भारतको सीफूड निर्यात हालसम्मकै उच्च | Khabarhub Khabarhub

भारतको सीफूड निर्यात हालसम्मकै उच्च


८ असार २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– भारतले आर्थिक वर्ष २०२३–२४ मा हालसम्मकै सबैभन्दा धेरै सीफूड निर्यात गरेको छ ।

भारतको वाणिज्य तथा उद्योग मन्त्रालयका अनुसार सो अवधिमा भारतले १७ करोड ८१ लाख ६ सय २ मेट्रिक टन सीफूड विदेश निर्यात गरेको छ ।

यसबाट भारतले ६० हजार ५ सय ३२ करोड भारु आम्दानी भएको मन्त्रालयको तथ्यांकमा उल्लेख गरिएको छ ।

सीफूडमा भारतबाट सबैभन्दा धेरै ‘फ्रोजन स्रिम्प’ निर्यात भएको जनाइएको छ । फ्रोजन स्रिम्पको निर्यातबाट भारतले सो अवधिमा ४० हजार १३ करोड भारु आम्दानी गरेको भारतीय समाचार संस्था एएनआईले जनाएको छ ।

भारतबाट सबैभन्दा धेरै सीफूड अमेरिका निर्यात भएको पाइएको छ । अमेरिकाले भारतबाट २ अर्ब ५४ करोड डलर बराबरको सीफूड आयात गरेको जनाइएको छ ।

आर्थिक वर्ष २०२३–२४ मा अमेरिकापछि चीन र जापानतर्फ भारतीय सीफूड सबैभन्दा धेरै निर्यात भएको मन्त्रालयले जनाएको छ ।

प्रकाशित मिति : ८ असार २०८१, शनिबार  ९ : ०१ बजे

टाइब्रेकरमा चुक्यो नेपाल, उज्बेकिस्तान एसियन कपमा छनोट

काठमाडौं – नेपाली राष्ट्रिय महिला फुटबल टोली एएफसी महिला एसियन

कर्णाली राजमार्ग अवरुद्ध हुन नदिन ठाउँठाउँ डोजर तैनाथ

कालीकोट – कर्णाली राजमार्गलाई वर्षायाममा बाढी र पहिरोका कारण अवरुद्ध

उज्बेकिस्तानसँग पहिलो हाफमा नेपाल ३–१ पछाडि

काठमाडौं – एएफसी महिला एसियन कप २०२६ छनोटअन्तर्गत समूह ‘एफ’को

उज्बेकिस्तानले थप्यो गोल

काठमाडौं – एएफसी महिला एसियन कप छनोट अन्तर्गत समूह ‘एफ’

उज्बेकिस्तानविरुद्ध नेपालले फर्कायो गोल

काठमाडौं – एएफसी महिला एसियन कप छनोट अन्तर्गत समूह ‘एफ’