स्वास्थ्य क्षेत्रको गुणस्तरमा कुनै सम्झौता हुन हुँदैन : प्रधानमन्त्री  | Khabarhub Khabarhub

स्वास्थ्य क्षेत्रको गुणस्तरमा कुनै सम्झौता हुन हुँदैन : प्रधानमन्त्री 


९ चैत्र २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


378
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले स्वास्थ्य जस्तो संवेदनशील क्षेत्रको गुणस्तरमा कुनै किसिमको सम्झौता हुन नहुने  बताएका छन् ।

चिकित्सा शिक्षा आयोगको १३औँ बैठकलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले चिकित्सा आयोगले गुणस्तरीय जनशक्ति निर्माणमा उल्लेखनीय कार्य गर्नुपर्ने बताए ।

अन्तर्राष्ट्रिय स्तरका  चिकित्सा जनशक्ति निर्माण गर्न आवश्यक रहेको पनि उनले बताए । ‘मुलुकको वस्तुगत आवश्यकतामा आधारित गुणस्तरीय चिकित्सा जनशक्ति उत्पादनमा कोशेढुङ्गा साबित हुने गरी आयोगबाट कार्यसम्पादन हुँदै जानेछ भन्ने विश्वास व्यक्त गर्न चाहन्छु’, आयोगको अध्यक्षसमेत रहेका प्रधानमन्त्रीले भने ।

त्यस्तै विदेशी विद्यार्थीलाई पनि चिकित्सा क्षेत्रमा अध्ययनका आकर्षण गर्न सक्नुपर्नेमा जोड दिए । यसैबीच प्रधानमन्त्री प्रचण्डले शैक्षिक क्यालेण्डरलाई प्रभावकारी तवरले कार्यान्वयन गर्न निर्देशन दिए । नर्सिङ क्षेत्रमा आएका समस्या समाधानका लागि आयोगबाट गठित कार्यदलको प्रतिवेदनले ठोस सुझाव दिएको उल्लेख गर्दै प्रधानमन्त्रीले प्रतिवेदनका सही सुझावहरूलाई कार्यान्वयनमा लैजान निर्देशन दिए ।

‘वार्षिक शैक्षिक क्यालेण्डर तयारी र कार्यान्वयनमा आयोगले दिएको प्राथमिकता सराहनीय कार्य हो,’ प्रधानमन्त्री प्रचण्डले भने  ‘शैक्षिक क्यालेण्डरको कार्यान्वयन गर्न म सबैलाई विशेष आग्रह गर्दछु ।’

याे पनि…

गुणस्तरीय जनशक्ति उत्पादनमा जोड दिऔँ : प्रधानमन्त्री

प्रकाशित मिति : ९ चैत्र २०८०, शुक्रबार  ४ : ५६ बजे

छठ पर्वको दोस्रो दिन आज ‘खरना’ मनाइँदै

काठमाडौं– मिथिलाञ्चललगायत देशका विभिन्न भागमा मनाइने छठ पर्वको दोस्रो दिन

विश्वकप लिग-२ : आज अमेरिकासँग भिड्दै नेपाल

काठमाडौं – आइसीसी विश्वकप क्रिकेट लिग-२ को यूएई शृङ्खलाको पहिलो

यी प्रदेशमा हल्का वर्षासहित हिमपातको सम्भावना

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

आजका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले आइतबारका लागि विदेशी मुद्राको विनिमय

सूर्य देवको पूजा विधि के हो ?

काठमाडौं – आज २०८२ साल कात्तिक ९ गते आइतबार। कात्तिक