प्रचण्ड ओलीको भेटमा समाजवादी मोर्चाबारे छलफल « Khabarhub

प्रचण्ड ओलीको भेटमा समाजवादी मोर्चाबारे छलफल


९ चैत्र २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


4.9k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच छलफल भएको छ ।

प्रधानमन्त्री समेत रहेका प्रचण्ड र ओलीबीचको भेटमा समाजवादी मोर्चा गरेर जानेबारे छलफल भएको हो ।  सिंहदरबारमा जारी रहेको भेटमा पछिल्लो समसामयिक राजनीतिक घटनाक्रमबारे पनि छलफल भएको थियो ।

आज बिहान बसेको समाजवादी मोर्चाको बैठकले एमालेलाई पनि मोर्चामा सामेल गराउने निर्णय गरेको थियो । एमाले अध्यक्ष ओलीसँग छलफल गर्नका लागि प्रचण्डलाई जिम्मा दिएको थियो ।

प्रचण्ड निकट स्रोतका अनुसार विहृत समाजवादी मोर्चा गठन गरेर सत्ता गठबन्धनले सहकार्य गर्नेबारे व्यापक छलफल भएको छ । स्रोतले भन्यो, ‘यसबारे एमाले पनि तयार छ ।’

यता एमालेले पनि मोर्चाको छलफलका लागि केही बाटोहरू खुल्ला भएको पार्टीका उपमहासचिव प्रदीप ज्ञवालीको भनाइ छ ।

प्रकाशित मिति : ९ चैत्र २०८०, शुक्रबार  २ : ०५ बजे

कांग्रेस महाधिवेशन: सभापतिको मतगणना आजै राष्ट्रिय सभागृहमा हुने, अन्य पदको सानेपामा गरिने

काठमाडौँ – नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत सभापति पदका लागि खसेको

दोलखामा विकास निर्माणका काम अलपत्र पार्ने २२ निर्माण व्यवसायीको ठेक्का तोडिए

दोलखा – दोलखामा वर्षौंदेखि विकास निर्माणका काम अलपत्र पार्ने २२

गगन थापाले राष्ट्रिय सभागृहमा पुगेर गरे मतदान

काठमाडौँ – नेपाली कांग्रेसका सभापतिका उम्मेदवार गगनकुमार थापाले राष्ट्रिय सभागृहमा

शनिबार ककरोचले नयाँ दिल्लीमा विशाल प्रदर्शन गर्दै, सुरक्षा चुस्त

नयाँ दिल्ली- मतदाता सूचीमा अनियमितता भएको आरोप लगाउँदै निर्वाचन आयोगका