चालु वर्षको ९ महिना बित्दा वैतेश्वरमा करिब ८५ प्रतिशत योजना सम्झौता  « Khabarhub

चालु वर्षको ९ महिना बित्दा वैतेश्वरमा करिब ८५ प्रतिशत योजना सम्झौता 


९ चैत्र २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


297
Shares
  • change font
  • change font
  • change font

दोलखा– दोलखाको वैतेश्वर गाउँपालिकामा करिब ८५ प्रतिशत योजना सम्झौता भएको पाइएको छ । चालु आर्थिक वर्षको चैतको पहिलो सातसम्म गाउँपालिका भित्रका ८५ प्रतिशत योजना सम्झौता भई कार्यान्वयनको पक्षमा रहेको वैतेश्वर गाउँपालिकाको योजना शाखाले जनाएको छ।

गाउँपालिकाले चालु वर्ष उपभोक्ता समिति मार्फत एक सय ७२ र  टेन्डरमार्फत १४ वटा योजना गरी एक सय ८६ योजना पालिका भित्रका ८ वटा वडामा  वितरण गरेको थियो। चालु वर्षको चैतसम्म २७ वटा योजनाको भुक्तानी भएको छ भने,३४ वटा योजना अझै सम्झौता हुन नसकेको रोजगार सेवा केन्द्र तथा  योजना शाखाका प्रमुख वासुदेव दाहालले बताए ।

गाउँपालिकाले पूर्वाधार विकास तर्फ सडक,गोरेटो बाटो,गुम्बा,मठमन्दिर,खानेपानी,सिँचाइ,स्वास्थ्य, भवन निर्माण,कृषि संकलन केन्द्र निर्माण लगायतका योजना रहेका थिए । त्यस्तै विद्यालय शैक्षिक प्रोत्साहन कार्यक्रम,कृषक अनुदान,व्यावसायिक खेती प्रवर्द्धन,मुख्य ग्रामीण सडक ढलान तथा भइपरी तथा विपद् व्यवस्थापन तर्फका योजना रहेका थिए ।

प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत २३ वटा योजनाको सम्झौता सम्पन्न भएको तथा धेरैको निर्माण सम्पन्न भएर भुक्तानीको चरणमा रहेको पाइएको छ।

ठेक्का तर्फका १४ वटै  योजना सम्झौता

गाउँपालिकाले ठेक्का मार्फत १४ वटा योजना लगाएको थियो। ठेक्का तर्फका सबै योजना सम्झौता भई ९ वटाको काम समेत  सम्पन्न भएको छ भने,एक विद्यालय र ४ वटा सडकको काम चलिरहेको गाउँपालिका सव- इन्जिनियर विश्वास घिमिरेले बताए ।

गाउँपालिकाले एक खानेपानी योजना,एक विद्यालय भवन निर्माण र १२ वटा सडकको ठेक्का लगाएको थियो।जसमा एक खानेपानी योजना सहित ८ वटा सडक निर्माण तथा स्तरोन्नतिको काम सकिएको छ।

त्यसैगरी ३४ वटा योजना अझै सम्झौता हुन बाकी रहेको पाइएको छ।सम्झौता हुन बाकी रहेका योजनाहरूमा वडा नम्बर-१ मा ९ वटा,वडा नम्बर-२ मा ४ वटा,वडा नम्बर-३ मा ५ वटा,वडा नम्बर-४ मा २ वटा,वडा नम्बर-६ मा ३ वटा,वडा नम्बर-७ मा ५ वटा र वडा नम्बर-८ मा ३ वटा योजना रहेका छन्।सम्झौता हुन बाकी रहेका अधिकांश योजना आन्तरिक स्रोत तथा वित्तीय समानिकरण अनुदान तर्फको रहेको पाइएको छ।

हालसम्म ठेक्का बाहेकका पुँजीगत तर्फका १५ प्रतिशत योजनाको मात्रै भुक्तानी भएको पाइएको छ । हिउँदे गाउँसभाले संशोधन भएर आएका योजनाको निर्माण नसकिएको तथा प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गतका योजनाको समय पुरा नभएको कारण कम भुक्तानी भएको तथा राजस्व बाँडफाँड र समानिकरणको अनुदान भुक्तानी नहुँदा निर्माण सकिएका कतिपय योजनाको भुक्तानी दिन नसकिएको वैतेश्वर गाउँपालिका सहायक लेखा अधिकृत उत्तम दाहालले बताए।

सम्झौता कार्यान्वयन भएर काम सकिएका योजनाको समेत भुक्तानी हुन नसकेको पाइएको छ। नेपाल सरकारको वित्तीय समानिकरण अनुदानको रकम  कोष तथा लेखा नियन्त्रकको कार्यालय (कोलेनिका)ले भुक्तानी नपठाउँदा भुक्तानी कम हुन पुगेको जनाइएको छ।

यता ठेक्का मार्फत निर्माण भएका योजनाको पनि माथिल्लो निकायबाट भुक्तानी दिन ढिलाइ हुँदा निर्माण सकिएका धेरै सडक योजनाको फाइनल विल भुक्तानी गर्न समस्या भएको गाउँपालिकाले जनाएको छ।

सुबास बस्नेत

प्रकाशित मिति : ९ चैत्र २०८०, शुक्रबार  २ : ५६ बजे

दसैँको अवसरमा शीतल निवासमा कन्या पूजा, राष्ट्रपतिले दिए उपहार

काठमाडौँ ‍- राष्ट्रपति रामचन्द्र पौडेलले बडा दसैँ २०८३ का अवसरमा

विपद्को बाहानामा ठूला जलाशययुक्त परियोजना रोक्नु हुँदैन : डा. बाबुराम भट्टराई

काठमाडौँ – पूर्वप्रधानमन्त्री तथा नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम

क्रिकेटमा प्रविधिको फड्को : एनपीएलको तेस्रो संस्करणमा डिआरएस लागू हुने

काठमाडौँ – नेपाल प्रिमियर लिग (एनपीएल) मा पहिलो पटक डिआरएस

देवी दुर्गाको आराधनाभित्र लुकेको इतिहास र विज्ञान

देवी दुर्गाको पूजा किन गरिन्छ ? महिषासुरमाथि देवीले विजय प्राप्त