स्पेनिस ला लिगा : रियल मड्रिडसँग बार्सिलोना पराजित « Khabarhub

स्पेनिस ला लिगा : रियल मड्रिडसँग बार्सिलोना पराजित


१० बैशाख २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


309
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– स्पेनिस ला लिगा फुटबलमा रियल मड्रिडले जित निकालेको छ । गएराति भएको खेलमा बार्सिलोनालाई ३–२ गोलले हराउँदै रियलले जित निकालेको हो ।
रियल मड्रिडका लागि भिनिसियस जुयिर, लुकास भाजक्वेज र जुड बेलिङ्घमले एक–एक गोल गरेका थिए ।

यस्तै, बार्सिलोनाका एन्ड्रियास क्रिस्टेनसेन र फर्मिन लोपेजले एक–एक गोल गरेका थिए ।

खेलमा बार्सिलोनाले सुरुवाती अग्रता लिए पनि त्यसलाई जोगाउन नसक्दा रियल मड्रिडसँग स्तब्ध बन्न पुग्यो । बार्सिलोनाका एन्ड्रियासले खेलको छैटौँ मिनेटमा गोल गर्दै टोलीलाई सुरुवाती अग्रता दिलाएका थिए ।

तर रियलका भिनिसियस १८औँ मिनेटमा पेनाल्टीमार्फत गोल फर्काउँदै खेललाई १–१ गोलको बराबरीमा ल्याए ।

त्यसपछि ६९औँ मिनेटमा फर्मिनले गोल गर्दै रियललाई २–१ गोलको अग्रता दिलाए । तर रियलका लुकासले ७३औँ तथा बेलङ्घिमले इन्जुरी समयमा गोल गर्दै रियललाई ३–२ गोलको जित दिलाए ।

यो जितसँगै रियल मड्रिड ३२ खेलबाट ८१ अंकका साथ शीर्षस्थानमा यथावत रहेको छ । पराजित भएको बार्सिलोना ७० अंकसहित तालिकाको दोस्रो स्थानमा छ ।

प्रकाशित मिति : १० बैशाख २०८१, सोमबार  ६ : ३६ बजे

जनकपुरले गुमायो दोस्रो विकेट

काठमाडौं- नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली

जनकपुरले गुमायो पहिलो विकेट, सोमपालले दिलाए सफलता

काठमाडौं- नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली

काठमाडौँका विभिन्न स्थानमा चोरी गर्ने चार भारतीय पक्राउ

काठमाडौँ– काठमाडौँका विभिन्न स्थानमा घर तथा फ्ल्याटमा कोही नभएको मौका

फिल्म फेस्टिभलमा शबाना आजमी र मार्को मुलर सहभागी हुने

काठमाडौँ- काठमाडौँ महानगरपालिकाले कात्तिक १३ गतेदेखि १५ गतेसम्म काठमाडौं फिल्म