संसद अलपत्र : सभामुख स्वीट्जरल्याण्ड उडे, उपसभामुख बेखबर « Khabarhub

संसद अलपत्र : सभामुख स्वीट्जरल्याण्ड उडे, उपसभामुख बेखबर



काठमाडौँ- सरकार र विपक्षी दुबैले संसद बैठक नियमित चल्नुपर्ने बताइरहेका बेला सभामुख देवराज घिमिरे १० दिनसम्म बैठक रोकेर स्वीट्जरल्याण्ड उडेका छन् । सभामुखको अनुपस्थितिमा उपसभामुखले बैठक चलाउन सक्ने भए पनि सभामुखको विदेश भ्रमणबारे उपसभामुख बेखबर छिन् ।

सभामुख घिमिरे १० दिनसम्म प्रतिनिधिसभा बैठक नै स्थगित गरेर विहीबार स्वीट्जरल्याण्ड उडेका हुन् । प्रायः सबै दलका दलका सचेतकसमेत लिएर सभामुख अन्तरव्यवस्थापिका संघ आईपीयू को १४८ औँ महासभामा भाग लिन बिहीबार स्वीट्जरल्याण्ड प्रस्थान गरेका हुन् । भ्रमण टोलीमा राष्ट्रियसभाका सांसद समेत छन् । उनी चैत १० देखि १४ सम्म जेनेभामा हुने कार्यक्रमका लागि गएको सभामुखको सचिवालयको भनाइ छ ।

लामो समयसम्म प्रतिनिधिसभाको बैठक नै रोकेर सभामुख विदेश जाँदा संसदका काम कारवाही प्रभावित बनेका छन् । आफ्नो अनुपस्थितिमा संसद चलाउन उनले उपसभामुखलाई अधिकारसमेत प्रत्यायोजन गरेका छैनन् ।

प्रतिनिधिसभा नियमावली, २०७९ को नियम ६ अनुसार सभामुखले लिखित अनुमति दिएको खण्डमा उपसभामुखले बैठक तथा अन्य निर्णयहरू गर्न पाउने व्यवस्था छ । तर, सभामुख घिमिरे आफूलाई कुनै जानकारी र निर्देशन नदिई स्वीट्जरल्याण्ड उडेको उपसभामुख रानाको गुनासो छ ।

उपसभामुख रानाले खबरहबसँग भनिन्, ‘सभामुखले मलाई कुनै लिखित रूपमा अधिकार दिनुभएको छैन । उहाँले मलाई विदेश जानेबारे पनि कुनै खबर गर्नुभएन ।’

सभामुखले उपसभामुखलाई लिखित निर्देशन दिएमा वा सभामुख काबु बाहिरको परिस्थिति परी बैठकमा उपस्थित हुन नसकेमा उपसभामुखले बैठकको प्रारम्भ तथा स्थगन गर्ने भनेर नियमावलीमा स्पष्ट लेखिएको भए पनि उपसभामुखलाई सभामुखले कुनै अधिकार नदिई लामो समय  बैठक रोकेका हुन् ।

विदेश जान पाएपछि नयाँ पुराना सबै दलका नेताहरुमा राष्ट्रिय सहमति जुट्छ । संसदमा बाझाबाझ गरिरहेका सत्तापक्ष र प्रतिपक्ष दुबैतर्फका सांसद विदेश भ्रमणको टोलीमा समेटिएका कारण कसैले पनि यति लामो समय संसदको बैठक रोक्नुहुँदैन र संसद चलाउनुपर्छ भनेर बोलेका छैनन् । किनभने, सभामुखले भ्रमण टोलीमा कांग्रेस, एमाले, माओवादी र रास्वपाका सांसदहरुलाई सहभागी गराएका छन् ।

महिला तथा सामाजिक समितिको अनुगमन रोकियो

घिमिरेको विदेश भ्रमणका कारण प्रतिनिधिसभाको बैठक त प्रभावित भएको छ नै, प्रतिनिधि सभा अन्तर्गतको महिला तथा सामाजिक मामिला समितिको काम समेत प्रभावित भएको छ ।

चैत १४ गतेदेखि १७ गतेसम्म समितिले बाल सुधार गृह, बाल आश्रम, महिला सेफ हाउसको अनुगमन तथा निरीक्षण गर्न लागेको थियो । इलाम, झापा र मोरङको भ्रमणका लागि समितिले टोली समेत बनाएको थियो । तर, अनुमति दिनुपर्ने सभामुख नै नभएपछि अन्तिममा आएर भ्रमण रोकिएको हो ।

समिति सभापति किरणकुमार साहले भने, ‘सभामुख नभएर भ्रमण रोकियो । उहाँको अनुमति लिनुपर्ने व्यवस्था छ तर उपसभामुखलाई उहाँले अधिकार दिनुभएको रहेन छ ।’

साहले समिति सचिव इन्द्र विलास पौडेललाई भ्रमण अनुमति लिन पठाएको तर उपसभामुखले आफूलाई सभामुखले अधिकार नदिएका कारण अनुमति दिन नसक्ने बताएको खबरहबलाई बताए ।

उपसभामुख रानाले भनिन्, ‘सभामुखले मलाई अनुमति दिनुपर्ने कानुनी व्यवस्था भए पनि मैले त्यो हक नै पाइनँ । साथीहरू कामका लागि आउनुहुन्छ, मैले के भनेर पठाऊँ ?’

याे पनि…

महिलालाई ‘उप’मा थन्क्याएर कम जिम्मेवार बनाइयो

प्रकाशित मिति : ९ चैत्र २०८०, शुक्रबार  १ : ४० बजे

सिरहाको गोलबजारमा ज्यान गुमाएका युवकको घाँटीमै गोली

काठमाडौं- प्रहरीले गत आइतबार सुनसरीको देवानगञ्जमा अपनाएकै तरिकाको प्रयोग सिरहाको

विपक्षीले जवाफ माग्दा सदन नै स्थगित

काठमाडौं– देशमा भएको पछिल्लो राजनीतिक अवस्थाको विषयमा प्रधानमन्त्री बालेन्द्र शाहसँग

सामाजिक सद्भाव र शान्ति कायम गर्न पूर्वराष्ट्रपति भण्डारीको आग्रह

काठमाडौं- पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले देशका विभिन्न भागमा विकास भइरहेका पछिल्ला

सुनसरी घटनापछि मोरङमा सर्वपक्षीय बैठक (तस्बिरहरू)

मोरङ– दुई समुदायबीच सुनसरीमा हिंसात्मक झडपपछि अन्य जिल्लामा प्रदर्शन विस्तार

राष्ट्रिय एकता र सद्भाव कायम गर्न प्रधानमन्त्रीले आवश्यक समन्वय गर्नुपर्छ : वर्षमान पुन

काठमाडौं– नेपाली कम्युनिष्ट पार्टी(नेकपा)का नेता वर्षमान पुनले देशमा राष्ट्रिय एकता