युक्रेनी क्षेत्रमा रुसले शुरु गर्‍यो आणविक हतियारको परीक्षण « Khabarhub

युक्रेनी क्षेत्रमा रुसले शुरु गर्‍यो आणविक हतियारको परीक्षण


९ जेठ २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.9k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– युक्रेन युद्धकाबीच रुसी सेनाले इस्कान्डरकिन्जल मिसाइलको प्रयोग गरी रणनीतिक आणविक परीक्षण सुरु गरेको छ । रुसी रक्षा मन्त्रालयले मंगलबार यी परीक्षणहरू युक्रेनको दक्षिणी सैन्य क्षेत्रमा गरेको बताएको छ । यो क्षेत्र एकदम ठूलो छ। रुसले परीक्षणहरू कहाँ भइरहेको छ भन्ने ठ्याक्कै बताएको छैन ।

रुसले यो क्षेत्र युद्धको सुरुवाती दिनमा कब्जा गरेको थियो । बेलारुस पनि यस परीक्षणमा सहभागी हुने अपेक्षा गरिएको छ। गत वर्ष रुसले बेलारुसमा सामरिक आणविक हतियार तैनाथ गर्ने घोषणा गरेको थियो ।

रुसले यो परीक्षणबाट पश्चिमी देशहरूको धम्कीको जवाफ दिने प्रयास गरिरहेको छ । गत महिना मात्र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले आफ्नो सेनालाई आणविक हतियार अभ्यास गर्न आदेश दिएका थिए । यसमा उनले युक्रेनी सीमा नजिक तैनाथ नौसेना र सैनिकलाई पनि सहभागी हुन आग्रह गरेका छन् ।

रुसले यस्तो परीक्षण गरिरहेको छ जब केही दिन अघि नाटो र पश्चिमी देशहरूले युक्रेनलाई सहयोग गर्न सेना पठाउने कुरा गरेका थिए । फ्रान्सेली राष्ट्रपति इमानुएल म्याक्रोनले गत महिना युक्रेनले सहयोग मागेमा त्यहाँ आफ्ना सेना पठाउन सक्ने बताएका थिए ।

बेलायती विदेशमन्त्री डेभिड क्यामरुनले पनि युक्रेनले चाहेमा रुसमाथि आक्रमण गर्न बेलायती हतियार प्रयोग गर्न सक्ने बताएका थिए ।

अमेरिकाले अप्रिलमा युक्रेनलाई १२ एटीएसीएमएस मिसाइल दिएको थियो । यसको दायरा ३०० किलोमिटर छ, जसको मतलब यदि यसलाई युद्धमा प्रयोग गरियो भने, यसले रूस भित्र ३०० किलोमिटरसम्म आक्रमण गर्न सक्छ ।

यसपछि अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केनले गत हप्ता मात्रै युक्रेनको भ्रमण गरेका थिए । रुस र युक्रेनबीचको युद्ध फेब्रुअरीमा तेस्रो वर्षमा पुगेको थियो । 

प्रकाशित मिति : ९ जेठ २०८१, बुधबार  २ : २५ बजे

क्रिप्टो कारोबारको अदृश्य सञ्जाल : ७५ प्रतिशत संलग्न युवा, विद्यार्थी र कर्मचारी जोखिममा

काठमाडौं- नेपालमा पूर्ण रूपमा प्रतिबन्धित रहेको भर्चुअल एसेट (क्रिप्टोकरेन्सी) को

निर्वाचनको वातावरणका निर्माणका लागि संसद् पुनर्स्थापनाको मुद्दा टुङ्गोमा पुर्‍याउन आग्रह

काठमाडौं– कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले फागुन २१ गतेको

एक्सन फिल्म ‘प्रतिवैरम’को टिजर सार्वजनिक

काठमाडौं – रोशन दासको निर्देशनमा बनेको फिल्म एक्सन प्रधान फिल्म

डा. बाबुराम भुल बने नेपाल विश्वविद्यालयबाट पहिलो विद्यावारिधि गर्ने व्यक्ति

काठमाडौं– डा. बाबुराम भुल नेपाल विश्वविद्यालयबाट पहिलो विद्यावारिधि गर्ने व्यक्ति

‘कुमारी’ निर्देशक राउतलाई प्रश्न : मल्टिरस्टार ‘महाभोज’को ठक्करले डेब्यू कलाकार लिनुभयो ?

काठमाडौं – लभस्टोरी फिल्म निर्देशनबाट चिनिएका दिनेश राउत पछिल्लो समय