पूर्वराष्ट्रपति भण्डारी ‘राष्ट्रिय गौरव’ पदकबाट सम्मानित « Khabarhub

पूर्वराष्ट्रपति भण्डारी ‘राष्ट्रिय गौरव’ पदकबाट सम्मानित


१० बैशाख २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.8k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेकपा एमालेले पार्टीको हिरक जयन्ती महोत्सवमा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई राष्ट्रिय गौरव पदकबाट सम्मान गरेको छ ।

ललितपुरको गोदावरीमा नेकपा स्थापनाको हीरक महोत्सवको विशेष कार्यक्रममा एमाले अध्यक्ष केपी शर्मा ओलीले पुर्वराष्ट्रपति भण्डारीलाई राष्ट्रिय गौरव पदकबाट सम्मान गरेका हुन् ।

आइतबार समापन भएको एमालेको राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषदको बैठकले भण्डारीलाई  राष्ट्रिय गौरव पदकबाट सम्मान गर्ने निर्णय गरेको थियो ।

पूर्वराष्ट्रपति भण्डारीले लोकतान्त्रिक आन्दोलनमा, कम्युनिष्ट आन्दोलनमा पुर्‍याएको योगदान राष्ट्रिय स्वाभिमानको रक्षाका लागि अडान लिएका व्यक्तिहरूलाई सम्मान गर्ने घोषित योजनाअनुसार पूर्वराष्ट्रपति भण्डारीलाई सम्मान गरेको एमालेले जनाएको छ ।

प्रकाशित मिति : १० बैशाख २०८१, सोमबार  १ : ५३ बजे

चितवन: दसैँमा ३० करोडभन्दा बढीको खसी-बोकाको व्यापार हुने अनुमान

चितवन – बडादसैँका अवसरमा चितवनमा यस वर्ष ३० करोड रुपैयाँभन्दा

चाडपर्वमा चोरी, ठगी र दुर्घटनाबाट जोगिन गण्डकी प्रदेश प्रहरीको अपिल

कास्की – गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराले बडादसैँ लगायतका चाडपर्वका

दीपक-दीपाले आज छान्ने छन् करदाता उपहारका भाग्यशाली विजेता, १७ जनाले नगद पुरस्कार पाउने

काठमाडाैँ – आन्तरिक राजस्व विभागले सञ्चालन गरिरहेको ‘करदाता प्रोत्साहन उपहार

सुनकोशीमा जिप खस्दा तीन जनाको मृत्यु, तीन बेपत्ता र चार घाइते

काठमाडौँ– सिन्धुलीको फिक्कल–६ नागथानमा काठमाडौँबाट खोटाङतर्फ जाँदै गरेको को १

ला लिगा: फराकिलो जितमा बार्सिलोनाका लागि लामिनसहित पाँच खेलाडीले गरे गोल

काठमाडाैँ – स्पेनिस ला लिगाअन्तर्गत शनिबार राति भएको रोमाञ्चक खेलमा