आईपिएल : पञ्जाबमाथि गुजरात तीन विकेटले विजयी « Khabarhub

आईपिएल : पञ्जाबमाथि गुजरात तीन विकेटले विजयी


१० बैशाख २०८१, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


228
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपिएल) अन्तर्गत गएराति भएको खेलमा गुजरात टाइटन्स विजयी भएको छ। पञ्जाब किंग्समाथि गुजरातले तीन विकेटको जित निकालेको हो।

यादवविन्द्र सिंह रंगशाला, मुल्लानपुरमा टस जितेर पहिला ब्याटिङ गरेको पञ्जाबले दिएको १४३ रनको लक्ष्य गुजरातले ५ बल बाँकी हुँदा सात विकेट गुमाएर १४६ रन बनाउँदै भेट्टाएको हो।

गुजरातको जितका लागि राहुल तेवाटियाले नटआउट सर्वाधिक ३६ रन बनाए। कप्तान शुभमन गिलले ३५ रन जोड्दा साई सुदर्शनले ३१ रन बनाए। ऋद्धिमान साहले १३ रन बनाउँदा एम शाहरुख खान ८ रनमा समेटिए भने डेभिड मिलरले ४ रन जोड्दा राशिद खान तीन रनमा आउट भए। नटआउट रहेका साई किशोरले भने कुनै बलको सामना गर्नु परेन।

पञ्जाबका हर्षल पटेलले तीन र लियाम लिभिङस्टोनले दुई विकेट हात पारे। अर्शदीप सिंह र श्याम कुरानले एकएक विकेट लिए।

सुरुमा ब्याटिङ गरेको पञ्जाबका लागि प्रभसिमरन सिंहले सर्वाधिक ३५ रन जोडे। हरप्रित बरार २९ रनमा आउट हुँदा कप्तान श्याम कुरानले २० रन जोडे। हरप्रीत सिंह १४, जितेश शर्मा १३, रिली रोसोउ ९, शशांक सिंह ८, लियाम लिभिङस्टोन ६ रनमा समेटिँदा आशुतोष शर्माले ३ रन बनाए। हर्षल पट्टेल शून्यमा आउट हुँदा कासिगो रबडा एक बल खेल्दै नटआउट रहे।

पञ्जाबलाई सस्तैमा समेट्न गुजरातका लागि साई किशोरले एक्लै चार विकेट हात पारे। नुर अहमद र मोहित शर्माले दुईदुई विकेट हात पारेको खेलमा रासिद खानले एक विकेट लिए।

आइतबारको खेलमा विजयी भएसँगै गुजरात अंक तालिकाको छैठौं स्थानमा पुगेको छ। आठ खेल खेलेको गुजरातले चार खेलमा जित निकाल्दा त्यत्ति नै खेल गुमाएको छ। समान खेल खेलेको पञ्जाब भने नावौं स्थानमा छ। उसले दुई खेल मात्र जितेर चार अंक जोडेको छ।

आईपिएल अन्तर्गत सोमबार राजस्थान रोयल्स र मुम्बई इन्डियन्सले प्रतिस्पर्धा गर्दैछन्। यो खेल साँझ ७:४५ बजे सुरु हुनेछ।

 

प्रकाशित मिति : १० बैशाख २०८१, सोमबार  ६ : ०१ बजे

देउखुरीमा बस र अटो एकापसमा ठोकिँदा दुई जनाको मृत्यु

दाङ – देउखुरीमा बस र अटो एकापसमा ठोकिँदा भएको दुर्घटनामा

भिरबाट खसेर एक जनाको मृत्यु

लमजुङ – लमजुङको मर्स्याङ्दी गाउँपालिका-६ नाइचेमा निर्माणाधीन ४० दशमलव २७

रास्वपाले सबै जिल्लामा खटायो केन्द्रीय सदस्य र सांसद, को कहाँ ? (सूचीसहित)

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) देशका ७७ वटै जिल्लामा

सशस्त्रका एआईजी दाहाल निलम्बित

काठमाडौँ । सशस्त्र प्रहरी बलका अतिरिक्त प्रहरी महानिरीक्षक (एआईजी) वंशीराज

किरणकिशोर घिमिरेद्वारा कांग्रेस केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा

काठमाडौं । नेपाली कांग्रेसको खुला केन्द्रीय सदस्यमा नेता किरणकिशोर घिमिरेले