भ्रष्टाचार मुद्दामा लुम्बिनीका पूर्वमन्त्री यादवसहित १९ जनालाई सफाइ | Khabarhub Khabarhub

भ्रष्टाचार मुद्दामा लुम्बिनीका पूर्वमन्त्री यादवसहित १९ जनालाई सफाइ


९ जेठ २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


906
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- वनको काठ र दाउरा हिनामिना गरेको आरोपमा भ्रष्टाचार मुद्दा लागेका लुम्बिनी प्रदेशस्थित राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद एवम् पूर्वमन्त्री जानकीप्रसाद यादवसहित १९ जनाले सफाइ पाएका छन् ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गत फागुन ८ गते राप्रपा सांसद यादव र लुम्बिनी प्रदेशका तत्कालीन वन निर्देशक कृष्णदत्त भट्टसहित १९ जनाविरुद्ध दायर गरेको भ्रष्टाचार मुद्दा विशेषका अध्यक्ष टेक नारायण कुँवर तथा न्यायाधीशहरू रामबहादुर थापा र मुरारीबाबु श्रेष्ठको संयुक्त इजलासले बुधबार सफाइ दिएको हो ।

उनीहरूविरुद्ध आर्थिक वर्ष ०७४/७५ र ०७५/७६ मा कपिवस्तुको बुद्धभूमि गाउँपालिकास्थित गौतम बुद्ध सामुदायिक वन उपभोक्ता समितिको काठ तथा दाउराको राजस्व हिनामिना अभियोगमा अख्तियारले विशेष अदालतमा मुद्दा दायर गरेको थियो ।

२९ लाख १२ हजार १ सय ९३ रुपैयाँ बिगो कायम गरेर दायर भएको मुद्दा उक्त मुद्दामा सफाइसँगै सांसद यादव स्वत: पुनर्वहाली भएका छन् ।

उनीहरूविरुद्ध ६ हजार ७ सय ६१ क्युफिट काठ र ४.५४ चट्टा दाउरा बापत आउने राजस्व नै दाखिला नगरी सार्वजनिक सम्पत्ति हानिनोक्सानी गरेको अभियोग अख्तियारले लगाएको थियो ।

यादव लुम्बिनी क्षेत्र नम्बर ३(२) बाट गत निर्वाचनमा राप्रपाबाट निर्वाचित सांसद हुन् । एमाले नेता लीला गिरी लुम्बिनीको मुख्यमन्त्री हुँदा यादव उद्योग, पर्यटन तथा यातायात व्यवस्थामन्त्री भएका थिए । २०७९ वैशाखमा भएको स्थानीय तह निर्वाचनमा विजयनगर गाउँपालिका अध्यक्षका उम्मेदवार पनि बनेका थिए ।

प्रकाशित मिति : ९ जेठ २०८१, बुधबार  ७ : ४६ बजे

मधेश प्रदेश सरकारद्वारा चालु आवमा ७१ प्रतिशतभन्दा बढी रकम खर्च

जनकपुरधाम – मधेश प्रदेश सरकारले चालु आर्थिक वर्षमा कुल बजेटको

सभामुखले भने : लोकतन्त्रको विकल्प छैन

भक्तपुर – सभामुख देवराज घिमिरेले लोकतन्त्रको विकल्पमा अरू कुनै व्यवस्था

पूर्वनिर्वाचन आयुक्त इला शर्माको निधन

काठमाडौं – पूर्वनिर्वाचन आयुक्त एवं पूर्वपत्रकार इला शर्माको हृदयाघातका कारण

स्थानीय उत्पादन प्रवर्द्धन गर्दै टीकापुर नगरपालिका

कैलाली – टीकापुर नगरपालिका नगरप्रमुखको कार्यकक्षमा प्रवेश गर्नेबित्तिकै देखिन्छन्, चिटिक्क

नेपालसँगको सम्बन्धलाई चीनले प्राथमिकतामा राखेको छ : झलनाथ खानाल

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का सम्मानित नेता एवं