क्रिकेट अवार्डमा भारत र अस्ट्रेलियाको प्रभाव | Khabarhub Khabarhub

क्रिकेट अवार्डमा भारत र अस्ट्रेलियाको प्रभाव


१० फाल्गुन २०८०, बिहीबार  

पढ्न लाग्ने समय : 4 मिनेट


711
Shares
  • change font
  • change font
  • change font

इएसपिएन क्रिकइन्फो क्रिकेटको दुनियाँमा लोकप्रिय सञ्चार सञ्चार संयन्त्र हो। क्रिकइन्फोले गत वर्षको उत्कृष्ट खेलाडीको चयन गरेको छ। एक दिवसीय क्रिकेट विश्वकप होस या टेस्ट विश्व च्याम्पियनसिप दुवै तर्फ भारत र अस्ट्रेलिया नै उपाधिका लागि भिडेका थिए। यस कारण पनि वर्षको उत्कृष्ट खेलाडीको सूचीमा यी दुई देशको खेलाडीकै प्रभाव रहनु स्वाभाविक हो।

ट्रेभिस हेडको पारी टेस्टको उत्कृष्ट पारी ठहरिएको छ। उनले ओभलमा भएको टेस्ट च्याम्पियनसिपको फाइनलमा एक सय ६३ रन प्रहार गरेका थिए। उनले एक दिवसीय क्रिकेट विश्वकपको फाइनलमा पनि शतक प्रहार गरेका थिए। तर, सोही विश्वकपमा अफगानिस्तान विरुद्धको खेलमा दोहोरो शतक प्रहार गरेका ग्लेन म्याक्सवेल उत्कृष्ट ठहरिए। सात विकटको क्षतिमा ९७ रन बनाएको समयमा म्याक्सवेलले अविजित २ सय १ रन प्रहार गरेपछि जित हात पार्दै अस्ट्रेलिया सेमिफाइनलमा प्रवेश गरेको हो।

उत्कृष्ट एकदिवसिय बलिङको अवार्ड भारतका मोहम्मद सामीले पाए। उनले विश्वकप सेमिफाइनलमा न्युजिल्यान्डविरुद्ध सात विकेट लिँदै आफ्नो टोलीलाई फाइनलमा प्रवेश गराएका थिए। पछिल्लो दशकमा घरेलु भूमिमा भारतको टेस्ट क्रिकेटमा प्राप्त सफलता पनि अतुलनीय नै छ।

मोहम्मद सामी

सन् २०१३ देखि २०२३ को बिचमा खेलिएका ४६ खेलमा भारत तीन खेलमा मात्र पराजित भएको छ। यस मध्यको एउटा हार नाथन लियोनले घातक बलिङका कारण भएको थियो। इन्डोरमा भएको लियोनले ६४ रन खर्चिएर आठ विकेट लिएपछि अस्ट्रेलिया ९ विकेटले विजयी भएको थियो। सोही बलिङलाई वर्षको उत्कृष्ट टेस्ट बलिङको अवार्ड दिइएको छ।

उत्कृष्ट एकदिवसिय बलिङको अवार्ड भारतका मोहम्मद सामीले पाए। उनले विश्वकप सेमिफाइनलमा न्युजिल्यान्डविरुद्ध सात विकेट लिँदै आफ्नो टोलीलाई फाइनलमा प्रवेश गराएका थिए।

शोकका कारण प्याट कुमिन्सले इनडोरको टेस्ट गुमाएका थिए। तथापि उनी वर्षका उत्कृष्ट कप्तान चयन भए। कुमिन्सको नेतृत्वमा अस्ट्रेलियाले विश्वकप जितेको थियो। इङ्गल्यान्डमा भएको टेस्ट शृङ्खलामा २–२ को बराबरी गरेको थियो। साथै पाकिस्तान विरुद्धको घरेलु शृङ्खलामा जित हात पारेको थियो।

पुरुषको टी–२० ब्याटिङको अवार्ड भने भारतका सूर्यकुमार यादले पाए। राजकोटमा भएको श्रीलङ्का विरुद्धको खेलमा उनले २ सय २० नजिकको स्ट्राइक रेटमा १ सय १२ रन प्रहार गरेका थिए।

पुरुषकै टी–२० बलिङ अवार्ड फास्ट बलर अलजारी जोसेफले पाए। दक्षिण अफ्रिकामा शृङ्खला जिताउने क्रममा उनले ४० विकेट खर्चेर ५ विकेट लिएका थिए। १९ औं ओभरको सुरुवातमा दक्षिण अफ्रिकालाई ३५ रन आवश्यक थियो। उनले रेजा हेन्ड्रीक्स, हेन्रीक क्लासन र वाइन पार्नेललाई आउट गरेपछि अन्तिम ओभरमा वेस्ट इन्डिजलाई सहज भएको थियो।

सूर्यकुमार यादव

गत वर्षदेखि थपिएका दुई अवार्डमा अस्ट्रेलियाले प्रभाव जमाएको थियो। यो अवार्ड महिला टी–२० लिगको थियो। डब्लुबीबीएल, डब्लुसीपीएल र डब्लुपीएल तथा महिला हन्ड्रेडलाई आधार मानेर अवार्ड दिइएको हो।

डब्लुबीबीएल इतिहासकै उच्च रन प्रहार गर्दै कीर्तिमान कायम गरेकी ब्रीसबेन हिटकी प्रारम्भिक ब्याट्सम्यान ग्रेस हेरिसले ब्याटिङको अवार्ड पाइन्। एडीलेडकी स्ट्राइकर लेग स्पिनर अमान्डा जाडे वेलिङटनले डब्लुबीबीएलको फाइनलमा १३ रन रक्षा गरे बापत सो अवार्ड पाएकी हुन्।

महिला एक दिवसीय अवार्ड चमारी अट्टा पट्टुले पाइन्। न्युजील्यान्ड विरुद्धको पहिलो द्विपक्षीय शृङ्खला जिताउने क्रममा उनले गालेमा भएको खेलमा अविजित १ सय ४० रन प्रहार गरेकी थिइन्। भारतविरुद्ध पहिलो पटक एक दिवसीय जित दिलाउने क्रममा चार विकेट लिएकी बङ्गलादेशकी मिडियम पेस बलर मरुमा अख्तरले बलिङको अवार्ड पाइन्।

यो वर्ष दक्षिण अफ्रिकाका महिला टी–२० विश्वकपको सेमिफाइनलमा प्रवेश गरेको थियो। यो सफलता दक्षिण अफ्रिका क्रिकेटका लागि अतुलनीय नै हो। केप टाउनमा इङ्गल्यान्ड विरुद्धको खेलमा जित दिलाउने क्रममा अया बङ्गा खाकाले २९ रन खर्चेर चार विकेट लिएकी थिइन्। उनी नै महिलाको टी–२० बलरको पुरस्कार पाउन सफल भइन्।

डेबुट्यानट अफ द इइरको अवार्ड पनि दक्षिण अफ्रिका गेरार्ड कोयट्जेले पाए। एन्रीच नोर्तजे र सिसान्डा मागालाको अनुपस्थितिमा उनले विश्वकपमा प्रभावकारी प्रदर्शन गरेका थिए।

महिला एक दिवसीय अवार्ड चमारी अट्टा पट्टुले पाइन्। न्युजील्यान्ड विरुद्धको पहिलो द्विपक्षीय शृङ्खला जिताउने क्रममा उनले गालेमा भएको खेलमा अविजित १ सय ४० रन प्रहार गरेकी थिइन्।

महिला टी–२० ब्याटिङको पुरस्कार अस्ट्रेलियामा सानदार प्रदर्शन गरेकी हेली म्याथ्युजलाई प्रदान गरियो। उनले ६४ बलमा १ सय ३२ रन प्रहार गरेपछि उनी सबै भन्दा धेरै टी–२० रन प्रहार गर्ने वेस्ट इन्डियन ब्याट्स उम्यान भएकी थिइन्। उनको टोली यस संरचनाको खेलमा सबै भन्दा धरै रन पछ्याउने कीर्तिमान कायम गर्न समेत सफल भएको थियो।

पुरुष टी–२० लिग अवार्ड भने यस वर्षका १० फ्रेन्चाइज लिगलाई आधार मानेर प्रदान गरिएको हो। बीबीएल, बीपीएल, एसए–२०,आइएल टी–२०, पीएसएल, आइपीएल, सीपीएल, एलपीएल, मेजर लिग क्रिकेट र हन्ड्रेडलाई आधार मानेर सो अवार्ड दिइएको हो।

यसमा ब्याटिङ अवार्ड निकोलास पूरणले पाए। उनले एमएलसी फाइनलमा १६ बलमा अर्धसत्तक तथा ४६ बला शतक प्रहार गरे। सबै भन्दा धेरै व्यक्तिगत रनको कीर्तिमान समेत राख्न उनी सफल भएसँगै १० पटकको फ्रेन्चाइज फाइनलमा एमआइ न्युयोर्कले नौ पटक सफलता पाएका हो। सो पारीमा पूरणले १ सय ३७ रन प्रहार गरेपछि उनको टोली १ सय ८४ रनको लक्ष्य पछ्याउन सफल भएको हो।

युजभेन्द्र चावल

लेग स्पिनर युजभेन्द्र चावलले टी–२० लिग बलिङ अवार्ड पाए। उनले सनराइजर्स हैदरवाद विरुद्धको आइपीएल खेलमा २९ रन खर्चेर ४ विकेट लिएका थिए। कुल चार सय ३१ रन प्रहार भएको सो खेलमा अन्य बलरको अवस्था हेरी नसक्नु कै थियो। नेदरल्यान्ड्सले यो वर्ष विश्वकपमा दक्षिण अफ्रिका र बङ्गलादेशलाई विश्वकपमा हराएर सनसनी फैलाएको थियो।

एसोसीएट ब्याटिङ अवार्ड स्कटल्यान्ड विरुद्धको खेलमा शक्तत प्रहार गरेका डच खेलाडी बास डे लिडले पाए। बुलवायोमा भएको विश्वकप छनोटमा उनले सो सत्तक प्रहार गरेका थिए।

एसोसीएट ब्याटिङ अवार्ड स्कटल्यान्ड विरुद्धको खेलमा शक्तत प्रहार गरेका डच खेलाडी बास डे लिडले पाए। बुलवायोमा भएको विश्वकप छनोटमा उनले सो सत्तक प्रहार गरेका थिए। रन रेटमा स्कटल्यान्डलाई पछि पार्न नेदरल्यान्ड्सलाई ४४ ओभरमा २ सय ७८ रन पछ्याउनु थियो। लिडले ७ चौका र ५ छक्का प्रहार गरे। यो सफलता उनीहरूलाई आवश्यक जित दिलाउन सफल भएको थियो। एसोसीएट बलिङ अवार्ड मिडियम पेस बलर ब्रान्डन म्याक कुलेनले पाए। उनले पाँच विकेट लिएपछि स्कटल्यान्डले आयरल्यान्ड माथिको खेलमा पाँच विकेटको साँघुरो जित हात पारेको थियो।

गएका वर्ष भएका धेरै खेलको पुरस्कार र अवार्ड घोषणा भइसकेको छ। इएसपीएनको यो अवार्ड क्रिकेटका लागि विशेष अवार्ड नै हो। यो अवार्डपछि सायद सन् २०२३ वर्ष खेलकुदका सबै अवार्ड र घोषणा सकिएका छन्। स्रोतः इएसपीएन क्रिकइन्फो

प्रकाशित मिति : १० फाल्गुन २०८०, बिहीबार  ७ : १४ बजे

शनिबारको विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं- आज २०८१ साल वैशाख २२ गते शनिबार सन् २०२४

शनिबार, शनिदेवको पूजा गर्नुहोस्

काठमाडौं – आज २०८१ साल वैशाख २२ गते शनिबार तदनुसार

आज २०८१ साल वैशाख २२ गते शनिबारको राशिफल

काठमाडौं – आज २०८१ साल वैशाख २२ गते शनिबार तदनुसार

दुनाटपरीको प्रयोग बढाउन प्रदेश प्रमुख भट्टको आग्रह

गण्डकी – गण्डकी प्रदेश प्रमुख डिल्लीराज भट्टले प्लास्टिकजन्य सामग्रीको विकल्पमा

स्थानीय तहमा अनावश्यक कर्मचारी नराख्न निर्देशन

काभ्रेपलाञ्चोक – अख्तियार दुरुपयोग अनुसन्धान आयोगका सचिव रामेश्वर दङ्गालले स्थानीय