कान्तिपुरका अध्यक्ष सिरोहिया धनुषा प्रहरीको हिरासतमा « Khabarhub

कान्तिपुरका अध्यक्ष सिरोहिया धनुषा प्रहरीको हिरासतमा


९ जेठ २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


156
Shares
  • change font
  • change font
  • change font

धनुषा – नागरिकताको अनुसन्धानका लागि पक्राउ परेका कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई जिल्ला प्रहरी कार्यालय धनुषाले हिरासतमा लिएको छ । उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले मंगलबार पक्राउ गरेर धनुषा ल्याएपछि उनलाई जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखेको हो ।

धनुषा जिल्ला प्रशासनले दिएको नागरिकताको नम्बर अर्को व्यक्तिसँग मिलेको भन्दै उजुरी परेपछि प्रहरीले अनुसन्धानका लागि मंगलबार कान्तिपुरको थापाथलीस्थित केन्द्रीय कार्यालयबाट पक्राउ गरेर बिपी राजमार्ग हुँदै बुधबार बिहान धनुषा ल्याएको हो ।

कान्तिपुर कार्यालयमा पुगेर उपत्यका अपराध अनुसन्धान कार्यालय काठमाडौंका एसएसपी सानुकुमार भट्टराई र एसपी रवीन्द्र रेग्मीसहितको टोलीले सिरोहियालाई नियन्त्रणमा लिएका थिए ।

सिरोहिया पक्राउ परेको विरोधमा बुधबार बिहान रातिदेखि नै धनुषामा प्रदर्शन भइरहेको छ । सिरोहिया पक्राउ परेकोप्रति नेपाल पत्रकार महासंघ र मिडिया संवद्ध निकायले विरोध गरेका छन् ।

यो पनि पढ्नुहोस्

सिरोहिया पक्राउ पर्नुमा प्रहरीका ६ आधार

पक्राउ परे कैलाश सिरोहिया

सिरोहियालाई पक्राउ गरिनु अलोकतान्त्रिक कदम : देउवा

सिरोहियाको गिरफ्तारी अत्यन्त निन्दनीय छ : अध्यक्ष पोखरेल

सिरोहिया पक्राउको विरोधमा जनकपुरका युवा प्रदर्शनमा

गृहमन्त्रीलाई सिरोहियाको चुनौती : तपाईंविरूद्ध पनि दुई राहदानीको मुद्दा छ

कान्तिपुरका अध्यक्ष सिरोहियाको गिरफ्तारीले उब्जाएको प्रश्न

प्रकाशित मिति : ९ जेठ २०८१, बुधबार  ८ : २० बजे

राष्ट्रपतिद्वारा ‘क्रिसमस डे’को शुभकामना

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले विविधताबीचको राष्ट्रिय एकतालाई थप मजबुत तथा

‘प्रचण्ड र रविको चुनावी तालमेल भन्ने समाचार झुटो हो’

काठमाडौं – नेपाली कम्युनिस्ट पार्टी (नेकपा) संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’को

डिसेम्बर २५ : विश्वभर क्रिसमसको रौनक (फोटो फिचर)

काठमाडौं – आज विश्वभरका क्रिस्चियनले क्रिसमस मनाउँदै छन्। क्रिश्चियन धर्मका

क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु

काठमाडौं – कोशी प्रदेशका प्रतिभाशाली क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु