आईपिएलको एलिमिनेटरमा आज आरसिबी र राजस्थानको भिडन्त « Khabarhub

आईपिएलको एलिमिनेटरमा आज आरसिबी र राजस्थानको भिडन्त


९ जेठ २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


801
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपिएल) अन्तर्गत बुधबार एलिमिनेटरमा रोयल च्यालेन्जर्स बैंग्लोरु (आरसिबी) र राजस्थान रोयल्सले प्रतिस्पर्धा गर्दैछन्।

आरसिबी लगातार ६ खेलमा जित निकाल्दै एलिमिनेटरमा प्रतिस्पर्धा गर्न पुगेको हो। यता राजस्थान भने सुरुवातामा राम्रो प्रदर्शन गरेर पछिल्लो पाँच खेलमा एउटा पनि जित निकाल्न नसके पनि तेस्रो स्थानमा रहँदै एलिमिनेटर खेल्न पुगेको हो।

आरसिबी फममा रहेको र राजस्थानको कमजोर प्रदर्शनमाथि फाइदा उठाउने धेरै क्रिकेट पण्डितको मत छ। आरसिबीका ओपनर विराट कोहली राजस्थानका लागि घातक हुनसक्छन्। यो सिजनमा सबैभन्दा बढी रन बनाएका कोहलीकै प्रदर्शनका कारण आरसिबी प्लेअफमा पुगेको हो। उनले ५९ वटा चौका र ३७ वटा छक्कासहित सर्वाधिक ७०८ रन बनाएका छन्।

राजस्थानका ओपनर यशस्वी जैसवालले पछिल्ला खेलमा राम्रो प्रदर्शन गर्न नसक्दा राजस्थान कमजोर देखिएको छ।

आजको खेलमा पराजित टिमको आईपिएल यात्रा सामाप्त हुनेछ भने विजयी टिमले पहिलो क्वालिफायरमा पराजित सनराइजर्स हैदरावादसँग दोस्रो क्वालिफायरमा प्रतिस्पर्धा गर्नेछ।

पहिलो क्वालिफायरमा कोलकाता नाइट राइडर्ससँग ८ विकेटले पराजित हुँदै हैदरवाद तेस्रो क्वालिफायरमा पुगेको छ। कोलकाता सिधै फाइनल पुगिसकेको छ। दोस्रो क्वालिफायरको विजेताले कोलकातासँग फाइनल खेल्नेछ।

प्रकाशित मिति : ९ जेठ २०८१, बुधबार  ९ : ०० बजे

काठमाडौँ आइपुगे डोनाल्ड ट्रम्पका विशेष दूत, प्रधानमन्त्री बालेनसँग होला भेट ?

काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका दक्षिण तथा मध्य एसिया

डीडीसी महाप्रबन्धकको जिम्मेवारी सहसचिव डा. शरण पाण्डेलाई

काठमाडौं । कृषि तथा पशुपन्छी विकास मन्त्रालयका सहसचिव डा. शरण

रोल्पामा भएको जीप दुर्घटनाबारे छानबिन गर्न समिति गठन

काठमाडौं – रोल्पाको थवाङ गाउँपालिका–१ सल्यापस्थित कच्ची सडकखण्डमा आज दिउँसो

स्ट्रेट अफ हर्मुजमा नाकाबन्दी जारी रहने ट्रम्पको उद्घोष

वाशिङगटन – अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले स्ट्रेट अफ हर्मुज नाकाबन्दी

नारामा केन्द्रित नभई नतिजा केन्द्रित बजेट आवश्यक : पूर्वअर्थमन्त्री खनाल

काठमाडौं – पूर्वअर्थमन्त्री रामेश्वरप्रसाद खनालले आगामी आर्थिक वर्षको बजेट आकार