एटीएफ यु–१२ टेनिसमा नेपालको पहिलो जित « Khabarhub

एटीएफ यु–१२ टेनिसमा नेपालको पहिलो जित


९ जेठ २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपालले एटीएफ यु–१२ टेनिस टिम प्रतियोगिता (दक्षिण एसियाली क्षेत्रीय छनोट) अन्तर्गत छात्रतर्फको खेलमा जित हात पारेको छ ।चार राष्ट्र रहेको समूह ‘बी’ को लिग खेलमा नेपालले भुटानलाई आज ३–० को सोझो सेटमा पराजित गरी सान्त्वना जित हात पारेको हो ।

यसअघि नेपाल श्रीलङ्का र पाकिस्तानसँग पराजित भएको थियो । यो नतिजासँगै नेपाल प्रतियोगिताबाट बाहिरिएको छ ।पहिलो सिङ्गल्समा नेपालका विश्व विशेष डल्लाकोटीले डुडु तेन्जिङलाई ६–० र ६–३ तथा निश्चल ज्ञवालीले पेल्थोप छिरिङलाई ६–२ र ६–३ को सोझो सेटमा पराजित गरे ।

डबल्समा नेपालका विश्व र साहनावाज आलमको जोडीले पेल्थोप र मिफाम छिरिङको जोडीलाई ६–० र ६–२ को सेटमा हराए ।नेपाल टेनिस सङ्घद्वारा आयोजित उक्त प्रतियोगिताको छात्रमै पाकिस्तानले श्रीलङ्का तथा भारतले बङ्गलादेशलाई समान ३–० ले पन्छाए ।

योसँगै छात्रमा सेमिफाइनल समीकरण पूरा भएको छ । सेमिफाइनलमा भारतको भेट श्रीलङ्कासँग हुनेछ भने पाकिस्तानले बङ्गलादेशको सामना गर्नेछ ।

यसैगरी छात्रामा श्रीलङ्काले नेपाललाई ३–० ले पराजित ग¥यो । सिङ्गल्समा लियङ सानुथी वोङले नेपालीकी सारा पन्तलाई ६–० र ६–० तथा श्रीलङ्काकी दाम्सिलुनी सहन्साले अनुश्री धोजुलाई ६–० र ६–१ को सोझो सेटमा पन्छाए ।

डबल्समा श्रीलङ्काका लियङले हेवासाम पथिराजाको जोडीले अनुश्री र आयुशा जिसीको जोडीलाई ६–४ र ६–३ को सेटमा पाखा लगाए । नेपालको यो लगातार तेस्रो हार हो । यसअघि नेपाल बङ्गलादेश र भारतसँग पराजित भएको थियो ।

प्रकाशित मिति : ९ जेठ २०८१, बुधबार  ९ : १७ बजे

इरानको तटीय क्षेत्रको एक भवनमा विस्फोट

तेहरान – इरानको खाडी तटमा रहेको बन्दर अब्बास शहरको एक

चुनावी सुरक्षा र निष्पक्षता सुनिश्चित गर्न अध्यक्ष ओलीको माग

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले आसन्न

आजका समाचार : घरदैलो अभियानमा व्यस्त उम्मेदवार, ओलीले मागे चुनावी सुरक्षा र गाजामा इजरायली आक्रमण जारी

न्यु टेस्टका नाममा देशलाई प्रयोगशाला नबनाऔँ : प्रवक्ता चालिसे नेपाली

सुदूरपश्चिम प्रदेश : प्रमुख दलबाट महिला उम्मेदवार न्यून

सुदूरपश्चिम– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्यको प्रत्यक्षतर्फको निर्वाचनमा

भेनेजुएलामा आम माफी विधेयक प्रस्तुत, राजनीतिक बन्दीको सम्भावित रिहाइ

एजेन्सी– भेनेजुएलाका कार्यवाहक राष्ट्रपति डेल्सी रोड्रिगेजले आम माफी विधेयक प्रस्तुत