शेयर बजारमा उछाल कायमै, १५.५४ अंकले बढ्यो नेप्से  « Khabarhub

शेयर बजारमा उछाल कायमै, १५.५४ अंकले बढ्यो नेप्से 


९ जेष्ठ २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.3k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– चार दिन यता शेयर बजारको उत्साह निरन्तर कायमै रहेको छ । शेयर बजारको उत्साह बुधबार पनि निरन्तरता पाएको छ । आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से) १५.५४ अंकले बढेको छ । बुधबार नेप्से ०.७३ प्रतिशतले बढेर २१३१.४९ विन्दु कायम भएको छ ।

आज नेप्से ५ अर्ब ६८ करोड ७६ लाख ८० हजार रुपैयाँ रुपैयाँ बराबरको १ करोड ४४ लाख १९ हजार ५२१ कित्ता शेयर ७८ हजार ५१ पटक किनबेच भएको छ ।

आज ३१८ वटा कम्पनीको शेयर कारोबार हुँदा ८१ वटा कम्पनीको शेयर मूल्य बढको छ भने १६१ वटा कम्पनीको शेयर मूल्य भने घटेको छ । ५ वटा कम्पनीको शेयर मूल्य भने स्थिर रहेको छ ।

आज सेन्सेटिभ इन्डेक्स ५.०६ अंकले, फ्लोट इन्डेक्स १.५३ अंकले र सेन्सेटिभ फ्लोट इन्डेक्स २.२४ अंकले बढेको छ ।

आज सबैभन्दा बढी होटल एण्ड टुरिजम सेक्टरको शेयर बढको छ । उक्त समूह ९८.२४ अंकले बढेको छ । वाणिज्य बैंकको पनि ४८.४४ अंकले बढेको छ । आज १३ वटा समूहमा ४ वटा समूहको शेयर मूल्य बढेको छ भने ९ वटा समूहको शेयर मूल्य घटेको छ ।

आज एउटा लघुवित्तको र एउटा हाइड्रोपावरको शेयर मूल्य १० प्रतिशतले बढेर सकारात्मक सर्किट लागेको छ ।

प्रकाशित मिति : ९ जेष्ठ २०८१, बुधबार  ३ : १७ बजे

शरद् ऋतुमा हिमाल आरोहणबाट ३२ करोड बढी राजस्व सङ्कलन

काठमाडौं – शरद् ऋतुमा नेपालका विभिन्न हिमाल आरोहण अनुमति प्रदान

सिँचाइ र नदी नियन्त्रणमा गति : मनसुनअघि ८० भन्दा बढी आपतकालीन ठेक्का

काठमाडौं – ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयअन्तर्गतको जलस्रोत तथा सिँचाइ

दुग्ध विकास संस्थानका तत्कालीन महाप्रबन्धकसहित आठ जना पक्राउ

काठमाडौं – नेपाल प्रहरीले सरकारी स्वामित्वको दुग्ध विकास संस्थान (डिडिसी)लाई

पक्राउ परेका सबै पत्रकार रिहा

काठमाडौं – समाचार कक्षबाट पक्राउ परेका सबै पत्रकार रिहा भएका

कतारको प्रतिनिधिमण्डल वार्ताका लागि तेहरानमा

तेहरान – मध्यपूर्वको युद्ध अन्त्यका लागि वार्ता गर्न कतारको एक