सिरोहिया पक्राउबारे रास्वपा भन्छ : अदालतको अनुमतिमा अनुसन्धान गरिनु प्रेस स्वतन्त्रता हनन होइन « Khabarhub

सिरोहिया पक्राउबारे रास्वपा भन्छ : अदालतको अनुमतिमा अनुसन्धान गरिनु प्रेस स्वतन्त्रता हनन होइन

नाफा कमाउने व्यक्ति र श्रमजीवी पत्रकार एकै नहुने जवाफ


९ जेठ २०८१, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


8.9k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं-राष्ट्रिय स्तवन्त्र पार्टीले कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहिया प्रकरणमा बुधबार लिखित धारणा सार्वजनिक गरेको छ ।

रास्वपा सभापतिसमेत रहेका गृहमन्त्री रवि लामिछानेले प्रतिशोधस्वरुप सिरोहियालाई नागरिकता कसुरमा पक्राउ गरेको आरोप लागिरहेका बेला महामन्त्री मुकुल ढकालले लिखित धारणा सार्वजनिक गरेका हुन् ।

उनले रास्वपा बहुलवादी शक्ति भएको बताउँदै संविधानमा निर्दिष्ट नागरिक स्वतन्त्रता, मौलिक हक, मानव अधिकार, प्रेस स्वतन्त्रता तथा निष्पक्ष र सक्षम न्यायपालिका र कानुनी राज्यको अवधारणामा प्रतिबद्ध रहेको पनि उल्लेख गरेका छन् ।

‘धनुषा जिल्ला अदालतको अनुमति लिएर किर्ते नागरिकताको गम्भीर अभियोगबारे अनुसन्धान गर्न प्रहरीले हिजो व्यवसायी कैलाश सिरोहियालाई पक्राउ गरिएको तथ्य हाम्रो जानकारीमा आएको छ’, रास्वपाले भनेको छ,‘नागरिकको आत्मसम्मान र खुला लोकतान्त्रिक समाजका सम्पूर्ण हक-अधिकारको उपयोगमा आँच नपुग्ने गरी विधिको शासनअनुरूप कदम चाल्न सरकार सक्षम छ भन्नेमा हामी विश्वस्त छौँ ।’

लोकतान्त्रिक मुलुकमा विधिको शासनको अर्को सौन्दर्य रहेको बताउँदै रास्वपाले कानुन भन्दामाथि कोही नहुने पनि उल्लेख गरेको छ।

‘जो जतिसुकै शक्तिशाली भए पनि कानुनको पालना सबैले गर्नै पर्छ भन्ने मान्यता स्थापित हुनु लोकतन्त्रको जीत हो’, महामन्त्री ढकालले भनेका छन्, ‘कोही-कोहीलाई छुनै हुन्न’ भन्नु सामन्ती कायरता हो । यस्ता पूर्वाग्रहकै बलमा मुलुकको राजनीतिक प्रणाली विकृत हुँदै गएको कुरामा राष्ट्रिय स्वतन्त्र पार्टी स्पष्ट छ ।’

विगतमा लोकतन्त्र स्थापनाका लागि लडेकाहरूप्रति रास्वपाले सम्मान गर्ने पनि उनले जनाएका छन् ।

‘एक समयको योगदानको बहानामा केही व्यक्ति, दल र संस्था भ्रष्टाचार र गैरकानुनी मिलीभगतमा निरन्तर संलग्न भएको पाइएमा पनि कानुनी उन्मुक्ति हुने अनैतिक अपेक्षा हामीलाई अस्वीकार्य छ’, रास्वपाले भनेको छ ।

ढकालले नाफा कमाउने व्यापारी र समाचार लेख्ने श्रमजीवी एकै नरहेको पनि बताएका छन् ।

‘नाफामूलक निजी व्यवसाय गर्ने व्यक्ति र समाचार लेख्ने श्रमजीवी पत्रकार एकै होइनन् । अदालतको अनुमति लिएर पर्याप्त आधारसहित अनुसन्धान गरिनु प्रेस स्वतन्त्रताको हनन होइन’, उनले भनेका छन्, ‘यसको अपव्याख्याले प्रेसलाई स्वतन्त्र होइन अनुचित लेनदेनको दासी सञ्जाल बनाउँछ ।’

ढकालले न्यायको विधि पुर्‍याएर यसको निरुपण हुनुपर्ने जनाएको छ । ‘न्यायको विधि पुगोस् । सञ्चारमाध्यमहरू लोभ, त्रास र सौदाबाजीका अस्त्र बने भने राज्य जाग्न पर्छ भन्ने सन्देश जनतामा जाओस् । अन्ततः लोकतान्त्रिक कानुनी राज्यको जीत होस्’, उनले भनेका छन् ।

 

प्रकाशित मिति : ९ जेठ २०८१, बुधबार  १ : २८ बजे

कांग्रेस प्रवक्ता चालिसेलाई प्रश्न- डिजिटल कांग्रेसमा नअटाएका देउवा- शेखरको बाटो कता सोझिएला ?

बिहीबार राति १२ बजेदेखि नेपाली कांग्रेसको डिजिटल क्रियाशील सदस्यता अद्यावधिक

रास्वपा बागमती प्रदेश अधिवेशनमा मतदान

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को बागमती प्रदेश अधिवेशनअन्तर्गत

बाजुराको लाम्पाटामा पुग्यो सशस्त्र प्रहरीको टोली

काठमाडौं– बाजुरा र हुम्लाको सीमा विदाद भएको स्थानमा सशस्त्र प्रहरीको

रास्वपाको बागमती अधिवेशन : विद्युतीय मेसिनबाट मतदानको तयारी

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीको बागमती प्रदेशको अधिवेशनअन्तर्गत केहीबेरपछि मतदान हुँदैछ

पाकिस्तानमा ७६३ अफगान कैदी रिहा, ३७ सय शरणार्थी स्वदेश फिर्ता

एजेन्सी– पाकिस्तानले गत हप्तामा मात्र ७६३ अफगान कैदीहरूलाई जेलबाट मुक्त