आयरल्यान्ड, नर्वे र स्पेनद्वारा प्यालेस्टाइनलाई स्वतन्त्र राज्यको मान्यता « Khabarhub

आयरल्यान्ड, नर्वे र स्पेनद्वारा प्यालेस्टाइनलाई स्वतन्त्र राज्यको मान्यता


९ जेठ २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


81
Shares
  • change font
  • change font
  • change font

दोहा । आयरल्याण्ड, नर्वे र स्पेनले बुधबार प्यालेस्टिनी राज्यलाई मान्यता दिने निर्णय गरेका छन् ।

प्यालेस्टाइन लिबरेशन अर्गनाइजेसन र इस्लामिक समूह हमासले यूरोपेली राष्ट्रहरूले प्यालेष्टाइनलाई स्वतन्त्र राज्यका रूपमा दिएको मान्यताप्रति आभार प्रकट गर्दै निर्णयको स्वागत गरेका छन् ।
प्यालेष्टाइनलाई मान्यता दिने कदमको इजरायलले कडा विरोध गरेको छ ।

प्यालेष्टाइनलाई मान्यता दिने कदमको इजरायलले कडा विरोध गरेको छ । हमासले अक्टोबर ७ मा इजरायलमाथि एकाएक गरेको आक्रमणपछि इजरायलले गाजामा कारबाही केन्द्रित गरेपछि यस क्षेत्रमा अहिलेसम्मकै सबैभन्दा रक्तपातपूर्ण युद्ध भड्किएको छ ।

आयरल्यान्ड, नर्वे र स्पेनले गाजा युद्धको सात महिनापछि मे २८ पछि प्यालेस्टिनी राज्यलाई औपचारिक मान्यता दिने घोषणा गरेका हुन् ।

“हामी यसलाई हाम्रो भूमिमा हाम्रो अधिकार पुष्टि गर्ने दिशामा एक महत्वपूर्ण कदम ठान्छौ”ं, हमासले जारी गरेको विज्ञप्तिमा भनिएको छ, “साथै, विश्वभरका देशहरूलाई हाम्रो वैध राष्ट्रिय अधिकारलाई मान्यता दिन आह्वान गर्दछौँ ।”

हमासका वरिष्ठ अधिकारी बासेम नईमले प्यालेस्टिनी जनताको ‘साहसिक प्रतिरोध’का कारण तीन युरोपेली मुलुकले यो कदम चालेको दाबी गरे । प्यालेस्टिनी जनताको एकमात्र वैध प्रतिनिधिको रूपमा अन्तर्राष्ट्रिय रूपमा हेरिएको प्यालेस्टाइन लिबरेशन अर्गनाइजेसनले यो निर्णयलाई ‘ऐतिहासिक’ भन्दै स्वागत गरेको छ ।

पीएलओ कार्यकारी समितिका महासचिव हुसेन अल शेखले सामाजिक सञ्जाल एक्समा लेखेका छन्, “आयरल्याण्ड, नर्वे र स्पेनको यो कदम ‘ऐतिहासिक क्षण’ हो । यसमा सत्य र न्यायका लागि स्वतन्त्र विश्वको विजय हुन्छ ।”

संयुक्त राज्य अमेरिकालगायत अधिकांश पश्चिमा सरकारहरूले एक दिन प्यालेस्टिनी राज्यलाई मान्यता दिन इच्छुक छन् तर यसका लागि प्यालेष्टाइनको अन्तिम सीमा र जेरुसेलमको स्थितिजस्ता जटिल मुद्दाहरूमा सहमति हुनु आवश्यक हुने उनीहरूको धारणा रहेको छ ।

प्रकाशित मिति : ९ जेठ २०८१, बुधबार  ८ : ४३ बजे

तरकारी खेतीबाट वार्षिक १० लाख बचत

सर्लाही– सर्लाहीको लालबन्दीलगायत चुरे क्षेत्र तरकारी उत्पादनको उर्वर भूमिका रूपमा

पर्यटकको रोजाइमा सुनसरीको ‘बोराबाध’

सुनसरी– सुनसरीको बराहक्षेत्र नगरपालिका–६ स्थित सप्तकोशी नदी किनारमा रहेको ‘बोराबाध’

वीरगञ्ज नाकाबाट ३३ अर्ब २१ करोडका उत्पादन निर्यात

वीरगञ्ज– वीरगञ्ज नाका हुँदै चालु आर्थिक वर्षको पहिलो चार महिनामा

पशुपतिनाथ मन्दिरभित्रका फलामे बार हटाइने

काठमाडौं– विश्वसम्पदा सूचीमा सूचीकृत पशुपतिनाथ मन्दिरबाट फलामका बार हटाइने भएको

आज आठौँ सामाजिक सुरक्षा दिवस मनाइँदै, साढे २६ लाख नागरिक आवद्ध

काठमाडौं– ‘सामाजिक सुरक्षा : सर्वव्यापी स्वस्थ्य सेवाको पहुँच, पेन्सनयोग्य समाज