व्यास गुफा परिसरमा सन्ध्याकालीन गङ्गा आरती हुने | Khabarhub Khabarhub

व्यास गुफा परिसरमा सन्ध्याकालीन गङ्गा आरती हुने


१० बैशाख २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


96
Shares
  • change font
  • change font
  • change font

तनहुँ । चार वेद १८ पुराणका रचयिता भगवान् वेद व्यासको जन्मस्थलमा गङ्गा आरती गरिने भएको छ । व्यास गुफा एक पवित्र धार्मिकस्थल भएकाले व्यास भूमि अगाडि रहेको मादी र सेती नदीको तटमा गङ्गा आरती गरिने भएको हो ।

व्यास गुफा परिसरमा स्वदेशी तथा विदेशी धार्मिक पर्यटकलाई आकर्षित गर्ने उद्देश्यले आगामी वर्ष २०८२ वैशाख १ गतेबाट सन्ध्याकालीन गङ्गा आरती गर्ने योजनासहित काम भइरहेको व्यास क्षेत्रका प्रमुख संरक्षक एवं शान्ति श्वरुपानन्द दामोदर बाबाले जानकारी दिए ।

व्यास नगरपालिकामा रहेको पवित्र व्यास गुफा परिसरको अगाडि मादी र सेती गङ्गा तटमा विशेष मञ्च बनाई सन्ध्या गङ्गा आरती गर्ने उनले बताए । उनले भने, “सुरुबाट नै यो योजना नसोचिएको होइन । तर, जग्गाको अभावमा काम अगाडि बढाउन सकिएको थिएन । अब नदीको धार दक्षिणतिर गएकाले तटबन्ध निर्माण गरी सन्ध्याकालीन गङ्गा आरती गर्ने ठाउँ बनाउनेछौँ ।”

गङ्गा आरतीका लागि मञ्च, भक्तजन रहने स्थान तथा अन्य भौतिक संरचनाका अतिरिक्त नित्य सन्ध्या आरती गर्ने बटुक, सरसामग्रीको आवश्यकता पर्दछ । स्वदेशी तथा विदेशी धार्मिक पर्यटकलाई आकर्षित गर्ने उद्देश्यका साथ सन्ध्याकालीन आरतीको व्यवस्था गर्न लागिएको शान्ति स्वरूपानन्द बाबाको भनाइ छ ।

प्रकाशित मिति : १० बैशाख २०८१, सोमबार  ९ : ४९ बजे

ट्रम्पले गभर्नरलाई दिए राजीनामा दिन निर्देशन

वासिङ्टन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकीे केन्द्रीय बैङ्क फेडरल

बिहीबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैङ्कले बिहीबारका लागि विदेशी मुद्राको विनिमय

बिहीबार भगवान विष्णुको पूजा

काठमाडौं – आज २०८२ साल भदौ ५ गते बिहीबार। भाद्र

आज २०८२ साल भदौ ५ गते बिहीबारको राशिफल

काठमाडौं – आज २०८२ साल भदौ ५ गते बिहीबार। भाद्र

रौतहटमा चक्कु प्रहार गरी २१ वर्षीय युवकको ह*त्या

रौतहट – यमुनामाई गाउँपालिका–५ फतुवाका २१ वर्षीय युवक साहबुदिन मियाँको