विशेषले सफाइ दिएपछि अर्थसचिवमा फर्किए मधु मरासिनी « Khabarhub

विशेषले सफाइ दिएपछि अर्थसचिवमा फर्किए मधु मरासिनी


१० बैशाख २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


2.2k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- सरकारले मधु मरासिनीलाई अर्थमन्त्रालयको सचिवमा पुनर्वहाली गरेको छ ।

सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले मरासिनीलाई अर्थ मन्त्रालयको सचिवको जिम्मेवारी दिएको हो । मरासिनी लामो समयदेखि अर्थमन्त्रालयकै सचिवमा रहेका थिए ।

भ्रष्टाचार मुद्दामा विशेष अदालतबाट सफाइ पाएसँगै मरासिनी पुरानै भूमिकामा फर्किएका हुन् । विशेषमा भ्रष्टाचार मुद्दा परेपछि मरासिनी लिम्बित भएका थिए ।

पेमेन्ट गेटवे प्रकरणमा निलम्बनमा परेका सचिव मरासिनीलाई विशेष अदालतले ७ वैशाखमा सफाइ दिएको थियो । अदालतले सफाइ दिएपछि अब मरासिनीको पुनर्बहालीको बाटो खुलेको थियो ।

नेशनल पेमेन्ट गेटवे प्रकरणमा दोषी देखाउँदै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मरासिनीसहित ९ जनाविरुद्ध गत असोजमा विशेष अदालतमा मुद्दा दायर गरेको थियो ।

विशेष अदालतका अध्यक्ष न्यायाधीश टेकनारायण कुँवर र मुरारीबाबु श्रेष्ठको इजलासले शुक्रबार मरासिनीलाई सफाइ दिएको थियो । प्रतिवादी बनाइएका ९ जना मध्ये ८ जनाले सफाइ पाएका थिए भने प्रतिवादी सुनील पौडेललाई भने सजाय ठहर भएको थियो ।

 

अख्तियारले यो मुद्दामा राष्ट्रिय सूचना प्रविधि केन्द्रका तत्कालीन उपसचिव तथा नेपाल टेलिकमका तत्कालीन प्रबन्ध  निर्देशक सुनील पौडेल र राष्ट्रिय सूचना प्रविधि केन्द्रका तत्कालीन कार्यकारी निर्देशक प्रणिता उपाध्यायलाई प्रतिवादी बनाएको थियो ।

प्रकाशित मिति : १० बैशाख २०८१, सोमबार  १२ : ५२ बजे

चितवन: दसैँमा ३० करोडभन्दा बढीको खसी-बोकाको व्यापार हुने अनुमान

चितवन – बडादसैँका अवसरमा चितवनमा यस वर्ष ३० करोड रुपैयाँभन्दा

चाडपर्वमा चोरी, ठगी र दुर्घटनाबाट जोगिन गण्डकी प्रदेश प्रहरीको अपिल

कास्की – गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराले बडादसैँ लगायतका चाडपर्वका

दीपक-दीपाले आज छान्ने छन् करदाता उपहारका भाग्यशाली विजेता, १७ जनाले नगद पुरस्कार पाउने

काठमाडाैँ – आन्तरिक राजस्व विभागले सञ्चालन गरिरहेको ‘करदाता प्रोत्साहन उपहार

सुनकोशीमा जिप खस्दा तीन जनाको मृत्यु, तीन बेपत्ता र चार घाइते

काठमाडौँ– सिन्धुलीको फिक्कल–६ नागथानमा काठमाडौँबाट खोटाङतर्फ जाँदै गरेको को १

ला लिगा: फराकिलो जितमा बार्सिलोनाका लागि लामिनसहित पाँच खेलाडीले गरे गोल

काठमाडाैँ – स्पेनिस ला लिगाअन्तर्गत शनिबार राति भएको रोमाञ्चक खेलमा