सन्धिखर्क देशभरकै सात सय ५३ पालिकामा प्रथम « Khabarhub

सन्धिखर्क देशभरकै सात सय ५३ पालिकामा प्रथम


१० फाल्गुन २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


885
Shares
  • change font
  • change font
  • change font

सन्धिखर्क– कार्यसम्पादन मूल्यांकनमा  अर्घाखाँचीको सन्धिखर्क नगरपालिका देशभरकै प्रथम बनेको छ । राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले सार्वजनिक गरेको प्रारम्भिक नतिजाअनुसार आर्थिक वर्ष २०७९-८० को कार्यसम्पादन मूल्यांकनमा सन्धिखर्क प्रथम भएको हो ।

देशभरका सात सय ५३ स्थानीय तहमध्ये सन्धिखर्कले ६१ दशमलव ८१ अंक प्राप्त गरी पहिलो भएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत खुमलाल भुसालले बताए। 

स्थानीय तहलाई सङ्घीय सञ्चित कोष तथा प्रदेश सञ्चित कोषबाट प्रदान गर्ने वित्तीय समानीकरण अुनदानअन्तर्गत कार्यसम्पादन मूल्यांकनका आधारमा अनुदान सिफारिसका लागि आयोगले कार्यसम्पादन मूल्यांकन गर्ने गर्दछ ।

कार्यसम्पादन मूल्याङ्कन गर्दा आयोगले स्थानीय तहसँग तथ्याङ्कहरू मागेर त्यसको आधारमा र उपलब्ध तथ्य सही वा गलत भएको प्रमाणित गरेर सोही आधारमा अङ्क प्रदान गरिन्छ । गत आर्थिक वर्षमा सन्धिखर्क नगरपालिका देशभरमै आठौँ स्थानमा पर्न सफल भएको थियो ।

चितवनको भरतपुर महानगरपालिका ५६ दशमलव २९ अङ्कसहित दोस्रो र गुल्मीको मालिका गाउँपालिका ५५ दशमलव ४० अङ्कसहित तेस्रो भएका छन् । त्यस्तै सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका ५३ दशमलव ८४ अङ्कसहित चौथो, सिन्धुपाल्चोककै भोटेकोशी गाउँपालिका ५३ दशमलव ७६ अङ्कसहित पाँचौँ, गुल्मीको चन्द्रकोट गाउँपालिका ५२ दशमलव ५७ अङ्कसहित छैटौँ, अर्घाखाँचीको छत्रदेव गाउँपालिका ५० दशमलव ४४ अङ्कसहित सातौँ, गुल्मीको रेसुङ्गा नगरपालिका ५० दशमलव ०३ अङ्कसहित आठौँ, सिन्धुपाल्चोककै पाँचपोखरी थाङ्पाल गाउँपालिका ४९ दशमलव ३६ अङ्कसहित नवौँ र प्युठानको सरुमारानी गाउँपालिका ४९ दशमलव १९ अङ्कसहित १०औँ भएका छन् । 

प्रदेश तथा स्थानीय तहको कार्यसम्पादन मूल्याङ्कन कार्यविधि २०७८ को दफा ७ अनुसार कार्यसम्पादन मूल्याङ्कन गरी अङ्क प्रदान गरिएको हो ।

प्रकाशित मिति : १० फाल्गुन २०८०, बिहीबार  २ : १९ बजे

कांग्रेस सभापति देउवाले उपसभापति र महामन्त्रीद्वयसँग छलफल गर्दै

काठमाडौं– नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आज शीर्ष पदाधिकारीहरूसँग छलफल

फजुल खर्च नियन्त्रण र वित्तीय सुशासनमा ठोस कदम : प्रधानमन्त्री कार्की

काठमाडौं– प्रधानमन्त्री सुशीला कार्कीले सरकारको १०० दिनको अवधिमा फजुल खर्च

पोलिसिस्टिक ओभरी सिन्ड्रोम : केटीको दाह्रीजुँगा किन आउँछ ?

काठमाडौं- पछिल्लो समय युवतीहरु अनुहारमा बाक्लो रौँ आउने समस्याले चिन्तित

धार्मिक सम्पदाको संरक्षण र प्रवर्द्धनमा जुट्दै भोजपुर

भोजपुर– भोजपुर नगरपालिका–९ काफ्ले धार्मिक तथा सांस्कृतिक सम्पदाको संरक्षण र

प्रथम कावासोती गोल्डकप फुटबल आजदेखि हुँदै

नवलपरासी– ‘स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद’ भन्ने मूल नारासहित