‘बलिदान’मा दिव्य देवको प्रवेश « Khabarhub

‘बलिदान’मा दिव्य देवको प्रवेश


१० बैशाख २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3.3k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– चलचित्र ‘बलिदान’मा अभिनेता दिव्य देव अनुबन्धित भएका छन् । उनले शनिबार निर्माण पक्षसँग सम्झौता गरेका हुन् ।

चलचित्रको मुख्य भूमिका मध्ये एकमा दिव्य देवको अभिनय रहने निर्देशक सन्तोष सेनले बताएका छन् । अब्बल अभिनय क्षमता भएका उनलाई अनुबन्ध गर्न पाउँदा टिममा उत्साह बढेको सेनको भनाइ छ ।

छायाङ्कन अगावै सार्वजनिक भएको  ‘बलिदान’को टिजरमा दिव्य देवले आवाज दिएका थिए । गत वर्ष टिजरको कामका बेला नै निर्देशकले अभिनयका लागि प्रस्ताव गरेको उनको भनाइ छ ।

दिव्य देव भन्छन्, ‘मेरो भूमिका महत्त्वपूर्ण छ । भव्यताका साथ चलचित्र बनाउने आँट भएको मेकरसँग काममा जोडिन पाउँदा खुसी लागेको छ ।’

उनी पछिल्लो समय मेकरका नजरमा परेका कलाकार हुन् । उनी नाटक पृष्ठभूमिका कलाकार हुन् ।  उनले  ‘चिसो एस्ट्रे’, ‘हिजो आजका कुरा’, ‘दि सेक्रेट्स अफ राधा’, ‘महाजात्रा’ लगायतका चलचित्रमा अभिनय गरेका छन्

नायक बिराज भट्टका छोरा समीरको डेब्यू रहने यस फिल्म आसुसेन फिल्मस्‌को ब्यानरमा बन्दै छ ।  यस फिल्ममा अभिनेता सौगात मल्ल, अर्पण थापा नायिका  ऋचा शर्मा अनुबन्ध भइसकेका छन् ।

यसै वर्ष रिलिज हुने फिल्मका लागि इटहरीमा सेट डिजाइनको काम भइरहेको छ । यसको छायाङ्कन करिब ६० प्रतिशत स्टुडियोमा नै हुने निर्माण पक्षले जनाएको छ ।

देशको अस्मिता जोगाउन एक युग पुरुष कसरी जन्मिछ भन्ने कथाको वरपर यो चलचित्र बन्ने निर्माण पक्षले यसअघि नै जानकारी दिएको छ ।

यस चलचित्रमा निर्माता पवन ब्राडफोर्ड विष्ट र सह-निर्माता प्रेम पुरी रहेका हुन् ।

प्रकाशित मिति : १० बैशाख २०८१, सोमबार  ५ : ५५ बजे

कांग्रेस विशेष महाधिवेशन : मिलाइदिन भृकुटीमण्डप व्यवस्थापन विभागलाई पत्र

काठमाडौं– नेपाली कांग्रेसले विशेष महाधिवेशनका लागि भृकुटीमण्डप परिसरका विभिन्न स्थान

पूर्वगृहमन्त्री लेखकमाथिको प्रतिबन्ध फुकुवा

काठमाडौं– भाद्र २३ र २४ को घटनासम्बन्धी जाँचबुझ आयोगले पूर्व

आइतबारसम्म सम्झौता नभए आन्दोलन गर्छौं : दुर्गा प्रसाईं

काठमाडौं– राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति तथा नागरिक बचाऊ अभियानका संयोजक

निकोलस भुसाल र हरिश विष्टको जीवनरक्षा गरियोस् : राष्ट्रिय मानव अधिकार आयोग

काठमाडौं– विगत १० दिनदेखि काठमाडौंको माइतीघरमा आमरण अनशनमा रहेका डा.

भोटखोलास्थित सीमा स्तम्भ निरीक्षण

किमाथांका – सङ्खुवासभाको जिल्लाको उत्तरी क्षेत्र भोटखोला गाउँपालिका–१, किमाथांका नाकास्थित