दलित अधिकार रक्षा गर्ने प्रदेशका प्रमुखको प्रतिबद्धता | Khabarhub Khabarhub

दलित अधिकार रक्षा गर्ने प्रदेशका प्रमुखको प्रतिबद्धता


९ चैत्र २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


591
Shares
  • change font
  • change font
  • change font

कैलाली– सुदूरपश्चिम प्रदेशका प्रमुख नजिर मियाँले दलितका हकअधिकारको रक्षाका निम्ति आफू प्रतिबद्ध रहेको बताएका छन् छ । अन्तर्राष्ट्रिय जातीय विभेद उन्मूलन दिवसका अवसरमा धनगढी बिहीबार अपराह्न आयोजित कार्यक्रममा उनले दलितका अधिकार स्थापित गर्न आफ्नो पूर्ण हुने बताए।

समाजका सबै वर्ग मिलेर संविधान कार्यान्वयनमा जानसके मात्र दलितको अधिकार सुनिश्चितता हुने विचार व्यक्त गर्दै प्रदेशका प्रमुख  मियाँले दलित आन्दोलनमा सबै नेपालीको ऐक्यबद्धता रहेको बताए। 

उनले भने, ‘छुवाछुत तथा जातीय भेदभावविरुद्ध नेपालको संविधानले गरेको व्यवस्थालाई बेवास्ता गर्न हुँदैन, त्यसको पूर्ण कार्यान्वयन हुनुपर्छ भन्ने मेरो मान्यता छ ।’ 

त्यस अवसरमा सुदूरपश्चिम प्रदेशसभा सदस्य ललिता सुनार, लक्ष्मी बिक, कैलालीका सहायक प्रमुख जिल्ला अधिकारी यज्ञराज जोशी र भजनी नगरपालिकाका उपप्रमुख राजु तिरुवाले जातीय भेदभाव एवं छुवाछुत दण्डनीय भएकाले कानुनले वर्जित गरेका गतिविधि कसैले पनि गर्न नहुनेमा जोड दिएका थिए । 

प्रकाशित मिति : ९ चैत्र २०८०, शुक्रबार  ६ : ३१ बजे

भारतविरुद्ध इंग्ल्यान्डको रोमाञ्चक जित, सिरिजमा २–१ को अग्रता

लन्डन– भारतविरुद्धको टेस्ट सिरिजमा इंग्ल्यान्डले दोस्रो जित निकालेको छ ।

पाकिस्तानमा मनसुनको प्रकोपः १११ जनाको मृत्यु, थप वर्षाको चेतावनी

इस्लामाबाद – पाकिस्तानमा जून अन्त्यदेखि सुरु भएको मनसुन वर्षाले अहिलेसम्म

बबई नदीमा नुहाउने क्रममा बेपत्ता भएका दुई जनाको शव भेटियो

दाङ – बबई नदीमा नुहाउने क्रममा आज दिउँसो डुबेर बेपत्ता

माडीमा रेबिजको सङ्क्रमण बढ्दो

चितवन – चितवन को माडी नगरपालिकामा रेबिजको सङ्क्रमण बढेको छ

बीमा प्राधिकरणका अध्यक्ष ओझा निलम्बित, छानबिन गर्न समिति गठन

काठमाडौं – बिमा प्राधिकरणका अध्यक्ष शरद ओझा पदबाट निलम्बित भएका