खेल नीतिलाई परिमार्जन गर्ने तयारी भइरहेको छ : मन्त्री श्रेष्ठ « Khabarhub

खेल नीतिलाई परिमार्जन गर्ने तयारी भइरहेको छ : मन्त्री श्रेष्ठ


९ चैत्र २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– खेलकुद मन्त्री विराजभक्त श्रेष्ठले खेल नीतिलाई परिमार्जन गर्ने तयारी भइरहेको बताएका छन् ।

शुक्रबार ललितपुरमा नेपाल ओलम्पीक कमिटीले आयोजना गरेको बधाई एवं शुभकामना कार्यक्रममा मन्त्री श्रेष्ठले खेल नीतिमा देखिएका त्रुटि हटाउँदै समयसापेक्ष बनाउन परिमार्जन गर्ने तयारी भइरहेको बताएका हुन् ।

उनले खेलसँग सम्बन्धित सरोकारवाला निकायसँगको छलफलका आधारमा त्यसलाई परिमार्जन गर्ने जिकिर गरे । उनले व्यक्ति केन्द्रित नभई नीति केन्द्रित खेल क्षेत्र हुनुपर्नेमा जोड दिए ।

मन्त्री श्रेष्ठले योगदानका आधारमा नभई खेलकुद क्षेत्रमा राजनीतिक आधारमा नियुक्त हुने गरेकाले बेथिति देखिएको बताए ।

त्यस्तै उनले खेलकुदमा योगदान गरेका व्यक्तिहरूलाई विभिन्न निकायमा नियुक्त गर्न सके खेल क्षेत्रको विकास हुने बताए ।

प्रकाशित मिति : ९ चैत्र २०८०, शुक्रबार  ६ : ३३ बजे

महेश बस्नेतको आक्रोश : गगनहरूलाई कांग्रेसको आधिकारिकता लोकतन्त्र र विधिको शासनमाथिकै प्रहार

काठमाडौं- नेकपा एमालेका सचिव महेश बस्नेतले नेपाली कांग्रेसको आधिकारिकता विभाजित

आधिकारिकता पाएपछि उपसभापति भुसालले भनिन् : कांग्रेस एकताबद्ध बनाउँछौँ

काठमाडौं- गगन थापा अन्तत: नेपाली कांग्रेसका आधिकारिक सभापति भएका छन्

पूर्णबहादुरले भने : आयोगको निर्णयविरुद्ध संघर्ष गर्छौँ

काठमाडौं- नेपाली कांग्रेसका निर्वतमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काले विशेष महाधिवेशनलाई

पूर्णबहादुर खड्काको आरोप : आयोगले सेटिङमा निर्णय गर्‍यो

काठमाडौं – नेपाली कांग्रेस देउवा समूहका कार्यवहाक सभापति पूर्ण बहादुर