संविधान संशोधनको नेतृत्व पनि कांग्रेसले लिनुपर्छ : उपसभापति खड्का « Khabarhub

संविधान संशोधनको नेतृत्व पनि कांग्रेसले लिनुपर्छ : उपसभापति खड्का


१० फाल्गुन २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


129
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले वर्तमान संविधान कांग्रेसको नेतृत्वमा जारी भएको भन्दै संविधान संशोधनको नेतृत्व पनि कांग्रेसले नै लिनुपर्ने धारणा राखेका छन् । 

ललितपुरको गोदावरीमा पार्टीको महासमिति बैठकको समापनमा समारोहमा उनले कांग्रेसले अन्य राजनीतिक दललाई विश्वासमा लिएर संविधान जारी गरेको स्मरण गर्दै संविधान संशोधनको नेतृत्व पनि कांग्रेसले नै लिनुपर्ने समय आएको बताए । 

संविधान जारी गर्ने बेला विभिन्न राजनीतिक दलहरूसँग गरेको प्रतिबद्धता बमोजिम संविधानलाई समयानुसार परिवर्तनशील दस्तावेजकारुपमा ग्रहण गरी  संविधान संशोधनको नेतृत्व गर्नुपर्ने उनको भनाइ थियो । 

उपप्रधानमन्त्री एवम् रक्षामन्त्री समेत रहनुभएका खड्काले कांग्रेसका तर्फबाट वर्तमान मन्त्रिमण्डलमा सहभागी नौ मन्त्रीले पार्टीले शीर झुकाउनु पर्ने गलत काम नगरेको उल्लेख गरे। कांग्रेसको तर्फबाट सरकारको नेतृत्व गरिरहेका उनले सरकारमा रहेका नेताहरूले जनतालाई सेवा गरिरहेको बताए। 

प्रकाशित मिति : १० फाल्गुन २०८०, बिहीबार  ७ : ५८ बजे

आज २०८२ साल फागुन ३० गते शनिबारको राशिफल

काठमाडौं – आज २०८२ साल फागुन ३० गते  शनिबार चैत

बुटवलको जुत्ता पसलमा आगलागी

बुटवल- बुटवलको एक जुत्ता पसलमा शुक्रबार (फागुन २९) साँझ आगलागी

शुक्रबार झापामा सबैभन्दा बढी वर्षा

काठमाडौं- मौसम बदली कायम रहँदा शुक्रबार पनि देशका विभिन्न जिल्लामा

समानुपातिक सांसदको नाम टुंग्याउन रास्वपाले डाक्यो सचिवालय बैठक

काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पार्टी सचिवालय बैठक डाकेको

चुनावमा महावीरले बचाए २७ लाख रुपैयाँ

काठमाडौँ- नवनिर्वाचित स्वतन्त्र सांसद महावीर पुनले आफ्नो चुनावी अभियानबाट करिब