छवि पक्राउ परेपछि रविलाई भेट्न पुगे रास्वपाका नेता « Khabarhub

छवि पक्राउ परेपछि रविलाई भेट्न पुगे रास्वपाका नेता


६ आश्विन २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


6.2k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उपलब्ध नेताहरू पार्टी केन्द्रीय कार्यालय चमती पुगेका छन्‌ । पार्टी कार्यालयमै रहेका सभापति रवि लामिछानेलाई भेट्न उनीहरू त्यहाँ पुगेका हुन्‌ ।

सहकारीको बचत रकम अपचलन प्रकरणमा मुछिएका गोर्खा मिडिया नेटवर्कका सञ्चालक पूर्वडीआईजी छविलाल जोशी पक्राउ परेलगत्तै उनीहरू पार्टी कार्यालयमा जम्मा भएका हुन्‌ । पक्राउ परेका छवि गोर्खा मिडिया नेटवर्कमा तत्कालीन प्रबन्ध निर्देशक रविका साझेदार थिए ।

उपलब्ध सचिवालय र केन्द्रीय समितिका सदस्यहरू पार्टी अफिसमा जम्मा भइरहेका रास्वपाका एक नेताले खबरहबलाई जानकारी दिए । उनले दिएको जानकारी अनुसार; रास्वपा सभापति रवि लामिछाने पनि दिउँसैदेखि पार्टी कार्यालयमै छन् ।

छवि पक्राउ परेलगत्तै पूर्वगृहमन्त्रीसमेत रहेका रविलाई पनि प्रहरीले पक्राउ गर्ने चर्चा चलेकाले आफूहरू पार्टी कार्यालयमा आइपुगेको उनले बताए । रास्वपाका अर्का एक नेताले भने पार्टीको दैनिक काम गर्न आफूहरू पार्टी कार्यालयमा आएको दाबी गरे ।

खबरहबले ‘सभापतिबारे कुनै कुरा आएर भेला हुनुभएको हो ?’ भनी सोधेको प्रश्नमा ती नेताले भने, ‘अरू कुरा थाहा भएन । हामी त पार्टीको काममा ८ बजेसम्म कार्यालयमै रहन्छौँ ।’

यता; रास्वपाका १४ जना नेता भने उपसभापति डा. स्वर्णिम वाग्लेको नेतृत्वमा शनिबार चीन भ्रमणमा गएका छन्‌ ।

भ्रमण टोलीमा पार्टीकी कोषाध्यक्ष लिमा अधिकारी, सांसद शिशिर खनाल, मनिष झा, असिम साह, शिव नेपाली, डा. तोसिमा कार्की, गणेश पराजुली, केन्द्रीय सदस्यहरू बासुमाया तामाङ, निशा मेहता, पुकार बम, प्रकाश विष्ट, तपेश्वर यादव र खुश्बु राजा श्रेष्ठ छन् ।

यो पनि-

सहकारी प्रकरण : गृहमन्त्रीको निर्देशनलगत्तै रवि र जीबीका साझेदार छवि पक्राउ

प्रकाशित मिति : ६ आश्विन २०८१, आइतबार  ६ : १७ बजे

सुर्खेतमा ग्यास अभाव हुँदा उपभोक्ता मर्कामा

कर्णाली – सुर्खेतमा खाना पकाउने ग्यासको अभाव भएपछि उपभोक्तामा चुलो

नेपालको कमजोर प्रदर्शन जारी, नेदरल्यान्ड्सले सजिलै हरायो

काठमाडौं – आईसीसी विश्वकप लिग २ अन्तर्गतको एक दिवसीय खेलमा

बिरामीलाई निःशुल्क रगत उपलब्ध गराउँदै अर्जुनधारा

झापा – यहाँको अर्जुनधारा नगरपालिका र नेपाल रेडक्रस सोसाइटी झापा

मध्यपूर्वको स्थिति ‘कल्पनाभन्दा बाहिर’ : महासचिव गुटेर्रेस

संयुक्त राष्ट्रसङ्घ – मध्यपूर्वमा जारी द्वन्द्वले क्षेत्रलाई ‘कल्पनाभन्दा बाहिर’ पु-याएको

अमेरिकी राष्ट्रपतिद्वारा हुथीहरूलाई ‘ठूलो सैन्य दण्ड’ को चेतावनी

वासिङ्गटन – यमनका हुथी विद्रोहीहरूले ढुवानी जहाजहरूमाथि गरेको आक्रमणको लागि