दरबार हत्याकाण्डसँगै नेपालमा राजतन्त्र सकिएको थियो : ओली « Khabarhub

दरबार हत्याकाण्डसँगै नेपालमा राजतन्त्र सकिएको थियो : ओली


१० बैशाख २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


2k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले २०५८ जेठ १९ गते भएको दरबार हत्याकाण्डसँगै नेपालबाट राजतन्त्र सकिएको बताएका छन् ।

एमालेले हीरक जयन्तीको अवसरमा ललितपुरको गोदावरीमा गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उनले यसो भनेका हु्न् ।

२००७ सालमा डोकामा दिल्लीबाट राजालाई बोकेर ल्याए जस्तै राजा वीरेन्द्रको वंशनाश भएपछि ज्ञानेन्द्र शाहलाई गद्दीमा राखिएको पनि टिप्पणी गरे ।

‘दरबार हत्याकाण्डपछि २००७ सालपछि डोकामा बोकेर दिल्लीबाट ल्याए जस्तै २०५८ मा पनि कुशको राजा खडा गरियो’, उनले भने, ‘ती राजाले म मेरो दाइजस्तो होइन भनेर जनताका अधिकार खोसेर अँध्यारोतिर लैजान खोजे । २०५८ जेठ १९ गते वीरेन्द्रको वंशनाशसँगै राजतन्त्र सकिएको थियो । तर त्यसलाई औपचारिक रुपमा बिदाइ गर्न हामीले संघर्ष गर्नुपर्‍यो ।’

प्रकाशित मिति : १० बैशाख २०८१, सोमबार  ३ : ३० बजे

चितवन: दसैँमा ३० करोडभन्दा बढीको खसी-बोकाको व्यापार हुने अनुमान

चितवन – बडादसैँका अवसरमा चितवनमा यस वर्ष ३० करोड रुपैयाँभन्दा

चाडपर्वमा चोरी, ठगी र दुर्घटनाबाट जोगिन गण्डकी प्रदेश प्रहरीको अपिल

कास्की – गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराले बडादसैँ लगायतका चाडपर्वका

दीपक-दीपाले आज छान्ने छन् करदाता उपहारका भाग्यशाली विजेता, १७ जनाले नगद पुरस्कार पाउने

काठमाडाैँ – आन्तरिक राजस्व विभागले सञ्चालन गरिरहेको ‘करदाता प्रोत्साहन उपहार

सुनकोशीमा जिप खस्दा तीन जनाको मृत्यु, तीन बेपत्ता र चार घाइते

काठमाडौँ– सिन्धुलीको फिक्कल–६ नागथानमा काठमाडौँबाट खोटाङतर्फ जाँदै गरेको को १

ला लिगा: फराकिलो जितमा बार्सिलोनाका लागि लामिनसहित पाँच खेलाडीले गरे गोल

काठमाडाैँ – स्पेनिस ला लिगाअन्तर्गत शनिबार राति भएको रोमाञ्चक खेलमा