विश्वकपको रोचक खेलमा इंग्ल्यान्डमाथि दक्षिण अफ्रिका सात रनले विजयी « Khabarhub

विश्वकपको रोचक खेलमा इंग्ल्यान्डमाथि दक्षिण अफ्रिका सात रनले विजयी


८ असार २०८१, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


1.1k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – आईसीसी टी-२० विश्वकप क्रिकेटको ‘सुपर ८’ को दोस्रो खेलमा लगातार जित निकाल्दै दक्षिण अफ्रिकाले चार अंक जोडेको छ। शुक्रबार राति सम्पन्न रोमाञ्चक खेलमा इंग्ल्यान्डविरुद्ध दक्षिण अफ्रिकाले सात रनको जित निकालेको हो। जारी विश्वकपमा दक्षिण अफ्रिकाको यो निरन्तर छैटौं जित हो।

शनिबार राति टस हारेर पहिले ब्याटिङको निम्तो पाएको दक्षिण अफ्रिकाले २० ओभरमा ६ विकेट गुमाएर १६३ रन बनाएको थियो। १६४ रनको लक्ष्य पछ्याएको इंग्ल्यान्डले ६ विकेट गुमाएर १५६ रन बनाउँदा ७ रनको पराजय भोगेको हो।

सुरुमा ब्याटिङ गरेको दक्षिण अफ्रिकाका लागि क्विन्टन डी ककले ६५ रन बनाए। ३८ बलको सामना गरेका उनले समान चारचार चौका र छक्का हिर्काएका थिए।

रिजा हेन्ड्रिक्स भने १९ रन बनाउँदा दक्षिण अफ्रिकाका लागि ओपनरले ८६ रनको साझेदारी गरेका थिए। डेभिड मिल्लरले २८ बलको सामना गर्दै नटआउट ४३ रन बनाउँदा दुई छक्का र चार चौका प्रहार गरे।

दक्षिण अफ्रिकाको आक्रामक व्याटिङलाई रोक्न इंग्ल्यान्डका जोफ्रा आर्चरले तीन विकेट लिँदा मोइन अली र अदिल रसिदले एक-एक विकेट हात पारे।

१६४ रनको लक्ष्य पछ्याएको इंग्ल्यान्डका लागि ह्यारी ब्रुकले ५३ रन बनाए। ३७ बल खेलेका उनले ७ चौका प्रहार गरेका थिए। लियाम लिभिङ्स्टोनले ३३ बनाउनुबाहेक अन्य ब्याट्सम्यानले राम्रो योगदान गर्न सकेनन्। इंग्ल्यान्डमाथि रोचक जित निकाल्न दक्षिण अफ्रिकाका बलर कागिसो रबडा र केशव महाराजले दुई–दुई विकेट लिए भने आर्नियल बार्मिन र अर्निच नोर्कीयाले एकएक विकेट हात पारे।

‘सुपर ८’ को पहिलो खेलमा अमेरिकाविरुद्ध १८ रनको जित निकालेको दक्षिण अफ्रिकाले यो जितसँगै सेमिफाइनल प्रवेशको सम्भावना बलियो बनाएको छ।

सुपर ८ को पहिलो खेलमा वेस्ट इन्डिजलाई आठ विकेटले हराएको इंग्ल्यान्ड भने दोस्रो खेल खेल्दा दुई अंकमा सीमित भएको छ। यो समूहमा अमेरिका र वेस्ट इन्डिजले खाता खोल्न सकेका छैनन्।

प्रकाशित मिति : ८ असार २०८१, शनिबार  ५ : ४४ बजे

कांग्रेस महाधिवेशन प्रतिनिधिको शुल्क ३५ सय

काठमाडौं – नेपाली कांग्रेसले १५औँ महाधिवेशनमा सहभागी हुने महाधिवेशन प्रतिनिधिको शुल्क ३

साउदीमाथि हुथी आक्रमण रोक्न पाकिस्तान सैन्य सहयोगका लागि तयार

रोम- पाकिस्तानले इरानसमर्थित हुथी विद्रोहीबाट साउदी अरबमाथि हुने आक्रमण रोक्न आवश्यक

थुनिएको मर्स्याङ्दी खुलाउने प्रयास जारी

मनाङ– अविरल वर्षापछि घट्टेखोलाको  लेदोसहितको ढुङ्गा, गिट्टी, बालुवाले थुनिएको मर्स्याङ्दी 

तुइन र गाडीमा झुन्डिँदै विद्यार्थीको जोखिमपूर्ण यात्रा

रसुवा– उत्तरगया गाउँपालिका–५ स्थित नीलकण्ठ माध्यमिक विद्यालयमा अध्ययनरत ३३ जना

तोलामै दुई हजार ८०० रुपैयाँले बढ्यो सुनको मूल्य

काठमाडौं– स्थानीय बजारमा आज सुनचाँदीको मूल्य बढेको  छ । सुनको