खेल नीतिलाई परिमार्जन गर्ने तयारी भइरहेको छ : मन्त्री श्रेष्ठ « Khabarhub

खेल नीतिलाई परिमार्जन गर्ने तयारी भइरहेको छ : मन्त्री श्रेष्ठ


९ चैत्र २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– खेलकुद मन्त्री विराजभक्त श्रेष्ठले खेल नीतिलाई परिमार्जन गर्ने तयारी भइरहेको बताएका छन् ।

शुक्रबार ललितपुरमा नेपाल ओलम्पीक कमिटीले आयोजना गरेको बधाई एवं शुभकामना कार्यक्रममा मन्त्री श्रेष्ठले खेल नीतिमा देखिएका त्रुटि हटाउँदै समयसापेक्ष बनाउन परिमार्जन गर्ने तयारी भइरहेको बताएका हुन् ।

उनले खेलसँग सम्बन्धित सरोकारवाला निकायसँगको छलफलका आधारमा त्यसलाई परिमार्जन गर्ने जिकिर गरे । उनले व्यक्ति केन्द्रित नभई नीति केन्द्रित खेल क्षेत्र हुनुपर्नेमा जोड दिए ।

मन्त्री श्रेष्ठले योगदानका आधारमा नभई खेलकुद क्षेत्रमा राजनीतिक आधारमा नियुक्त हुने गरेकाले बेथिति देखिएको बताए ।

त्यस्तै उनले खेलकुदमा योगदान गरेका व्यक्तिहरूलाई विभिन्न निकायमा नियुक्त गर्न सके खेल क्षेत्रको विकास हुने बताए ।

प्रकाशित मिति : ९ चैत्र २०८०, शुक्रबार  ६ : ३३ बजे

रोहितको अर्धशतक र करणको विष्फोटक ब्याटिङको मद्दतमा नेपालले ओमनलाई दियो २ सय ६४ रनको लक्ष्य

काठमाडौं- आईसीसी पुरुष विश्वकप लिग लिग–२ अन्तर्गत त्रिकोणात्मक सिरिजको आफ्नो

सरकारी सवारीसाधन दुरुपयोग गर्ने एक जना पक्राउ

बनेपा– काभ्रेपलाञ्चोकको पनौती नगरपालिका–३ कुशादेवीका ४० वर्षीय गणेश सापकोटा पक्राउ

अन्तरराष्ट्रियस्तरमा हुलाक सेवा कहीँ पनि खारेज भएको छैन : मन्त्री तिमिल्सिना

काठमाडौं– सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले नेपालको हुलाक सेवालाई

बजार अनुगमन र उपभोक्ता अधिकार सुनिश्चित गर्न अनेरास्ववियू क्रान्तिकारीको माग

काठमाडौं– अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी), काठमाडौं जिल्ला

एमालेको राष्ट्रिय कार्यकर्ता भेला मङ्सिर २ र ३ गते काठमाडौंमा हुने

काठमाडौं- नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले आगामी मङ्सिर २ र ३ गते