समाचार

सरकारले बनायो नयाँ मिटरब्याज जाँचबुझ आयोग 

By खबरहब

March 22, 2024

काठमाडौं– नेपाल सरकारले नयाँ मिटरब्याज जाँचबुझ आयोग गठन गरेको छ ।

आयोगमा नेतृत्वमा पूर्व न्यायाधीश तेजबहादुर कार्की  र सदस्यहरूमा  पूर्व एआईजी पुष्कर कार्की र सञ्जीव मिश्र सदस्य छन् ।

गृह मन्त्रालयले यसअगाडि नै आयोग गठन गर्न पत्र पठाएको थियो । तर बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले उच्च अदालतका पूर्व न्यायाधीश कार्कीको नेतृत्वमा तीन सदस्यीय आयोग बनाएको बताइएको हो ।

आयोगले तीन महिनाभित्र सुझावसहितको प्रतिवेदन पेस गर्ने छ ।