छवि पक्राउ परेपछि रविलाई भेट्न पुगे रास्वपाका नेता | Khabarhub Khabarhub

छवि पक्राउ परेपछि रविलाई भेट्न पुगे रास्वपाका नेता


६ आश्विन २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


6.2k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उपलब्ध नेताहरू पार्टी केन्द्रीय कार्यालय चमती पुगेका छन्‌ । पार्टी कार्यालयमै रहेका सभापति रवि लामिछानेलाई भेट्न उनीहरू त्यहाँ पुगेका हुन्‌ ।

सहकारीको बचत रकम अपचलन प्रकरणमा मुछिएका गोर्खा मिडिया नेटवर्कका सञ्चालक पूर्वडीआईजी छविलाल जोशी पक्राउ परेलगत्तै उनीहरू पार्टी कार्यालयमा जम्मा भएका हुन्‌ । पक्राउ परेका छवि गोर्खा मिडिया नेटवर्कमा तत्कालीन प्रबन्ध निर्देशक रविका साझेदार थिए ।

उपलब्ध सचिवालय र केन्द्रीय समितिका सदस्यहरू पार्टी अफिसमा जम्मा भइरहेका रास्वपाका एक नेताले खबरहबलाई जानकारी दिए । उनले दिएको जानकारी अनुसार; रास्वपा सभापति रवि लामिछाने पनि दिउँसैदेखि पार्टी कार्यालयमै छन् ।

छवि पक्राउ परेलगत्तै पूर्वगृहमन्त्रीसमेत रहेका रविलाई पनि प्रहरीले पक्राउ गर्ने चर्चा चलेकाले आफूहरू पार्टी कार्यालयमा आइपुगेको उनले बताए । रास्वपाका अर्का एक नेताले भने पार्टीको दैनिक काम गर्न आफूहरू पार्टी कार्यालयमा आएको दाबी गरे ।

खबरहबले ‘सभापतिबारे कुनै कुरा आएर भेला हुनुभएको हो ?’ भनी सोधेको प्रश्नमा ती नेताले भने, ‘अरू कुरा थाहा भएन । हामी त पार्टीको काममा ८ बजेसम्म कार्यालयमै रहन्छौँ ।’

यता; रास्वपाका १४ जना नेता भने उपसभापति डा. स्वर्णिम वाग्लेको नेतृत्वमा शनिबार चीन भ्रमणमा गएका छन्‌ ।

भ्रमण टोलीमा पार्टीकी कोषाध्यक्ष लिमा अधिकारी, सांसद शिशिर खनाल, मनिष झा, असिम साह, शिव नेपाली, डा. तोसिमा कार्की, गणेश पराजुली, केन्द्रीय सदस्यहरू बासुमाया तामाङ, निशा मेहता, पुकार बम, प्रकाश विष्ट, तपेश्वर यादव र खुश्बु राजा श्रेष्ठ छन् ।

यो पनि-

सहकारी प्रकरण : गृहमन्त्रीको निर्देशनलगत्तै रवि र जीबीका साझेदार छवि पक्राउ

प्रकाशित मिति : ६ आश्विन २०८१, आइतबार  ६ : १७ बजे

सुनसरीमा दुई जनाको शव फेला

सुनसरी – सुनसरी दुहबी नगरपालिका–४ शिव मन्दिर चोक नजिक निर्माणाधीन

उपेन्द्र यादव भन्छन् : दश वर्ष अगाडि जारी भएको संविधान पुनर्लेखन गर्नुपर्छ

सप्तरी – जनता समाजवादी पार्टी (जसपा), नेपालका अध्यक्ष उपेन्द्र यादवले

छायाँनाथ रारा नगरपालिकामा वडा अध्यक्षद्वारा तालाबन्दी

मुगु – छायाँनाथ रारा नगरपालिका प्रमुख विष्णुकुमार भामले १७ औँ

सूचना प्रविधि विधेयकको नागरिक स्वतन्त्रता कुण्ठित गर्ने प्रावधान स्वीकार्य छैनः वर्षमान

काठमाडौं– नेकपा माओवादी केन्द्रका उपमहासचिव एवं सांसद वर्षमान पुन अनन्तले

सङ्खुवासभामा स्क्रब टाइफस र डेङ्गु सङ्क्रमितका सङ्ख्यामा वृद्धि

सङ्खुवासभा – सङ्खुवासभाको जिल्ला अस्पतालमा भाइरल ज्वरो, स्क्रब टाइफस र