गठबन्धनप्रति कांग्रेसको प्रतिवद्धता, सुशासनमा सरकारलाई सघाउने « Khabarhub

गठबन्धनप्रति कांग्रेसको प्रतिवद्धता, सुशासनमा सरकारलाई सघाउने


१० फाल्गुन २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


189
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– कांग्रेस महासमिति बैठकले गठबन्धनलाई निरन्तरता दिने विषयमा पूर्ण प्रतिवद्धता जनाएको छ । महासमितिको निर्णय सार्वजनिक गर्दै प्रचार विभाग प्रमुख मीन विश्वकर्माले गठबन्धन प्रति नेपाली कांग्रेस इमानदार रहेर अघि बढ्ने बताए । उनले निर्वाचनमा कसरी जाने भन्ने छलफलमा रहेको स्पष्ट पारे । 

उनले कांग्रेसले महासमिति बैठकमार्फत ९ बुँदे संकल्प प्रस्ताव जारी गरेको बताए । उक्त प्रस्तावमा तीनै तहका सरकार सञ्चालनमा देखिएका समस्या समाधानका लागि नेतृत्वदायी भूमिका निर्वाह गर्ने उल्लेख छ । यसैगरी किसान, सहकारी बचतकर्ता, मिटरब्याज र लघुवित्त पीडितहरूले भोग्दै आएको समस्याप्रति संवेदनशील भई पीडितलाई न्याय दिलाउने प्रतिवद्धता जनाइएको छ ।

 वर्तमान गठबन्धन सरकारमार्फत भ्रष्ट्राचार, बेथिति र विसंगति विरुद्ध सञ्चालित अभियानमा कांग्रेसले कृतसङ्कल्पित रही ऐक्यवद्धता जनाएको छ । उसले सङ्क्रमणकालीन न्यायको विषय र शान्तिप्रक्रियाका बाँकी काम शीघ्र सम्पन्न गर्ने संकल्प दोहोर्‍याउँदैन अर्थतन्त्र सुदृढका लागि लागि पर्ने स्पष्ट गरेको छ । 

 

 

 

प्रकाशित मिति : १० फाल्गुन २०८०, बिहीबार  ६ : १६ बजे

सवारी साधनको ठक्करबाट वृद्धको मृत्यु

झापा– झापाको कन्काई नगरपालिका– ४ कोटीहोममा सवारी साधन ‘पिकअप’को ठक्करबाट

भदौदेखि आन्दोलन गर्ने शिक्षक महासंघको घोषणा

काठमाडौँ – नेपाल शिक्षक महासंघले आगामी भदौ महिनादेखि देशव्यापी आन्दोलन

नेपाली कांग्रेस संसदीय दलको बैठक आज बस्दै

काठमाडौँ – नेपाली कांग्रेस संसदीय दलको बैठक सोमबार बस्दैछ ।

मुग्लिन-नारायणगढ सडक अवरुद्ध, सजगता अपनाउन आग्रह

चितवन – लगातारको वर्षासँगै पहिरो र ढुंगा खसेपछि मुग्लिन-नारायणगढ सडक

आज श्रावणको तेस्रो सोमबार, पशुपतिनाथलगायत देशभरका शिवालयमा भक्तजनको भीड (तस्बिरसहित)

काठमाडौँ– चान्द्रमासअनुसार आज श्रावण महिनाको तेस्रो सोमबार बिहानैदेखि पशुपतिनाथलगायत देशभरका