काठमाडौंका यी क्षेत्रमा आज विद्युत सेवा बन्द हुने | Khabarhub Khabarhub

काठमाडौंका यी क्षेत्रमा आज विद्युत सेवा बन्द हुने


८ असार २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


165
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल विद्युत प्राधिकरणले काठमाडौंका केही स्थानमा आज र भोलि विद्युत् आपूर्ति बन्द हुने भएको छ ।

प्राधिकरणले एक सूचना जारी गरी मर्स्याङ्दी काठमाडौं २२० के.भी. प्रसारण लाइन आयोजनाबाट निर्माण भएको मातातिर्थ २२० के.भी.को नयाँ कन्ट्रोल रूममा जडित सबस्टेसन अटोमेसन सिस्टमको पुरानो मातातीर्थ १३२/३३/११ के.भी. सबस्टेसन भित्रका ११ केभी इन्कमर र लाइन फिडरहरू सट डाउनमा राख्नुपर्ने भएकाले विद्युत् अवरूद्ध हुने जानकारी गराएको छ।

प्राधिकरणका अनुसार आज ११ के.भी. इन्कमर अन्तर्गत मातातीर्थ, सतुङ्गल, मच्छेगाउँ, फिर्पिङ फिडरका स्थानमा बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म विद्युत् अवरूद्ध हुने जनाएको छ ।

यस्तै, आइतबार ११ के.भी. मातातीर्थ, सतुङ्गल, मच्छेगाउँ र फर्पिङ फिडर अन्तर्गतका क्षेत्रमा विभिन्न समयमा २ घण्टा बत्ती जाने प्राधिकरणले जनाएको छ ।

प्रकाशित मिति : ८ असार २०८१, शनिबार  ८ : ३१ बजे

भारतविरुद्ध इंग्ल्यान्डको रोमाञ्चक जित, सिरिजमा २–१ को अग्रता

लन्डन– भारतविरुद्धको टेस्ट सिरिजमा इंग्ल्यान्डले दोस्रो जित निकालेको छ ।

पाकिस्तानमा मनसुनको प्रकोपः १११ जनाको मृत्यु, थप वर्षाको चेतावनी

इस्लामाबाद – पाकिस्तानमा जून अन्त्यदेखि सुरु भएको मनसुन वर्षाले अहिलेसम्म

बबई नदीमा नुहाउने क्रममा बेपत्ता भएका दुई जनाको शव भेटियो

दाङ – बबई नदीमा नुहाउने क्रममा आज दिउँसो डुबेर बेपत्ता

माडीमा रेबिजको सङ्क्रमण बढ्दो

चितवन – चितवन को माडी नगरपालिकामा रेबिजको सङ्क्रमण बढेको छ

बीमा प्राधिकरणका अध्यक्ष ओझा निलम्बित, छानबिन गर्न समिति गठन

काठमाडौं – बिमा प्राधिकरणका अध्यक्ष शरद ओझा पदबाट निलम्बित भएका