देशमा अन्योल र अस्थिरता बढ्यो, सरकारको आयु छोटिँदैछ : प्रवक्ता महत « Khabarhub

देशमा अन्योल र अस्थिरता बढ्यो, सरकारको आयु छोटिँदैछ : प्रवक्ता महत


१० बैशाख २०८१, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


273
Shares
  • change font
  • change font
  • change font

इटहरी– नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले गठबन्धन परिवर्तन भएसँगै देशमा अन्योल र अस्थिरता बढेको बताएका छन् । सोमबार नेपाल प्रेस युनियन सुनसरीले इटहरीमा राखेको अन्तरक्रिया कार्यक्रममा डा. महतले देशमा भएको गठबन्धन परिवर्तनका कारण अन्योल र अस्थिरता सृजना भएसँगै वर्तमान नेतृत्व सरकारको आयुसमेत छोटिँदै गएको बताए ।

उनले एमालेसँग मिलेर कांग्रेसको नेतृत्वमा सरकार बन्ने भन्ने विषयबारे पछिल्लो समय छलफल नभएकोसमेत बताए ।

‘नेताहरूले विभिन्न कुरा उठाउनुभएको छ, कसैले एमालेसँग मिलौँ पनि भन्नुभएको छ । सबैको विचारहरू आइरहेका छन् । कसैले कांग्रेसको नेतृत्वमा बहुमत आउने गरी आगामी चुनाव पर्खिनुपर्छ भन्ने कुरा पनि छ,’ उनले भने, ‘हामीले अहिल्यै वैकल्पिक सरकार बनाउने कुराको गृहकार्य गरेका छैनौँ । अविश्वास र विरोधाभासका कारण यो सरकारको आयु आफैँ छोटिदैँछ ।’

उनले वर्तमान गठबन्धनमा रहेका दलहरू बीच नै चर्को मतभेद र अविश्वास व्याप्त रहेको जिकिर गरे । अस्थिरताका कारण अन्तर्राष्ट्रिय स्तरमै सरकारप्रति अविश्वास बढेको बताउँदै उनले पछिल्लो समय आर्थिक क्षेत्रसमेत चलायमान हुन नसकेको बताए । पूर्व अर्थमन्त्रीसमेत रहेका महतले आफू अर्थमन्त्री हुँदा बाह्य सूचक र आर्थिक लयले सकारात्मक प्रभाव पारेको भए पनि पछिल्लो समय अर्थतन्त्र चलायमान हुन नसकेको बताए ।

सरकारले प्राथमिकताको क्षेत्रमा लगानी गर्नुपर्ने भए पनि जथाभाबी बजेटको दुरुपयोग गरिहरेको उनको भनाइ छ ।

कांग्रेसले गृहमन्त्रीसमेत रहेका रास्वपाका अध्यक्ष रवि लामिछानेको सहकारी ठगी विषयमा संसदीय छानबिन गर्न अडान राखिराखेको समेत उनले बताए ।

‘सहकारी ठगीबाट बचतकर्ता मारमा परेको र स्वयम् गृहमन्त्री सुरक्षा निकायको प्रमुख भएका कारण गैर कानुनीको विषय छर्लङ्गै भइसकेको छ । जुन निकायको प्रमुख उहाँ हुनुहुन्छ, उहाँलाई नै छानबिन गर्ने कुरा नभएका कारण संसदीय छानबिन बनाउनुपर्छ भन्ने हाम्रो माग हो,’ उनले भने, ‘हामीले आधार र तथ्यमा टेकेर यो कुराको उठान गरेका हौँ, जनतामाझ स्पष्ट छ ।’

यसैबीच यही वैशाख १५ गते हुने उपनिर्वाचनमा इलाममा कांग्रेसले जित्नेसमेत उनको दाबी छ । यसअघिकै उम्मेदवार दोहोरिनु र स्थानीय स्तरका मानिसको दुःखसुखमा डम्बर खड्काले सहयोग गर्नुका कारण उनैको जित निश्चित रहेकोसमेत डा. महतको दाबी छ ।

‘उहाँ यसअघि पनि झिनो मतले पराजित हुनुभएको र त्यस क्षेत्रका जनताको दुःखसुखको साथी भएका कारण कांग्रेसले चुनाव जित्ने निश्चित छ । हुन त चुनाव प्रतिस्पर्धा पनि हो ।’

प्रकाशित मिति : १० बैशाख २०८१, सोमबार  ३ : २६ बजे

निर्धारित मितिमा निर्वाचन गर्न सरकार दृढ : गृहमन्त्री अर्याल

गण्डकी– गृहमन्त्री ओमप्रकाश अर्यालले आगामी फागुन २१ गतेलाई तोकिएको प्रतिनिधिसभा

केपी ओलीले महासचिवमा शंकरलाई नै निरन्तरता दिने, अरू नेता असन्तुष्ट

काठमाडौं- नेकपा एमालेको एघारौँ महाधिवेशनका लागि अध्यक्ष केपी शर्मा ओली

गाउँ पसेर जङ्गली हात्तीको उपद्रो

उदयपुर– उदयपुरको चौदण्डीगढी नगरपालिका–१० हँडिया क्षेत्रमा जङ्गली हात्तीले गाउँ पसेर

प्रदीपले स्वीकारेनन् शंकरलाई महासचिव, कुनै पदमा उम्मेदवारी नदिने भन्दै गुण्डुबाट बाहिरिए

काठमाडौं- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली समूहमा गम्भीर विवाद

‘धुरन्धर’ स्टार अर्जुन रामपालले प्रेमिका गेब्रिएलासँग इन्गेजमेन्ट गरेको खुलासा

काठमाडौं – बलिउड अभिनेता अर्जुन रामपालले प्रेमिका गेब्रिएला डेमेड्रियाससँग गोप्य