कांग्रेसले आफ्नो धुरी आफैँ सम्हाल्छ : गगन थापा « Khabarhub

कांग्रेसले आफ्नो धुरी आफैँ सम्हाल्छ : गगन थापा


१० फाल्गुन २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


174
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली कांग्रेसका महामन्त्री गगन थापाले कांग्रेसले आफ्नो धुरी आफैँ सम्हाल्ने बताएका छन् । महासमिति बैठकमा बोल्दै थापाले काङ्ग्रेसले आफ्नो धुरी आफै सम्हाल्ने बताउँदै देश सम्हाल्ने जिम्मेवारी हाम्रो हो भनेका हुन् ।

उनले भने ‘अहिले सरकारमा छौँ । राम्रो काम गर्छौ । ठुला व्यक्तिको नामको सम्पत्ति छानबिन हुन्छ । त्यो कांग्रेसले गर्छ । दाग लागेको मन्त्रीलाई घर पठाऊ । भोट कांग्रेसमा हाल्ने बाटो बनाऊ । विधि र विधान पालना गरौँ ।’

यसै बीचमा उनले संगठन बलियो बनाउने छलफल भएको समेत बताएका छन् ।

यसैबीच कांग्रेसका उपसभापति एवं कानूनमन्त्री धनराज गुरुङले काङ्ग्रेस एउटा घर हो हामी परिवार हो छलफल हुन्छ भनेका छन् । उनी भन्छन् ‘यो स्वाभाविक हो । अब घर अग्लो बनाऊ । झगडा र खुट्टा तान्ने प्रबृत्ति अन्त्य गरौँ । एक भएर लाग्यौँ ।’

 त्यसैगरी, उपसभापति तथा उपप्रधानमन्त्री पुर्णबहादुर खड्काले काधमा अवसर र चुनौती भएकाे बताएका छन् ।

उनी भन्छन्, ‘ सबै कुरालाई जोडेर संविधानको कार्यान्वयन हुन्छ । सबै मुद्दामा संविधानको संसोधन र कार्यान्वयन गर्ने जिम्मा काङ्ग्रेसले लिन्छ । केन्द्रीय कार्यसम्पादन समितिले सबै प्रस्तावहरू परिमार्जन सहित पारित गर्छ । कमजोर सच्याइन्छ । सरकारबाट प्रभावकारी काम हुन्छ ।’

प्रकाशित मिति : १० फाल्गुन २०८०, बिहीबार  ६ : ४० बजे

आज २०८२ साल फागुन ३० गते शनिबारको राशिफल

काठमाडौं – आज २०८२ साल फागुन ३० गते  शनिबार चैत

बुटवलको जुत्ता पसलमा आगलागी

बुटवल- बुटवलको एक जुत्ता पसलमा शुक्रबार (फागुन २९) साँझ आगलागी

शुक्रबार झापामा सबैभन्दा बढी वर्षा

काठमाडौं- मौसम बदली कायम रहँदा शुक्रबार पनि देशका विभिन्न जिल्लामा

समानुपातिक सांसदको नाम टुंग्याउन रास्वपाले डाक्यो सचिवालय बैठक

काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पार्टी सचिवालय बैठक डाकेको

चुनावमा महावीरले बचाए २७ लाख रुपैयाँ

काठमाडौँ- नवनिर्वाचित स्वतन्त्र सांसद महावीर पुनले आफ्नो चुनावी अभियानबाट करिब