‘घण्टी’ समर्थक र रुटिनेलाई तनुजाले भनिन् : दुर्घटनामा दोहोरो मापदण्ड हुँदैन, मानवीय विषयमा ‘दलको झोला’ बिसाउनू « Khabarhub

‘घण्टी’ समर्थक र रुटिनेलाई तनुजाले भनिन् : दुर्घटनामा दोहोरो मापदण्ड हुँदैन, मानवीय विषयमा ‘दलको झोला’ बिसाउनू


२३ माघ २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


375
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- जेन–जी अभियन्ता तनुजा पाण्डेले सडक दुर्घटनामा राजनीतिक दल र समर्थकहरूको प्रतिक्रियामा देखिएको ‘दोहोरो मापदण्ड’बारे प्रश्न उठाएकी छन्।

उनले सामाजिक सञ्जाल फेसबुकमार्फत जवाफदेहिता र न्यायको विषय उठाउँदा त्यसलाई राजनीति भनेर टार्ने प्रवृत्तिको आलोचना गरेकी हुन्।

पाण्डेले गत भदौ २१ गते नेकपा एमालेबाट कोशी प्रदेशका मन्त्री राम राना मगरको गाडीले ललितपुरमा एक बालिकालाई ठक्कर दिएको घटनाको स्मरण गराउँदै त्यतिबेला देशभर आक्रोश देखिएर तत्कालीन सरकारमाथि प्रश्न उठाइएको उल्लेख गरेकी छन्।

तर, बिहीबार राष्ट्रिय स्वतन्त्र पार्टीबाट रौतहट क्षेत्र नम्बर २ का उम्मेदवार शेख सगिरलेको गाडीको ठक्करबाट चार वर्षीया बालिका अल्फा खातुनको ज्यान गएको घटनामा आवाज कमजोर बनेको उनको भनाइ छ।

यसपटक ४ वर्षीया पीडितको पक्षमा बोल्नेहरूलाई ‘राजनीति नगर’ र ‘एजेन्डा नबनाऊ’ भनेर ट्याग लगाउने प्रवृत्ति देखिएको बताएकी छन्। ‘दुर्घटना रोक्न नसकिएला, तर जवाफदेही हुन सकिन्छ,’ उनले भनिन्, ‘जवाफदेहिता र न्यायको माग कहिलेदेखि राजनीति भयो ?’

पाण्डेले अगाडि भनिन्, ‘हिजो अरूको गल्तीमा बोल्नु नैतिकता थियो, आज आफ्नै पार्टीको गल्तीमा बोल्नु राजनीति बनाइँदैछ।’

रास्वपाका उम्मेदवार सवार गाडीको गल्ती लुकाएर पार्टी जोगाउने काम नै गलत राजनीति भनेकी छन् । गल्ती भएपछि पार्टी जोसुकैको भए पनि गलत नै हुने सन्देश उनले दिएकी छन् ।

उनले ‘घण्टी’ का समर्थक र सामाजिक सञ्जाल प्लेटफर्म रुटिनअफ नेपाल बन्दलाई सम्बोधन गर्दै संवेदनशील र मानवीय विषयमा दलगत ‘रङका झोला’ बिसाउन आग्रह गरेकी छन्। ‘परिवारलाई शक्ति र पीडितलाई न्याय दिलाउनु हाम्रो साझा जिम्मेवारी हो,’ उनको भनाइ छ।

पाण्डेले पुराना अभ्यासभन्दा फरक देखिनुपर्ने दायित्व नयाँ राजनीतिक धारका समर्थकहरूमा रहेको उल्लेख गर्दै मानवीय संवेदनशीलतामा आधारित राजनीति आवश्यक रहेको बताएकी छन्।

प्रकाशित मिति : २३ माघ २०८२, शुक्रबार  १२ : ०१ बजे

हरिशयनी एकादशीका अवसरमा बूढानीलकण्ठमा भक्तजनको भीड (तस्बिरहरू)

काठमाडौँ– प्रत्येक वर्ष आषाढ शुक्ल एकादशीका दिन घर घरमा तुलसीको

एक वर्षमा एक लाख २७ हजार बढी चिठीपत्र तथा हुलाक सामग्री ओसारपसार

कैलाली– मोबाइल, इमेल र सामाजिक सञ्जालको बढ्दो प्रयोगले परम्परागत हुलाक

बुध्द एयरले थप्यो एटीआर–७२–६०० विमान, कम भिजिबिलिटीमै उडान भर्न सक्ने

काठमाडौँ– बुध्द एयरले एटीआर–७२–६०० विमान भित्र्याएको छ । कम्पनीले जारी

रास्वपाद्वारा सांसद पौडेलमाथि भएको प्रहारको भर्त्सना

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) संसदीय दलले रौतहट निर्वाचन क्षेत्र

ब्राउन सुगरसहित दुई जना पक्राउ

झापा– झापाको बिर्तामोड नगरपालिका–२ त्रिशूल चोकबाट प्रहरीले प्रतिबन्धित लागूऔषध ब्राउन