स्वास्थ्य क्षेत्रको गुणस्तरमा कुनै सम्झौता हुन हुँदैन : प्रधानमन्त्री  « Khabarhub

स्वास्थ्य क्षेत्रको गुणस्तरमा कुनै सम्झौता हुन हुँदैन : प्रधानमन्त्री 


९ चैत्र २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


378
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले स्वास्थ्य जस्तो संवेदनशील क्षेत्रको गुणस्तरमा कुनै किसिमको सम्झौता हुन नहुने  बताएका छन् ।

चिकित्सा शिक्षा आयोगको १३औँ बैठकलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले चिकित्सा आयोगले गुणस्तरीय जनशक्ति निर्माणमा उल्लेखनीय कार्य गर्नुपर्ने बताए ।

अन्तर्राष्ट्रिय स्तरका  चिकित्सा जनशक्ति निर्माण गर्न आवश्यक रहेको पनि उनले बताए । ‘मुलुकको वस्तुगत आवश्यकतामा आधारित गुणस्तरीय चिकित्सा जनशक्ति उत्पादनमा कोशेढुङ्गा साबित हुने गरी आयोगबाट कार्यसम्पादन हुँदै जानेछ भन्ने विश्वास व्यक्त गर्न चाहन्छु’, आयोगको अध्यक्षसमेत रहेका प्रधानमन्त्रीले भने ।

त्यस्तै विदेशी विद्यार्थीलाई पनि चिकित्सा क्षेत्रमा अध्ययनका आकर्षण गर्न सक्नुपर्नेमा जोड दिए । यसैबीच प्रधानमन्त्री प्रचण्डले शैक्षिक क्यालेण्डरलाई प्रभावकारी तवरले कार्यान्वयन गर्न निर्देशन दिए । नर्सिङ क्षेत्रमा आएका समस्या समाधानका लागि आयोगबाट गठित कार्यदलको प्रतिवेदनले ठोस सुझाव दिएको उल्लेख गर्दै प्रधानमन्त्रीले प्रतिवेदनका सही सुझावहरूलाई कार्यान्वयनमा लैजान निर्देशन दिए ।

‘वार्षिक शैक्षिक क्यालेण्डर तयारी र कार्यान्वयनमा आयोगले दिएको प्राथमिकता सराहनीय कार्य हो,’ प्रधानमन्त्री प्रचण्डले भने  ‘शैक्षिक क्यालेण्डरको कार्यान्वयन गर्न म सबैलाई विशेष आग्रह गर्दछु ।’

याे पनि…

गुणस्तरीय जनशक्ति उत्पादनमा जोड दिऔँ : प्रधानमन्त्री

प्रकाशित मिति : ९ चैत्र २०८०, शुक्रबार  ४ : ५६ बजे

इरान–अमेरिका ओमान वार्ता तयारी

एजेन्सी– घातक विरोध प्रदर्शनको पृष्ठभूमिमा इरान र संयुक्त राज्य अमेरिका

एमाले अध्यक्ष ओली चुनावी अभियानका लागि झापा जाँदै

काठमाडौं- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली शुक्रबार मध्याह्न गृहजिल्ला

ज्ञान चक्षुको २०औँ वार्षिकोत्सव कार्यक्रम सम्पन्न

काठमाडौं –  ज्ञान चक्षु इङ्ग्लिस स्कुलले २०औँ वार्षिकोत्सव तथा अभिभावक

रौतहट दुर्घटनाबारे रास्वपाले भन्यो : बालिकाका परिवारलाई राहत र न्याय दिलाउँछौँ

काठमाडौं- रौतहटमा चुनावी अभियानका क्रममा प्रयोग गरिएको सवारी साधनको ठक्करबाट