१० हजार ४ सय केजी प्याजसहितको गाडी नियन्त्रणमा | Khabarhub Khabarhub

१० हजार ४ सय केजी प्याजसहितको गाडी नियन्त्रणमा


१० बैशाख २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


4.7k
Shares
  • change font
  • change font
  • change font

बुटवल– रुपन्देही जिल्लाको सिद्धार्थनगर नगरपालिका–५ स्थित दोगरा इलाकाबाट आइतबार सशस्त्र प्रहरीले करिब ५ लाख ३० हजार रुपैयाँ बराबरको १० हजार ४ सय के.जी. प्याज र बोरा सिलाउने मेशिनसहितको गाडी नियन्त्रणमा लिएको छ ।

भारतबाट अवैध रूपले नेपालमा ल्याई राखेको प्याज र मेशिन ग १ ख ९२२६ नम्बरको आईचर गाडीमा लोड गरिरहेको अवस्थामा नं. २७ गण रुपन्देहीले नियन्त्रणमा लिएको हो ।

नियन्त्रणमा लिइएको सामान र गाडी भैरहवा भन्सार कार्यालय बेलहियामा बुझाइएको छ । गाडीको भन्सार दाखिला मूल्य २५ लाख कायम भएको छ ।

प्रकाशित मिति : १० बैशाख २०८१, सोमबार  ६ : ४६ बजे

दुनाटपरीको प्रयोग बढाउन प्रदेश प्रमुख भट्टको आग्रह

गण्डकी – गण्डकी प्रदेश प्रमुख डिल्लीराज भट्टले प्लास्टिकजन्य सामग्रीको विकल्पमा

स्थानीय तहमा अनावश्यक कर्मचारी नराख्न निर्देशन

काभ्रेपलाञ्चोक – अख्तियार दुरुपयोग अनुसन्धान आयोगका सचिव रामेश्वर दङ्गालले स्थानीय

‘मौरिस हर्गोज’ पदमार्गको प्रवर्द्धनका लागि म्याग्दीका जनप्रतिनिधिको पदयात्रा

म्याग्दी – म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ मा रहेको अन्नपूर्ण प्रथम हिमालको

जापानी विदेशमन्त्री आइतबार नेपाल भ्रमणमा आउँदै

काठमाडौं – जापानकी विदेश मन्त्री कामिकावा योको यही वैशाख २३

विश्वकप खेल्न जाने नेपाली क्रिकेट टोलीको बिदाइ (तस्बिरहरू)

काठमाडौं । नेपाल क्रिकेट एशोसियसन (क्यान)ले आईसीसी टी–२० विश्वकप खेल्ने