्तानी गर्दा अहिले पनि उक्त मुद्दा अख्तियारले छानविन गरिरहेको छ ।

त्यसैगरी कामु उपकुलपति कार्कीकी श्रीमती संगिता भण्डारी हाल वीपी प्रतिष्ठानको नाक कान घाँटी (ईएनटी) विभागकी प्रमुख छिन् । उनले ईएनटी विभागका लागि भनेर पाँच थान वर्क स्टेशन खरिद गर्न दबाव दिँदै आएको प्रतिष्ठान स्रोतको दाबी छ । एक थान वर्क स्टेशनको मुल्य करिव ४८ लाख रुपैयाँ पर्ने बताइन्छ । तर, प्रतिष्ठानमा जर्मनीको हाइने कम्पनीका ती पाँच थान वर्क स्टेशन राख्ने भौतिक पूर्वाधार (स्थान) अभाव हुँदाहुँदै महंगो मेडिकल उपकरण खरिद गर्न खोज्नुका पछाडि पनि कमिसन नै रहेको श्रोतको दावी छ ।

प्रकाशित मिति : ८ माघ २०८०, सोमबार  १० : १९ बजे

तेञ्जिङ नोर्गे शेर्पा खुला आरोहण प्रतियोगिता हुँदै

काठमाडौं – तेञ्जिङ नोर्गे शेर्पा खुला आरोहण प्रतियोगिताको दोस्रो संस्करण

शुक्रबारदेखि पुसे झरीको सम्भावना, जाडो बढ्ने

काठमाडौं – पश्चिमी न्यूनचापीय प्रणालीको प्रभावले आगामी शुक्रबार रातिदेखि पुनः

पार्टीले ६ महिनाको छुट्टी दियो : विन्दा पाण्डे

काठमाडौं – नेकपा एमालेबाट ६ महिना निलम्बनमा परेकी नेतृ डा.

महाधिवेशनको मुखमा नेविसंघमा भाँडभैलो, इतरले थाल्यो समानान्तर अभ्यास

काठमाडौं– नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल विद्यार्थी संघमा ‘भाँडभैलो’ मच्चिएको

मध्यपुरथिमिमा बुद्धको अस्थिधातु स्थापना

भक्तपुर – मध्यपुरथिमिको पाटी बिहारमा आज बुद्धको अस्थिधातु स्थापना गरिएको