इराकविरुद्ध नेपालको सानदार जित, सावित्रा एक्लैको पाँच गोल « Khabarhub

इराकविरुद्ध नेपालको सानदार जित, सावित्रा एक्लैको पाँच गोल


१० फाल्गुन २०८०, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


2.5k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – पश्चिम एशिया फुटबल एसोसिएसन (वाफ) च्याम्पियनसिपमा इराकविरुद्ध नेपालले सानदार जित निकालेको छ । बिहीबार साँझ भएको खेलमा नेपालले इराकलाई ५–० गोलले पराजित गरेको हो ।

नेपालका लागि पाँच गोल नै सावित्रा भण्डारीले गरिन् । उनले पहिलो हाफमा चार गोल गरेकी थिइन भने दोस्रो हाफमा एक गोल थपिन् ।

सावित्राले खेलको १४ औं मिनेटमा गोल गर्दै नेपाललाई सुरुवाती अग्रता दिलाएकी थिइन् । दुई मिनेट नवित्तदै भण्डारीले अर्को गोल गरिन् । भने खेलको ३७ औं मिनेटमा सावित्राले तेस्रो गोल गर्दै ह्याट्रिक पुरा गरिन् ।

त्यस्तै खेलको ४४ औं मिनेटमा उनले व्यक्तिगत चौथो गोल गर्दै नेपाललाई ४–० को अवस्थामा पुर्याएकी हुन् । उनले खेलको ८० र्औ मिनेनमा व्यक्तिगत पाँचौ गोल गरेकी थिइन् ।

नेपालले यसअघि पहिलो खेलमा सिरियालाई ४–१ गोल अन्तरले हराएको थियो । इराक भने पहिलो खेलमा प्यालेस्टाइनसँग ३–० गोल अन्तरले पराजित भएको थियो ।

यस प्रतियोगितामा नेपाल र गुआम आमन्त्रित टिमको रुपमा सहभागिता जनाइ रहेका छन् । नेपाल रहेको समूह ‘बी’ मा प्यालेस्टाइन, सिरिया र इराक रहेका छन् भने समुह ‘ए’ मा आयोजक साउदी अरेबियासहित, गुआम, लेबनान र जोर्डन रहेका छन् ।

प्रकाशित मिति : १० फाल्गुन २०८०, बिहिबार  ९ : ५१ बजे

‘स्ट्रेट अफ होर्मुज’ खोल्ने इरानको सातदिने योजना अझै छलफलमै

तेहारन- ‘स्ट्रेट अफ होर्मुज’ पुनः खोल्न इरानले प्रस्ताव गरेको सातदिने

सीप पुस्तान्तरण नहुँदा माटाका भाँडाको प्रयोग घट्दै

भोजपुर- नयाँ पुस्तामा परम्परागत सीपप्रति चासो घट्दै गएपछि भोजपुरका गाउँघरमा

दसैँ बिदामा पनि चितवन मेडिकल कलेजको विशेषज्ञ सेवा सञ्चालन हुने

नारायणगढ (चितवन)- चितवन मेडिकल कलेज (सिएमसी) शिक्षण अस्पतालले दसैँ बिदामा

अटो दुर्घटना हुँदा एक जनाको मृत्यु, सात घाइते

नवलपुर (नवलपरासी)- नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को कावासोती नगरपालिका–६ माझटोलस्थित भित्री सडकखण्डमा अटो

मङ्गलका चन्द्रमाबाट नमूना ल्याउन जापानको मिसन

टोकियो- मङ्गल ग्रहका चन्द्रमामध्ये फोबोसबाट नमूना सङ्कलन गरी पृथ्वीमा फर्काउने