भुस्याहा कुकुरले मारे चार लाख मूल्य बढीका कुखुरा « Khabarhub

भुस्याहा कुकुरले मारे चार लाख मूल्य बढीका कुखुरा


१० फाल्गुन २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


5k
Shares
  • change font
  • change font
  • change font

कञ्चनपुर– शुक्लाफाँटा नगरपालिका–११ अमरपुरस्थति आशा ऐरको कुखरा फार्मभित्र छिरेका भुस्याहा कुकुरले चार लाख मूल्य बढीका कुखुरा मारेर नोक्सानी पुर्याएका छन् ।

आज बिहान कुखुरा फार्मको तारजाली तोडेर भित्र पसेको भुस्याहा कुकुरको हुलले अण्डा दिने लेयर्स जातका छ सय कुखुरा मारिदिएको हो । सय बढी कुखुरा घाइते छन् । 

‘बैंकबाट रु १२ लाख बढी कर्जा निकालेर एक हजार दुई सय अण्डा दिने कुखुरा पालेका थियौँ’, फार्म सञ्चालक आशाले भनिन्, ‘दैनिक कुखुराले चार पेटी जति अण्डा दिँदै आएका थिए, भुस्याहा कुकुर फार्मभित्र छिरेर कुखुरा मारिदिएपछि निकै ठुलो नोक्सानी व्यहोर्न बाध्य भएका छौँ ।’

फार्ममा पाँच सय जति कुखुरामात्रै बाँकी रहेको उनले बताइन्। फार्मभित्र कुकुरले कुखुरा मारेर खान थालेपछि कुखुराको आवाज सुनी  कुकुरलाई भगाउन सकिएको उनले बताइन्। वडाध्यक्षको रोहवरमा प्रहरी मुचुल्का तयार गरिएको उनको भनाइ छ । नगरपालिका क्षेत्रमा भुस्याहा कुकुर नियन्त्रण नहुँदा किसानले निकै सास्ती खेप्नुपरेको स्थानीय जयबहादुर ऐरले बताए ।

‘पोल्ट्री फार्मभित्रै छिरेर आज ठूलो सङ्ख्यामा कुखुरा मारिदिए, बाटो हिँडने व्यक्तिाई पनि झम्टिने गरेको छ’, उनले भने, ‘धेरै व्यक्तिलाई टोक्दा रेबिजको खोप लगाइरहेका छन् ।’ नगरपालिकाले भुस्याहा कुकुर नियन्त्रण गरिदिनुपर्ने उनको भनाइ छ । कुखुरा फार्म सञ्चालकले सम्बन्धित निकायलाई क्षतिपूर्तिको व्यवस्था गरिदिनका लागि पनि आग्रह गरेका छन् ।

प्रकाशित मिति : १० फाल्गुन २०८०, बिहीबार  १ : ०३ बजे

टीसीएलले सार्वजनिक गर्‍यो वानखेडे स्टेडियममा नेपालको खेल प्रत्यक्ष हेर्न पाउने विजेता

काठमाडौं– टीसीएल नेपालले भारतको मुम्बईस्थित वानखेडे स्टेडियममा आयोजना हुने टी-२०

मिथिलाञ्चलमा माघे सङ्क्रान्तिको भव्य तयारी गरिँदै

महोत्तरी– महोत्तरीसहित सम्पूर्ण मिथिलाञ्चलमा माघे सङ्क्रान्ति पर्वको भव्य तयारी भइरहेको

नेकपानिकट महिला संगठनले भने : भेनेजुएलामा अमेरिकी आक्रमण अर्को साम्राज्यवादी प्रहार

काठमाडौं- अखिल नेपाल महिला संघ (समाजवादी) र अखिल नेपाल महिला

संविधानको रक्षाका लागि निर्वाचन अनिवार्य शर्त हो : गृहमन्त्री

काठमाडौं– गृहमन्त्री ओमप्रकाश अर्यालले संविधानको रक्षाका लागि निर्वाचन अनिवार्य शर्त

एसेज सिरिजमा अस्ट्रेलियाको जित, इंग्ल्यान्ड ४-१ ले पराजित

सिड्नी- अस्ट्रेलियाले सिड्नी क्रिकेट ग्राउन्डमा भएको अन्तिम टेस्ट जित्दै एसेज