तेस्रो मुलुकमा चिया निर्यात गर्नुपर्छ : नेता खनाल « Khabarhub

तेस्रो मुलुकमा चिया निर्यात गर्नुपर्छ : नेता खनाल


१० फाल्गुन २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

इलाम । नेकपा (एकीकृत समाजवादी)का नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनालले नेपालमा उत्पादित चिया तेस्रो मुलुक निर्यात गर्नुपर्ने बताएका छन् ।

इलाम नगरपालिका–१ को वडा कार्यालयले आयोजना गरेको एक कार्यक्रममा उनले नेपालमा उत्पादित चिया चीन निर्यात गर्नसके तीन गुणा बढी फाइदा हुने बताए ।

चीनमा तीन गुणा बढी मूल्यमा चिया बिक्री भइरहेको भन्दै नेता खनालले भारत केन्द्रित चियाको बजारीकरण तोड्नुपर्ने बताए । हाल वार्षिक चार अर्बको चिया विदेश निर्यात भइरहेको भन्दै उनले चीनतर्फ निर्यात गर्दा १२ अर्ब भित्रिने जानकारी दिए ।

इलाम–१ को वडाभित्र बढी चिया उत्पादन हुने भएकाले सो वडाले पूर्वप्रधानमन्त्री खनालसमक्ष चियाको समस्या किसानमार्फत राख्ने कार्यक्रम तय भएको थियो । वडावासीको तर्फबाट मोती दाहालले किसान र उद्योगी समस्यामा परेको बताए । उनले तत्काल चियाको समस्या समाधान नभए किसान र उद्योगी पलायन हुनुपर्ने स्थिति आउने बताए ।

कार्यक्रममा वडाको तर्फबाट चियाका साथै विद्यमान विभिन्न समस्या समाधान गर्न, विकास निर्माणलाई समेटेर छ बुँदे ज्ञापनपत्र बुझाइएको थियो । वडाध्यक्ष गायत्रीराम बस्नेतले खनाललाई ज्ञापनपत्र बुझाउँदै समस्या समाधानमा पहल गरिदिन आग्रह गरे ।

खनालले सम्बन्धित पक्षसँग आफूले पहल गर्ने आश्वासन दिएका छन् । वडा कार्यालयअन्तर्गतको ज्येष्ठ नागरिक समन्वय समितिको तर्फबाट खनाललाई सम्मानसमेत गरिएको थियो ।

प्रकाशित मिति : १० फाल्गुन २०८०, बिहीबार  ८ : ११ बजे

राष्ट्रसंघको ८१औँ महासभामा सहभागी हुन प्रधानमन्त्री शाह अमेरिका प्रस्थान

काठमाडौं  – प्रधानमन्त्री बालेन शाह संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी हुन

रासायनिक मल आपूर्तिका लागि अर्थ मन्त्रालयबाट १० अर्बको स्रोत सहमति

काठमाडौं  – आगामी याममा किसानलाई आवश्यक पर्ने रासायनिक मल सहज रूपमा

बाढी पीडितलाई फिल्म सोसाइटी र चलचित्र कलाकार सङ्घ अमेरिका शाखाको सहयोग

काठमाडौं – रसुवाको भोटेकोशीमा गएको बाढीबाट प्रभावित नागरिकको राहत, उद्धार तथा

महेश बस्नेतको दाबी- केहीले आलोचना गरेपनि अधिकांश सदस्यले अध्यक्षको प्रतिवेदनलाई समर्थन गर्नुभयो

काठमाडौं– नेकपा एमालेको केन्द्रीय कमिटी बैठकको दोस्रो दिन सदस्यहरूले अध्यक्ष