कांग्रेस महासमितिमा उठेका सुझाव प्रस्तुत गर्दै प्रदेश सभापतिहरु  « Khabarhub

कांग्रेस महासमितिमा उठेका सुझाव प्रस्तुत गर्दै प्रदेश सभापतिहरु 


१० फाल्गुन २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली कांग्रेसको जारी महासमिति बैठकको चौथो दिन महासमितिको समूहगत छलफलमा उठेका सुझावहरूलाई प्रदेश सभापतिहरुले महासमिति बैठकमा प्रस्तुत गर्ने क्रम सुरु भएको छ। ललितपुरको गोदावरीमा सोमबारदेखि सुरु भएको महासमिति बैठकको चौथो दिन बन्द सत्रमा महासमिति बैठकमा उठेका सुझावहरुलाई केन्द्रीय पदाधिकारीहरुसहितको संयुक्त बैठकमा प्रस्तुत गर्ने क्रम सुरु भएको हो । 

मंगलबार उपप्रधान तथा रक्षामन्त्रीसमेत रहेका उपसभापति पूर्णबहादुर खड्काले प्रस्तुत गरेको नीति प्रस्ताव, महामन्त्री गगन कुमार थापाले प्रस्तुत गरेको सांगठनिक प्रस्ताव, महामन्त्री विश्‍वप्रकाश शर्माले प्रस्तुत गरेको समसामयिक राजनीतिक प्रस्ताव, अर्थमन्त्री डा. प्रकाशशरण महतले प्रस्तुत गरेको आर्थिक प्रतिवेदन र लेखा समिति संयोजक श्याम घिमिरेले प्रस्तुत गरेको लेखा परीक्षण प्रतिवेदनमाथि बुधबार दिनभरी महासमिति सदस्यहरूले चार समूहमा रहेर समूहगत छलफल गरेका हुन्। 

महासमिति सदस्यहरुले गठबन्धनको विषय, सामाजिक तथा आर्थिक मुद्दाहरू, शिक्षा, स्वास्थ्य र रोजगारीलगायतका विषयमा नेपाली कांग्रेसले विशेष पहल गर्नुपर्ने सुझावहरु प्रस्तुत गरेका थिए।  महासमिति बैठकको समापन पनि आज नै गरिने नेपाली कांग्रेसका महासमिति बैठकका प्रचार प्रसार संयोजक मीन बहादुर विश्‍वकर्माले जानकारी दिएका छन्।

प्रकाशित मिति : १० फाल्गुन २०८०, बिहीबार  ३ : ४६ बजे

अधिवक्ता मिश्र कैलाली ३ बाट स्वतन्त्र उम्मेदवार बन्ने

धनगढी- आगामी निर्वाचनमा कैलाली क्षेत्र नम्बर ३ बाट युवा कानुन

देउवाको नियति : शक्तिमा हुँदा जहिल्यै गलहत्तिनुपर्ने, भोग्न बाध्य भए बीपीदेखि गगनसम्मको चोट

काठमाडौं – नेपाली कांग्रेसको सभापतिका रूपमा शुक्रबारदेखि वैधानिकता गुमाएका शेरबहादुर

तनहुँमा एकजना मृत फेला

तनहुँ – तनहुँको म्याग्दे गाउँपालिका–५ धारापानीस्थित भिमाद बेलचौतारा भित्री सडकखण्डमा

अमरेशकुमार सिंह रास्वपामा प्रवेश गर्दै

काठमाडौं – नेपाली कांग्रेसबाट कारबाहीमा परेपछि २०७९ को प्रतिनिधि सभा

पर्यटन उद्योग अर्थतन्त्रको मेरुदण्ड : उपराष्ट्रपति यादव

काठमाडौं – उपराष्ट्रपति रामसहाय प्रसाद यादवले पर्यटन उद्योग राष्ट्रिय अर्थतन्त्रको